साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्ध र जोगी

यसरी बैकुण्ठ नगर, कुशीनगर, पटना, देवदह घुम्दाघुम्दै बुद्ध पुगे कैलाश पर्वत । अचम्म देखे, आफूभन्दा पाको एक जोगी त्यहाँ एक भगीरथ प्रयत्नमा लागेको पाए ।

Nepal Telecom ad

त्यो युगको कथा हो यो, कथा अलि मार्मिक छ । म समय हूँ, यही भएर मलाई हरेक युगको कथा थाहा हुन्छ । सरसर्ती सन्सार घुमी, त्यतिले पनि धीत नमरी आफू अमर हुन, सम्पूर्ण धरावासीहरूलाई प्रेमसन्देश दिन सिद्धार्थ गौतम बुद्ध देश देशावरको दोस्रो यात्रामा निस्किए, त्यो युगमा पनि आफ्नो जन्म दिनलाई महत्व दिने चलन थियो।जेठ दुई गते नै थियो बुद्धको जन्म दिन । आफ्ना शिष्यहरूलाई अनेक अर्ति र उपदेश दिदै यात्रा अग्रगामी भयो। मार्गमा “गोरु, खाडल र किसानको जोर किस्साले गर्दा आनन्द लगायत चेलाहरूले कुरा बुझे, “थप कुरा “ रोएर स्वास्नी पाइन्न” भन्ने कुरा पनि बोध भयो । बुद्ध बोध मात्र होइन,शोध पनि थिए । यसरी बैकुण्ठ नगर, कुशीनगर, पटना, देवदह घुम्दाघुम्दै बुद्ध पुगे कैलाश पर्वत । अचम्म देखे, आफूभन्दा पाको एक जोगी त्यहाँ एक भगीरथ प्रयत्नमा लागेको पाए ।

“दाजी महाराज, ए ए योगी महाराज, केको लागि यति प्रयत्न गर्दैहुनुहुन्छ ?” बुद्धको प्रश्न सुनेर जोगी मुसुक्क मुस्कुराए, “बुद्ध बाबु, तिमी धेरै घुमेर, शीतल समीर चुमेर धेरै ज्ञानी भयौ, तिमीलाई तिम्रो यात्रा, यायावरीय जीवन मुबारक, म तिमीलाई राम्रोसित चिन्छु । तिमी पूजनीय हुने कुरा पक्का । पदमपोखरीको सुन्दर कमल, नीरज हुनेछौ । मजस्ता धेरै जोगीहरूको साथ रहनेछ, यात्रामा । हेर यात्री, म आफ्नो मूर्खताको उपज भोग्दैछु । यो “लालपोखरी हो, यहाँ मेरा ७२५ गजराजहरू डुबे, कसरी ? यो प्रश्न नगर ! तिमी जन्मेको २५६६ बसन्तपछि यही धरतीमा कसैले यो कहानी लेख्नेछ, जोगी बनेर ! अति प्यारा “गजराजहरू” लाई खोज्दैछु । तिमी जाऊ सफरमा । म आफ्नो काम गर्नेछु । बोन भोयाज यात्री ! तिम्रो मावली देवदह म पनि पुगेको छु ।”

“हे अचम्मका जोगी महाराज,किन सर्वोच्चमा जानुहुन्न ?” बुद्धलाई पनि मनमा शान्ति भएन । जोगीको पीर अलि गहिरो लाग्यो ।” हे सन्सारका गुरु, यो कहानी यस्तै हो, म कतै पनि लान्न, आफैं जान्छ, कोरोना बनेर !” बुद्धले पनि केही मेसो पाएनन्, अथवा, मेसो पाएर पनि न पाएको अभिनय गर्न विवश भए, त्यसपछि जोगीसित विदा भएर लागे हरिपुरतिर । कथा सकियो ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x