साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबा र आमा सधैँ हँसाऔँ

प्रवाह मायाँ प्रवास बस्दा अथाह चिन्ता गरे उनैले उमेर बढ्दा खिइन्न मायाँ नभाग टाढा भने उनैले अभिन्न देखे अभाव झेले तथापि मायाँ वृथा नठानौँ नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

बनेर धर्ती दिएर चोला प्रसन्न राख्ने उनै मुमा हुन्
खनेर माटो अनाज मानो खुवाउने ती उनै बुबा हुन्
हिमालजस्तै उचाइ छोऊन् विचार राख्नेसँगै रमाऔँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।१

छ चाँदनी यो सुधा दिएको प्रकाश छर्ने छ सूर्य एक
सधैँ नुहेको सुपात्र होऔँ विचार नौलो गरौँ विवेक
कथा कहानी अनेक गाथा सुनौँ सुनाऔँ सँगै बसाऔँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।२

छ विश्व हाम्रो असाध्य राम्रो हिमाल अग्ला पहाड फाँट
उमार्न सक्छौँ विभिन्न बाली खनेर माटो भरेर आँट
पुगिन्छ टाढा छ सिक्न शिक्षा सिकेर फर्कौँ यतै रमाऔँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।३

सुगन्ध छर्ने छ फूल इच्छा मनोविहारी गुलाफजस्तै
भविष्य राम्रो हुनेछ हाम्रो वसन्त डाक्ने प्रभातजस्तै
भविष्य हाँसोस् विचार कोर्ने यिनै हँसाई खुसी फुलाऔँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।।४

सचेत आँखा गरे उनैले नसा नसामा बहन्छ रक्त
नछोड टाढा बुबा र आमा हुँदा बुढ्यौली तथा अशक्त
विकास कस्तो कुरा बुझाऔँ समीप बस्ने प्रथा बसाऔँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।५

प्रवाह मायाँ प्रवास बस्दा अथाह चिन्ता गरे उनैले
उमेर बढ्दा खिइन्न मायाँ नभाग टाढा भने उनैले
अभिन्न देखे अभाव झेले तथापि मायाँ वृथा नठानौँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हँसाऔँ ।६

०००
नारायणपुर, विकास चोक ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x