माणिकरत्न शाक्यदुई ठटटा
“अरू कहाँ जाँदा तीनपाथी हर्सुने, आफू कहाँ बोलाउँदा खाली भाँडा देखाउने कन्जुस ! त्यही भएर मैले त खाली खाम दिएको छु है !”

१. बिहे भोज
विहे गरेको छ महिनापछि एकदिन निशाले एउटा पार्टी प्यालेसमा भोजको आयोजना गरिन् । निम्तो मोवाइलमा पठाइन् ।
निशाले निम्ता गरेका एकजना पाहुना आए, खाम बुझाए । भोज खान गए । खानेकुराको भाँडो रित्तो देखेपछि सरासर निशा बिसेको ठाँउमा गएर हाँस्दै भने, मेरो नामको खाम फिर्ता दिनु त ! गल्ती भएछ । निशाले पनि नाम हेरेर खाम फिर्ता दिइन् ।
निशाले बिहे भोजको नाममा बाक्लै खाम हात पारिन् । तर उनले कसैलाई पनि स्वाद लिइ लिइकन मज्जाले खानै भने दिइनन् । उसले बिहेको भोजको नाममा परिकार बिनाको फुको दालमोठ चिउरा ख्याएकी थिइन् ।
केहीबेरपछि निशालाई खाम फिर्ता दिएर सरासर आफ्नो बाटो लागे । त्यो पाहुनाको व्यवहारले अचम्मित भएर निशाले खाम खोलेर हेरिन् । त्यहाँ पैसा थिएन । मात्र एउटा चिरकट्टो थियोे । त्यसमा लेखिएको थियो-
“अरू कहाँ जाँदा तीनपाथी हर्सुने, आफू कहाँ बोलाउँदा खाली भाँडा देखाउने कन्जुस ! त्यही भएर मैले त खाली खाम दिएको छु है !”
निशा ट्वा परिन् ।
२. नमस्ते हिरामान दाइ
टोपी दिवस (२०७७) को अवसरमा मैले टोपी लगाएका हास्यव्यङ्ग्यकार भैरव अर्यालको, साहित्यिक पत्रकार रोचक घिमिरेको, बुबा हिरामान शाक्यको, मामा रत्न शाक्यको फोटो फेसबुकमा पोष्ट गरेँ ।
पोष्ट गरे लगत्तै जागिर खाँदाका बुबाका समकालीन साथी योगेन्दमान श्रेष्ठले हिरामान दाइ नमस्ते भनेर लेखेको देखें ।
२०७३/११/१० गतेका दिन यमलोक प्रस्थान गरि सक्नुभएका बुबालाई उहाँले नमस्ते गरेको देखेर मलाई औधी हाँसो लाग्यो ।
000
सरस्वतीनगर, चावहिल
Subscribe
Login
0 Comments
Oldest



































