साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफैँलाई बेचेको उत्सव

फेसबुकमा देखें- मेरो भोज खाएर चार जना बिरामी भएछन्, गम्भीर अवस्था अस्पताल भर्ना । कमेन्टमा लेखिएको छ- पुलिसले खोज्दैछ, सबै खर्च छेराउँछ । पोस्ट पढेर मेरो पेट पनि गड्याङगुडुङ गर्न थाल्यो ।

Nepal Telecom ad

मध्य निशामा भिसा लागेको खबर आयो । निशाले दिशा नबदलेसम्म निद्राको सिद्रा सुक्यो । निदाएर खुसीमा ढुसी किन लाग्न दिने ? मनले दीपावलीको उत्सव मनाइरहेको थियो । रात घट्यो कि कट्यो । जतिले थाहा पाए भोजको निम्तो पाए । खानलाई सबै आए । कमाउनलाई विदेश पो जान थालेको ? कम्ती ठूलो उत्सव हो यो ?

घरबाट गुड्नु र देशबाट उड्नु दुई दिनअघि ऋण किनेर भोज गरें । पाहुना खुसीहरू पनि आए । आफ्नै घरमा एक दिनको पाहुना बन्नुको उत्सव चल्यो ।

महिनामा कत्तिको मोलमा बेचिएको छु थाहा छैन । तर विदेशमा पो बेचिएछु । मेरो मोल मेरो गाउँले लगाउन जानेन, समाजले मानेन, धरणीले ठानेन । गाउँले लत्यायो कुठाउँले पत्यायो ।

पुर्‍याउन भनी प्लेनको छेउसम्मै पुगे आफन्तरू । घरमा सधैँ गाली खाने म, मेरो घाँटीले भने खाँदामाथि खाँदाको सम्मान पायो । आँखामा गोहीको आँशु थियो कि पीरको प्रस्फुटन, दैवले जानून् तर मनमा भने आफूलाई राम्ररी बेचेर दाम पठाऊ भन्ने दाउको भाउ थियो ।

प्लेन मास्तिर उड्दै गर्दा मलाई धरतीले चुम्बकले झैँ तानेको लाग्यो तर मस्तिष्कले भने हुत्याइरहेको थियो त्यहाँ जहाँ मलाई किन्ने मालिकले पर्खिरहेका थिए ।

फेसबुकमा देखें- मेरो भोज खाएर चार जना बिरामी भएछन्, गम्भीर अवस्था अस्पताल भर्ना ।
कमेन्टमा लेखिएको छ- पुलिसले खोज्दैछ, सबै खर्च छेराउँछ ।
पोस्ट पढेर मेरो पेट पनि गड्याङगुडुङ गर्न थाल्यो ।

रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x