साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्ता हुन्छन् साथीहरू

जस्तै होस् न पिरो र नून नुनिलो खप्लक्क खान्छन् सबै तातोले पनि पिल्सियोस् न मुख त्यो निल्छन् मजाले खुदै पैसा झिक्नु परे बनेर शवझैँ हुन्छ्न् अँध्यारा कति आओ खान भन्यो भने खुस हुँदै नाच्छन् खुसीले अति ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

गोजीमा रुपियाँ भए नजिकमा लार्भाहरू आउँछन्
मेरा मित्र भनी जुका र उपियाँ सङ्गीत पो गाउँछन्
गोजी रिक्त भए सुदूर पुरमा पुग्छन् पराई बनी
बाँको खान तयार छन् मुफतमा हाँगा जरा नै खनी ।

लाई तेल अचेल मस्त कुखुरा खान्छन् मुसाले पनि
केही खान दिएन छैन भनिए घोच्छन् टुसाले पनि
थुप्रै भ्यात्लुङ टाँसिएर तनमा चुस्छन् मजाले सधैँ
उफ्रिन्छन् सब भ्यागुता पनि यहाँ पछ्याउँदै झन् अझै ।

सक्दो लुच्छन तयार छन् कति यहाँ ब्वाँसा खुदै स्यालले
पर्छन् छेउ तिनै अजिङ्गरहरू खान्छन् बडो झ्यालले
खाने हो जसरी जुनै तरहले गोहीहरू भन्दछन्
जन्म्यो खान सबै हुरुक्क यसमै सत्कर्म नै मन्द छन् ।

जस्तै होस् न पिरो र नून नुनिलो खप्लक्क खान्छन् सबै
तातोले पनि पिल्सियोस् न मुख त्यो निल्छन् मजाले खुदै
पैसा झिक्नु परे बनेर शवझैँ हुन्छ्न् अँध्यारा कति
आओ खान भन्यो भने खुस हुँदै नाच्छन् खुसीले अति ।

मौरीसम्म अगस्ति हुन्छ सजिलै आदर्श बिर्सी किन
स्वार्थीका मुखका कुरा बिरसिला मान्छेहरू हो चिन
सित्तैमा अलकत्र खान जहिले हुन्छन् जुके सज्जन
पैसा तागत शत्रुमित्रु पनि हो दौडाउने धड्कन ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
देखिन्छ चाल ढर्रा

देखिन्छ चाल ढर्रा

बिन्दु दहाल ‘मूकदर्शक’
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x