साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठटटा

“अरू कहाँ जाँदा तीनपाथी हर्सुने, आफू कहाँ बोलाउँदा खाली भाँडा देखाउने कन्जुस ! त्यही भएर मैले त खाली खाम दिएको छु है !”

Nepal Telecom ad

१. बिहे भोज

विहे गरेको छ महिनापछि एकदिन निशाले एउटा पार्टी प्यालेसमा भोजको आयोजना गरिन् । निम्तो मोवाइलमा पठाइन् ।

निशाले निम्ता गरेका एकजना पाहुना आए, खाम बुझाए । भोज खान गए । खानेकुराको भाँडो रित्तो देखेपछि सरासर निशा बिसेको ठाँउमा गएर हाँस्दै भने, मेरो नामको खाम फिर्ता दिनु त ! गल्ती भएछ । निशाले पनि नाम हेरेर खाम फिर्ता दिइन् ।

निशाले बिहे भोजको नाममा बाक्लै खाम हात पारिन् । तर उनले कसैलाई पनि स्वाद लिइ लिइकन मज्जाले खानै भने दिइनन् । उसले बिहेको भोजको नाममा परिकार बिनाको फुको दालमोठ चिउरा ख्याएकी थिइन् ।

केहीबेरपछि निशालाई खाम फिर्ता दिएर सरासर आफ्नो बाटो लागे । त्यो पाहुनाको व्यवहारले अचम्मित भएर निशाले खाम खोलेर हेरिन् । त्यहाँ पैसा थिएन । मात्र एउटा चिरकट्टो थियोे । त्यसमा लेखिएको थियो-

“अरू कहाँ जाँदा तीनपाथी हर्सुने, आफू कहाँ बोलाउँदा खाली भाँडा देखाउने कन्जुस ! त्यही भएर मैले त खाली खाम दिएको छु है !”

निशा ट्वा परिन् ।

२. नमस्ते हिरामान दाइ

टोपी दिवस (२०७७) को अवसरमा मैले टोपी लगाएका हास्यव्यङ्ग्यकार भैरव अर्यालको, साहित्यिक पत्रकार रोचक घिमिरेको, बुबा हिरामान शाक्यको, मामा रत्न शाक्यको फोटो फेसबुकमा पोष्ट गरेँ ।

पोष्ट गरे लगत्तै जागिर खाँदाका बुबाका समकालीन साथी योगेन्दमान श्रेष्ठले हिरामान दाइ नमस्ते भनेर लेखेको देखें ।

२०७३/११/१० गतेका दिन यमलोक प्रस्थान गरि सक्नुभएका बुबालाई उहाँले नमस्ते गरेको देखेर मलाई औधी हाँसो लाग्यो ।

000

सरस्वतीनगर, चावहिल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x