साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाँडो जिन्दगी

घाँडो हुनबाट कसरी बच्ने ? के गरी बचाउने ? शर्मिन्दा मान्छेले लाज कसरी पचाउने ? हे हरी ! हार खाइयो ! उफ् ! अनि गुँडुल्की परेको ज्यानले गम्न थाल्छ ।

Nepal Telecom ad

प्राणीका प्रकृति प्रदत्त अवस्थाहरू आफै विकसित र परिपक्व हुँदै बढ्दै जान्छन् र सीमित समयसीमामा पुगेपछि त्यो क्रम रोकिन्छ । जस्तो उचाइ बढ्ने क्रम र दाँत पलाउने क्रिया । मान्छेका छाउरा छाउरी जन्मिँदा कडा हड्डी हुँदैन । मकै मक्र्याउने दाँत हुँदैन । न्यूनतम चेतना लिएर जन्मिएको हुन्छ । बोल्न, हिँड्न सक्दैन । सबै अरूकै भरमा हुर्किनु, तङ्ग्रिनुपर्छ । सवलाङ्ग भएकालाई त हुर्काउन बढाउन सजिलै होला सवलाङग नभएका अपाङ्ग, दुर्बल र जति सिहारे पनि सक्षम सबल हुन सक्दैन भने कुविण्डालाई खुट्टो लगाएजस्तो हुन्छ । आफ्नो तरिकाले आफै जिउन पिउन नसक्ने भएपछि आश्रित परिवारले त्यसलाई काम नलाग्ने, झञ्झटिलो घाँडोका रूपमा वरण गर्छन् । हरेक पक्षबाट अरू सरह उफ्रिपाफ्री गर्न सकिँदैन तर चेतना चाहिँ छ भने त्यसले स्वयं घाँडो बनेर पृथ्वीको भार महसुस गरिराखेको हुन्छ । यस्तो अवस्था व्यहोर्नुपर्‍यो भने उद्देलित मनमस्तिष्कमा कति चक्रबात आउँछ होला ? कल्पना गर्न सक्नुहुन्छ ? तर समय बित्दै गएपछि पूणर् कद सबल सक्षम, बलवान् छ भने समय पुेगपछि आफू खुसी गर्न रुचाउँछ । आफ्नो एउटा औँलामा अरूलाई नचाउन खोज्छ । अहिले बजारमा देखिएका बुज्रुक, उपबुज्रुक, निर्देशकहरू त्यही कोटिका मान्छे हुन् । जो आफू सक्षम, सबल हुँदाको प्रतिफल प्राप्त गरेर सुख भोग ऐस आराम र सीतालाई काखी च्यापेर विलासीतामा रमाउँदै भातको सीता टिपी रहेका हुन्छन् ।

बाहुबल दरादरा, बुच्काबुच्का कपाल, बोलिमा उत्तिकै तागत भएको अवस्था पूणर् रूपले स्वस्थ र बयस्क मानिन्छ । बल बुद्धि र वर्गतले तत्तेरि नसक्नु थाम्न नै धौ धौ हुँदा जिन्दगी बहलाउन, घरबार चलाउन जोडी नारिदिने चलन पुरानै हो । घरजम गर्दै जाँदा स्वभाव र व्यवहारले कोही सतोगुणी, कोही रजोगुणी र कोही तमोगुणी, अपनाएर जीवन बिताइरहेका हुन्छन् । मानव स्वभाव मौसम बदली भएझै बदली रहन्छ । यसै क्रममा पूर्व तमोगुणीहरू पछि सतोगुणी स्वीकारेर जीवन, जिउने, पिउने, प्रयत्न गर्छन् भने कसैले रजोगुणी नै ठिक भनेका पनि हुन्छन् त कसैले तमोगुणीलाई नै सर्वस्व ठानेर मानेर जिन्दगी चलाई राखेका पनि हुन्छन् । यस्तै मानविय गुणहरूले आदतको रूपमा मानव समाज र मान्छेका जमातमा काल कुर्ने मेलोमेसो गरिराखेका हुन्छन् । आखिरी जीवन जसरी जिए पिए पनि बाल बयस्क र बृद्ध हुनै पर्छ । यसरी तिनै चरण उत्तीणर् भएपछि मात्र मोक्षप्राप्ति हत्याउन सकिन्छ ।

