साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुम्री कामरेड

हिजोका लुम्राहरू आज भैभवशाली बनेका छन् । आजका कामरेड वैभवहरूले कामरेड लुम्रीको हालत देखेर घोषणा गरे- ‘अब कामरेड लुम्रीले केही दिनमा आत्महत्या गर्नेछ ।’

Nepal Telecom ad

कामरेड वैभवलाई पार्टीकै एकथरि साथीहरुले आजभोलि कन्डापछाडि लुम्री कामरेडको उपाधि दिएका छन् । लुम्रो कामरेड भन्दाभन्दै लुम्रीमा झारेका छन् । लुम्रो पुलिङ्गी शब्द, लुम्री स्त्रीलिङ्गी शब्द । पुरुषलाई शानशौकात, ओज र बलको प्रतीक ठान्ने समाज छ । अनि स्त्रीलाई चैँ अवला, निरीह र शक्तिहीनतामा तौलिन्छ ।

हिजोसम्म ऊ कामरेड वैभवको रुपमा महिमामण्डित थियो । त्यागको, बलिदानको, समर्पणको मिहेनत र निस्वार्थ भावमा ऊ धनी थियो । क्रान्तिको लागि यी कुराको वैभव उसमा लवालव भरिएको थियो । हिजो डराउने लुम्राहरु अहिले वैभवशाली भए । कठिन अवस्थाको कामरेड वैभव अहिले कामरेड लुम्रीमा रुपान्तरण भयो ।

यसका धेरै कारण छन् । उसले अहिले पनि कार चढेर हिड्ँन सकेको छैन, लुखुरलुखुर खुट्टाले नै जमिन नापिरहेको छ । सहरमा आलिशान हवेली उभ्याउन सकेन । गाउँकै झुप्रीमा ओता लागिरहेको छ । स्वास्नी छोराछोरीलाई सहरको रंगिन जीवनमा मोज दिलाउन सकेन । पत्नी अझै पनि वनपात गरिरहेकी छिन् । प्रशस्त पैसा कमाउन सकेन । तस्कर र माफियासँग साँठगाँठ गर्न सकेन । उसका समवयी भित्रहरुले धेरै कुरा भ्याइसक्ता पनि ऊ त्यस मामिलामा नितान्त लुम्रो देखियो । त्यसैले उसलाई देख्ने वित्तिकै उसकै हिजोका हितैषीहरु लुम्री कामरेड भनी फिस्स हाँस्छन् ।

लुम्री कामरेड भने अवशादको शिकार बनी दिनदिनै गल्दैगएको छ । दिनरात एक झोक्राउने विमारले छोएको छ । न खान मन लाग्छ । न बोल्न मन लाग्छ । न काम गर्न मन लाग्छ । केही गर्न मन लाग्दैन । ऊ दिनदिनै शिथिल, क्लान्त र विषादको भावमा डुब्दैगएको छ ।

हिजोका लुम्राहरू आज भैभवशाली बनेका छन् । आजका कामरेड वैभवहरूले कामरेड लुम्रीको हालत देखेर घोषणा गरे- ‘अब कामरेड लुम्रीले केही दिनमा आत्महत्या गर्नेछ ।’

०००

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x