साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिरिम पर्व

’कहाँ जालिस् मछली मेरै ढडिया’ भने झैँ मनाए नि आफ्नै, नमनाए नि आफ्नै हुन क्यार ! तर ’भ्यालेन्टाइन डे’ चाहिँ मनाउनैपर्छ । नत्र हामी एक्काइसौँ शताब्दीका, रकेट युगका प्राणी हौँ भनेर अरूले कसरी पत्याउनु नि !

Nepal Telecom ad

सन्त भ्यालेन्टाइनका सम्पूणर् शिष्यशिष्यालाई सलाम !
आहा ! फेरि आयो चीरप्रतीक्षित १४ फेब्रुअरी !
जय होस् सन्त भ्यालेन्टाइनको, जसले आफ्नो घरबार, परिवार नभए तापनि आफ्ना अनुयायीका भन्ट्याङभुन्टुङले नै भए पनि डाँडाकाँडा ढाकून् भन्ने महान् उद्देश्य लिएर होला आफ्ना शिष्यशिष्याका मनमा मायाको मन्त्र फुकी प्रेम-दीक्षा दिएर घरजमरुपी जन्जालको व्यवस्था मिलाएका । यसबाट ती आफूले घरबार त्यागेर अरूलाई पनि सबै कुरा छोडेर मेरै शरणमा दौडेर आऊ भन्ने ज्ञानी ध्यानीले पनि केही ज्ञान लिए कति राम्रो हुन्थ्यो ।

आफूलाई फाइदा हुने कुराको त सबैले अनुकरण गर्नैपर्छ । तीमाथि झन् मायाप्रेम त यसै राम्रो उसै राम्रो ! यस्तो राम्रो सम्झिदै मनै रसाउने रसबरीजस्तो रसदार कुराको उत्सव अथवा ’पिरिम दिवस’ त हरहालतमा नमनाईकन हुँदै हुन्न । ’हाम्रो कल्चर हैन’ भन्नुहोला, अहिलेको मोर्डन युगमा यस्तो कन्जरभेटिभ कुरा गर्नुहुन्न क्या ! तपैँलाई थाहै छ नि मायाप्रेम दृष्टिविहीन हुन्छ भन्ने कुरा ! अनि यस्तो जन्मजातै दृष्टिविहीन मायाप्रेमका लागि ’के तेरो, के मेरो’ उसका लागि सबै समान सबै बराबर !

आमा दिवस, बाउ दिवस, बच्चा दिवस आदि केके जाति दिवस नमनाए नि केही फरक पर्दैन । यिनीहरू त ’कहाँ जालिस् मछली मेरै ढडिया’ भने झैँ मनाए नि आफ्नै, नमनाए नि आफ्नै हुन क्यार ! तर ’भ्यालेन्टाइन डे’ चाहिँ मनाउनैपर्छ । नत्र हामी एक्काइसौँ शताब्दीका, रकेट युगका प्राणी हौँ भनेर अरूले कसरी पत्याउनु नि ! त्यसैले आउट अफ डेट हुनबाट बच्न र आफ्नो नाकको इज्जत जोगाउनका लागि भए पनि प्रेम पुजारी बन्नु अति आवश्यक छ ।

अब पुजारी भएर पूजै गर्नु परेपछि फूल, नैवेद्य, उपहार आदि पूजा सामग्रीको पनि त राम्रो व्यवस्था गर्नु परिहाल्यो । यसका लागि कोकोसँग केके झुटो, साँच्चो बोलेर, छलछाम गरेर बेलैमा जोहो नगरे ‘हिस्स परी ङिच्च दाँत’ हुन बेर छैन । अनि होटेल रेष्टुरेन्टका कोठा, टेबुल बुक गर्न ढिला भए फेरि सार्वजनिक स्थलमै ’खुल्लम खुल्ला प्यार करेगेँ’ भन्दै प्रेम दिवस सेलिब्रेट गर्नुपर्ने सिचुयसन आउन सक्छ ।

परेवा जोडीले एकअर्काका लागि ३ सय ६५ दिन वाकयुद्धका लागि तीखा-तीखा वचन वाण जिब्रोको तरकसमा तैयार राखे पनि १४ फेब्रुअरीका दिन ‘रेड रोज’ साटासाट गरी प्रेम दर्शाएपछि वर्ष दिनभरिलाई पर्याप्त हुन्छ । एउटै ‘रेड रोज’ नओइलाउन्जेल धेरैसँग साटासाट गरी मितव्ययिता गर्न सके झनै राम्रो ! दिने लिनेको मन, भावना कालो सेतो या शून्य, जस्तोसुकै भए पनि ’रोज’ चाहिँ रातै हुनुपर्छ ।

‘इलू ! इलू’ भन्नेको जिउज्यान फुकिढल भए पनि मायाको तराजुमा गिफ्टको ओएट जति हृयाभी हुन्छ उति नै धेरै माया गरेको ठहरिन्छ । किनभने ’धनको खनखन विना मनको गनगन’को के काम ! ’जति धेरै मनी उति धेरै हनी’ यही हो मोर्डन युगको मायाको फर्मुला !

ल त, तपैँ पनि यही फर्मुला अपनाएर राम्ररी ‘पिरिम पर्व’ मनाउनुस् । म पनि रातो गुलाब ठीक पारौँ क्यार !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x