साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कारको मुठो मुठ्याउन पाएपछि

हास्यव्यङ्ग्यकार मैनालीले २०७३/०७४ को भैरव प्रतिभा पुरस्कार मुठ्याएपछि सभामा दिएको यो भन्तव्य, कहीँकतै नछापिएको सुइँको पाएर फित्कौलीले ज्वारीकोटको खल्तीबाटै फुत्काएर यता स्युरिन सकेको हो भनी खोलुवा गरिन्छ । -सम्पादक

Nepal Telecom ad

हास्यव्यङ्ग्यकार मैनालीले २०७३/०७४ को भैरव प्रतिभा पुरस्कार मुठ्याएपछि सभामा दिएको यो भन्तव्य, कहीँकतै नछापिएको सुइँको पाएर फित्कौलीले ज्वारीकोटको खल्तीबाटै फुत्काएर यता स्युरिन सकेको हो भनी खोलुवा गरिन्छ । -सम्पादक

सभाका पतिज्यू, वारि अल्को गोठमा विराजमान मुख्य उपमुख्य विशेष अशेष अतिथिज्यूहरू, पारि तल्लो गाउँले भैरवगण कुरा बनाउने, चुक्ली लगाउने खबर फैलाउने सञ्चारकर्मी नारदगण, बाहिर घुमिहिँड्ने, खाजा नास्तातिर चियो गर्ने, हल्ला गर्ने र सुनिबस्ने सबैलाई भैरम्पातीको खाताखात !

आर्ज्या मूलथलोबाट नेपालभर सङ्ग्रालिएका अर्याल वंशका चम्किला तारा भैरवमा श्रद्धाभावले सादर ढोग गर्नु मेरो पहिलो कर्तव्य हो । किन भन्दा उनकै आशिर्वाद थापेर म आफूमा पनि हास्यव्यङ्ग्य कित्ताका दुईचार अक्षर खार्ने केलाउने र गोडगाड गर्ने हुती पलाएको हो । त्यसैले सिँगाने सन्तान भए पनि भैरवको जातसँग आपूm जोडिन पुगेकोमा घिरौँलाकै आकार लिएर नाक घोक्रिएको छ भन्न पाउँदा खुसीको साँधसिमाना नै जङ्गेपिलर बनेर हराएको छ । हुन त पीपलको वृक्षसँग चुत्रो ऐँसेलु कुम जोड्न पुग्यो भने अर्को लोक हँसाउने मेलो होला । तर ठूला वृक्षकै छेउभित्ता तलमाथि साना तिना झारपात पनि पलाउन पाउनु परो नि हैन र ? भैरव बाका रचना खोजीखोजी पढ्ने र उनैबाट धेरथोर प्रेरणा लिएर, छुस्कर बानी सिकेर, अटेर प्रवृत्ति टिपेर दुईचार अक्षर लेखको झैँ गर्ने भएकाले उनलाई स्वजातीय अग्रज भन्ने धृष्टता पलाएको हुनुपर्छ । अरू त के उनकै मधौरु पछौटे बन्दै नसनाताको लौरो समातेकै भरमा आज यत्रो भद्रसभामा विनाचाकडी, विनाचुक्ली सोझै तालले टीका माला प्रसाद अनि मनग्गे दक्षिणा समेत पाउँदा त म झन् आफैं हाकाहाकी भैरव पो बन्न भ्याएकोे छु झैँ लागेको छ ।

उनले भनेथे जयभुँडी ! उनकै आदेश निर्देशमा अनेकौं भुँडीहरूको जय हुँदै आएर आज मेरो पनि पालो आइपुगेछ । त्यसैले मेरो भुँडी पनि अलिक बढेर चढेर दिग्विजय नै हुन लागेको यस अवसरमा पुरस्कार दिने दिलाउने र मेसो मिलाउने समस्त दाता विधाता गणको जय होस् भन्ने कामना पनि अहिल्यै गर्दिहाल्छु । पछि बिर्सिने हो कि क्या हो क्या हो ! पाएपछि नाक घिरौँलो नपाएपछि सुकेको टाटेसिमी ! हामी भैरव गणको टेक्ने लौरा पनि यस्तै त्यस्तै छौं । यो संस्कारको अपवाद ममात्रै किन भइरहुँला र ? अहिले त झन् यसै संस्थाको छात्ती फुलाई हर्षबढाइँ गर्न मलाई उभ्याइएको छ, पोल्टो थाप्न लगाइएको छ, जसका लागि समस्त भैरव गणमा विना आनाकानी गनगनाउने सुऔसर जुराइएकोमा जदौ गर्नैपर्छ ।