चराचर जगतका सबै प्राणीहरू भगवान्का देन मानिन्छन् । त्यसैले निसन्तानलाई गर्भ विशेषज्ञ डाक्टरले हाकाहाकी भन्ने गर्छन् “नब्बे प्रतिशत भगवान् भरोसा दश प्रतिशत हामी प्रयास गर्छौ ।” जे होस् जस्तो होस् दुःख होस् या सुख, मराई अनिवार्य छ । मान्छे कमिला जस्तै जाँगरिलो छ । बाँचुन्जेल राम्रो नराम्रो जे भए पनि काममा व्यस्त हुन्छन् । पेट पूजा गर्ने ध्याउन्नमा रुमल्लिरहेका हुन्छन् । परिपक्व उमेर अर्थात् दारी जुँगा र बच्चाको खुराक पलाएपछि मानवमा केही गरेर देखाउने सोचाइ, जाँगर, उर्लिएर आउँछ र उसले कुर्लिएर नै आफ्नो हाई हाई गर्न रुचाइन्छ । आफू सचेत प्रणाीमा पनि अझ अब्बल कोटिको दरिन खोज्छ । मान्छेले अब्बल, दोयम, टारी, सिम जे जस्तो हैसियत विकास गरे पनि अन्त्यमा निकास चाहिँ मरण नै हो । जसको प्राकृतिक परिपक्वपन प्राप्तिका लागि बृद्धपन अनिवार्य नै हुन्छ ।

मान्छेले चाहेर प्राप्त नहुनेमा आयु पनि पर्छ । हरेक जीव या वनस्पतिको आयु प्रकृति प्रदत्त हुन्छ । जस्तो कुकुर दश बाह्र वर्षसम्म बाँच्ने गर्छ भने कछुवाको आयु पाँच सय वर्ष सम्म हुन्छ । बिस बाइस वर्षसम्म गाई गोरुहरू बाँच्छन् । त्यस्तै बनस्पतिमा मकै, गहुँ, धान, आलु, जौ, फापर, फल पाकेपछि मर्न थाल्छन् । कागती, सुन्तला, नासपति, रुखकटहर, ओखर, मध्यम आयुका हुन्छन् भने बर पिपल सयौँ वर्षसम्म बाँचिराख्न सक्छन् । त्यसैले आशीर्वाद दिँदा भन्ने गर्छन् “बर पिपलझै तग्नु” । त्यस्तै मान्छेको पनि विकसित देशमा सरदर आयु धेरै हुन्छ भने कम विकसित देशमा सरदर अयु कमै हुन्छ । मान्छेको मरण तिन किसिमले हुन्छ
१. इच्छा मरण
२. आपतकालीन मरण
३. अनिवार्य मरण (जसलाई प्राकृतिक मरण पनि भनिन्छ)

यी तथ्य मिथ्या नभएर सत्य नै हुन् । भोजपुर जिल्लाकी साधु महिला योगमायाले जलसमाधिद्वारा प्राण त्याग गरेकी थिइन् । उत्तरायण भएपछि (माघ महिनामा) मर्छु भनेर भीष्म पितामहले पनि इच्छा मरण गरेका थिए । आफूलाई उचित लागेको समय र वस्तुको मद्दत लिएर मरिन्छ भने त्यसलाई इच्छा मरण भनिन्छ । वायुयान, भूमियान, बाढी, पहिरो, चट्याङ, भूकम्प आदिले अचानक मृत्युवरण गर्न बाध्य पारिन्छ भने त्यसलाई आपतकालीन वैकुण्ठबास भनिन्छ तर जब शरीरका सारा अवयव तन्तुहरू अचल निस्क्रिय भएर हलचल गर्न नसक्ने, सास फेर्ने तागत पनि निख्रिएर मरिन्छ भने त्यसलाई प्रकृति प्रदत्त अनिवार्य मरण भनिन्छ । जुन मरणलाई इन्द्रेका बाबु चन्द्रेले पनि छेकबार गर्न सक्दैन । परलोकलाई वरण गर्नैपर्छ । यस्ता गतिविधि र प्राकृतिक नियमहरू जीवित जिन्दगीले मान्नै पर्छ तथापि बृद्ध अवस्थामा शिथिल र जर्जर शरीर, मनस्थिति, यावत चालढाल, मनसाय, आसय बुझ्ने क्षमताका मान्छेहरू कमै हुन्छन् । जे होस् पृथ्वीमा अवतरण भइसकेपछि जिन्दगीमा दुई वटा विकल्पहरू अगाडि आउँछन् ।
१. कि खुट्टो तन्काएर जिब्रो टोक्ने
२. कि चाहिँ कम्बर कसेर पसिना पोख्ने (कमाउने)

