साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छेपाराहरू

रङ्ग बदलेका पुराना छेपाराहरू एकपछि अर्को गरि मर्दै थिए, तर संसारमा नयाँ छेपाराहरू जन्मने क्रम भने रोकिएन ।

Nepal Telecom ad

राजगद्दि खालि भयो । नयाँ राजा चुन्नपर्ने भयो । राजा छान्ने क्षमता कोहीसँग थिएन । अकस्मात कसैले उपाय सुल्झायो । लावण्य देशमा त हात्तीले राजा चुनेको थियो ।

राजा छान्न हात्ति ल्याइयो । राजा हुन काला, गोरा, सेता, नीला, पहेँला उम्मेदवारहरू लाइनमा खडा थिए ।
राजा छानेको हेर्ने दर्शकहरूको घुइँचो थियो । दर्शकमा छेपाराहरू पनि थिए । छेपाराहरूको अनुमान थियो- हात्तीले पक्कै सेतोलाई राजा छान्छ । त्यसैले छेपाराहरू सेतो रंगमा लामबद्ध भएर बसेका थिए ।

हात्तीलाई राजा छान्ने आदेश दिइयो । हात्ती आँखा देख्दैनथ्यो । त्यसैले उसले सुँडले छामेर राजा चुन्नुपर्ने थियो ।
छेपाराहरूको अनुमान विपरीत हात्तीले राजाका उम्मेदवारमध्ये कालोलाई सुँडले उचालेर राजा घोषित गरिदियो ।
कालो राजा हुनासाथ सेता छेपाराहरू तत्कालै रंग बदलेर कालै भए । उनीहरू दर्शक दीर्घाबाट अगाडि सर्दै राजाको अगाडि झुम्मिएर भन्ने थाले- “हेर्नुस् त महाराज ! हाम्रो रंग पनि कालै छ । महाराज पनि कालो हामी पनि कालो ।“ राजाले जुँघाको ताउ मिलाउदै छेपारातिर हेर्‍यो ।

राजाको गद्दिरोहण भयो । दाम राख्नेले दाम राखेर स्वस्ती गरे । राज्याभिषेक पनि गरिहालियो । तत्कालै राजालाई रथारोहण गराएर शहर जार परिक्रमा गराइने भयो ।

राजा सवार रथ अगाडि बढ्यो । छेपाराहरू तछाड मचाड गरेर राजाको नजिक हुन तम्सिरहेका थिए । छेपाराहरू रथतिर जतिजति अगाडि बढ्थे उतिउती धमाधम रथको पाङ्ग्रामुनी परेर घुन झै पिसिदै थिए । छेपाराहरू इहलीला समाप्त गर्दै थिए । रथमा सवार राजालाई यसको कुनै मतलब थिएन ।

रङ्ग बदलेका पुराना छेपाराहरू एकपछि अर्को गरि मर्दै थिए, तर संसारमा नयाँ छेपाराहरू जन्मने क्रम भने रोकिएन ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x