सुपर डुपर कोपर-कापरको भित्तो छाम्दैजाँदा हास्यव्यङ्ग्यको सिस्नेरी झ्याङमा के के चाहिँ नमिलेर हो, माछामाछा भ्यागुता भएर डुकुलण्ठ्याङमा दरिएको रहेछु । त्यो भेउ पाउँदा लुरुलुरु ओछेनीमा घुप्लुल्क्क घोप्टिएको यो बेला भैरवगणले पुरस्कारको पगरी जोडेर माने थुम्का पुर्‍याइदिएको छ । ताला नलागोस् यी महारथीको यो चक्रपथमा भन्दै अरूलाई होइन आफैलाई बढाइ चढाइको दाम्लोमा बाँध्न मन फुरेकोे छ । जुराइको उच्चाइ होचाइलाई के भनुँ म ? मन फुरे पनि ढुङ्गे बगर बनेको सिर्जनाको फाँट देख्दा बुच्चो मुखमा घोचो लगाउनु पर्‍यापर्‍यै छ । गाँठी कुरा लर्काउन नसक्ने मैले औंला तेर्स्याउँदा हराउने पीरले काम कुराका पोका पन्तुरा मौनताको भण्डारणमा थन्क्या छन् । फाँट फाँट छ माफियाको काफियामा बहरको दौड छ तर प्लटिङमा ब्लटिङ हुँदा यो फाँट पनि चकनाचूर बन्या छ ।

भैरव गण हो । यो खातैखात ओड्ने मण्डीले मण्डित धमिरा राज्यमा औषध उपायका छर्काइ कहिले हुने हो ? छ्याङ्ग उधिन्नु पर्‍यो । नत्र त गण छोडेर गन नै समात्नै पर्‍यो । हिजोआज बढेको घटाघटमा जिब्रा र लेखौट चट पार्ने चर्को नुन आया छ रे ! यो भ्रामरी गणले ल्याया सङ्कटापन्न शनिछाँया ब्रह्माण्ड देख्ने कलम कुचीजीवीले नदेखेको हो कि लाग्न थाल्याछ । देख्न र सुन्न त कहाँ नभ्याया होला र दिनभरिको आकारमा विकारको तक्माको र्‍याल चुहाउन पो लाग्या हो कि ?

आफ्नै डम्फु मात्र के घन्काउनु ? अ्रगज त उसै यसै पनि हुँदै हुनुुन्थ्यो, त्यसमाथि जीउडालमा पनि आफूभन्दा ठुला ललितकला क्याम्पसको संसारबाटै चुलिएर इज्जत हुर्मत कमाउनु भएका मानसम्मान चर्चा पाउनु भएका धीर गम्भीर समीर देखिनु भए पनि अन्तरदेखिका ज्वालामुखीय व्याङ्गवीर पनि आज अझै अल्को पुरस्कारले फलिफापयुक्त हुनुहुन्छ । वहाँलाई चढ्नै नमिल्ने कार अर्थात् वरिष्ठ कलाकारमा अझै बढाइचढाइ गर्दै बधाईको बेलीबिस्तार जोड्न पुगेकोछु । अर्थात् कुरो खोलेरै आदरणीय शशी शाहलाई भित्री मनदेखि नै छलकपट, डाढईख कौनै कुरा विनाको निर्मल हर्बल बधाई छ मेरो । पुरस्कारको लागि म निमुखालाई छनोटे गण, खजाना जुटाइदिने मापाको मनकारी भैरवपुरस्कार गुठी सुम्ठ्याइबसेका खजाञ्चीगण सबैमा विना करबलले नै करकमल बाँधी नमस्कार अनि धन्यवाद पनि ।

अन्ततिर आएर यस कोचाकोचमा उपस्थित भैरवालयमा आवद्ध सभामुख, प्रमुख, विशेष सबमा विशेष ढोगको आग्रह टक्र्याउँदछु । यस कक्टेलमय वातावरण निम्ति पेलमपेल रेलामा झुम्मिनु हुने सबैमा भए जति धन्यवाद ! यसका मुहानीका आजीवन,.सजीवन, संरक्षक सबैमा हामी बूढो भए पनि मुढो नवनौँ, बाघ भएर गर्जन सकौं, समयदूत बनेर देवदूतका पाइलामा लम्कौं भन्ने आह्वान गर्दछु । अन्तमा पुरस्कारको लागि मलाई छान्ने छनौटेहरूमा पुनःआभार कानमा परोस्, सबैका मुखमा रसादार चियाखाजा प्रवेश गरोस् अनि म अदनाको खातिरदारी गर्दै यहाँसम्म आएर रौं ठाडा पार्ने खालको बखान तारिफ गाइदिनु हुने आदरणीय विद्वान् प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल हजूरमा भित्री मनले आभार चडाउँछु । उहाँको उसै पनि सौभाग्यशाली तालुमा निरन्तर आलुनै आलु फलोस् भन्ने प्रार्थना गर्दै यो झर्को लगाउने बकबक रोक्न अनुमति चाहन्छु । जय भैरव । जय उपस्थित भैरवगण !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
0
Would love your thoughts, please comment.x
()
x