संसारमा जन्म लिएका यी दुई स्वभावका मान्छेहरू बाँचेर हासेर, नाचेर, रोएर, कष्टकर या सुखदायी जसरी जिए पनि फगत समय सिध्याउने चालबाजी गरी रहेका हुन्छन् । कर्तव्य र धर्म निर्वाह गर्ने क्रममा आफ्ना सन्तान दर सन्तानको शिक्षा दिक्षा पालन पोषणका लागि मरिमेट्छन् । नाम, ऐस, प्रतिष्ठा, जस्तो स्तर आर्जन गरे पनि सम्पत्ति जोड्ने लत्मा कसै कसैले कसैकसैको घाँटी पनि रेट्छन् । यी सबै इन्द्रिय, बलवुताले साथ दिउन्जेल मात्र । जब बल बुताले मरेको मान्छेलाई जुम्राले छोडेझै छोड्छ तब प्राणीहरू कर्मबाट निवृत्त हुन्छन् । आफ्नै बल बुताले समेत पत्याउन छोेडेपछि अरू इष्टमित्र, साथीसँगी, सबैले रामराम मात्र भन्छन् काँध थाप्न सक्दैनन् । बुढो गोरु मरे भकारो खाली हुन्छ भन्छन् जसरी हुन्छ जिब्रो टोकाउन मै रमाइलो मान्छन् । जब घरले जा जा र वनले आइज आइज भन्छ तब आफ्नो प्रकृति प्रदत्त लामो आयु पनि घाँडो भएर आउँछ ।

जिन्दगीको उत्तरार्धमा शरीरका शक्तिशाली तन्तुहरू निस्कृय हुन्छन् भने दाँत जस्ता बलिया हड्डीहरूलाई पनि मासु र नसाले पक्रिन छोडिसकेको हुन्छ । उमेर छँदा सिँगै तरुनी बोकेर दौडिने मान्छे उमेरको अन्तावस्थामा आफ्नो सक्कल काया नै भार बन्न पुग्छ । विस्तराबाट विस्तारै ओर्लन पनि सकिँदैन भने उक्लिनु त टाढैको कुरा । जिब्रो फट्कारेर राम्रो प्रष्टसँग बोल्न सकिँदैन । प्रष्ट व्यवहार, खानपान, सुन्न, देख्न बोल्न, हिँड्न नसक्ने भए पछि दिसा पिसाबले पनि आफैलाई घेरेर बसेको हुन्छ । आफ्नै विकृत र विछट्ट बिब्ल्याँटा पक्ष देखी देखी पशुतुल्य भएर बाँच्नुको के अर्थ ? हो यसै घडीमा जिन्दगी एउटा असल भाँडो नभएर घाँडो बन्न पुग्छ । घाँडो हुनबाट कसरी बच्ने ? के गरी बचाउने ? शर्मिन्दा मान्छेले लाज कसरी पचाउने ? हे हरी ! हार खाइयो ! उफ् ! अनि गुँडुल्की परेको ज्यानले गम्न थाल्छ :
बल, बुता, बैँस छउन्जेल भाँडो जिन्दगी ।
सबैबाट तिरस्कृत घाँडो जिन्दगी ।

०००

फूलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x