साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिष्टर पियनको चिठ्ठी

टिपोट अनुसार गणतन्त्रको रिपोट सामान्य छ । पार्टीको असक्षम अदूरदर्शी अविवेकी नेतालाई पटक पटक भेटेर मुस्कानको मिसाइल छोड्ने कार्य गरि रहनु पर्दैन ।

Nepal Telecom ad

हाकिम बाहिर गएको बेला एउटा पियनले आपिसको डिप्पी छोडेर घर जाँदै गर्दा हाकिमलाई लेखेको पत्र । जब जब हाकिम आपिस फर्कियो उनको टेवलमा पियनले आकर्षक ढंगले लेखेको त्यो पत्रमा यस्तो व्यहोरा लेखेको भेटेको थियो-

प्रिय हाकिम सोहब ! नमस्कार
म आपिसप्रति साह्रै चिन्तित छु । आपिसको कुरा कसो कसो सुनेर रिँगटा चलेको छ । म नर्मतापूर्वक भनिरहेछु । फुटवल खेल मैदानको खेलाडी झैं हजुर आपिसको लिडर हो । हजुरको काममा गजुर हुन्छ । कुनै चिटिङ गर्न खोजेको होइन । अति अप्रिय लागेर रहरले होइन बाध्यताका साथ आपिसलाई समर्पित भएर डिप्पीमा पत्र छोडेर घर जाँदैछु । पत्र लेखेर अपिसको कामप्रति इष्र्या र दोषको बम प्रहार गर्न खोजेको होइन । म पनि अपिसको हिस्सा हूँ । मलाई आफ्नो घरको २० मुरि अन्न फल्ने अंशको खेत भन्दा ४।५ हजार आउने तलब नै भए पनि बढी महत्व हुन्छ । म सहि भए पनि किन किन मेरो तिघ्रा थरर काँपिरहेछ । आपिसको खुशीमा मेरो खुशी हुनु मेरो कर्तव्य हो । आपिस भनेको विश्वास प्रेम र साहसको थलो हो ।

तर आपिस कुनै न्यायको इलाज दिने मौन मोजी थलो होइन रहेछ बन्न पुगेको छ । सरको सरस कुजातको पात्रको को हुन् कुरा बुझेको छु । कुनै काम चोर भएर भागेर जाने बेला लेखेको पत्र हैन । यो आपिसलाई उजाड मजाक मारेर विश्राम गर्ने चौतरो जस्तो थलो पनि हैन लाग्छ । त्यो पनि जानेको छु । मनको हलुवा अहो ! खल्लो उदास झल्याँस्स सम्झेको छु । विचारको खाता बिटुलो भए पनि उदार मन खोलेर शब्द तयार पारेको छु । यो पत्र रक र पपको भाकामा पढ्नु हुने आश गरेको छु ।

आपिसमा भाग्य भरोसा भरथेगमा काम गर्नु । बाटो हिँड्दा आपिसको कुरा गरेर केटीतिर आपिसको पिसको फिस लिने भनेर घुसको नजर नगर्नु । हाकिम भएर मायाको दस्तुर तिरेर कमण्डलुको बटुको बाटोमा नथाप्नु । स्याउँस्याउँती जाहान परिवार झैं कर्मचारी भएको आपिसको काम छलछाम पारेर हिँड्नु भएछ । छल्न पनि फलामे हात छ भनेर यो पार्टि उ पार्टीमा भनेर अचाक्ली नदगुर्नु । म अफिस समय छोडेर निस्वार्थ चहकिलो भावले आफूलाई लोप्वा खुवाउँदै घर जाँदैछु ।

म कुनै झुत्रे पार्टीको सदस्यता नहुँदा बुढो जगिरमा बढुवा भएन । कति दिन घरमा भोक हड्ताल भान्छमा गरे । विश्वेश्वर कोइरालाले जेलमा राणाको विरुद्धमा गरेको भोक हड्ताल जस्तो मेरो भोक हड्ताल होइन । म नेता पनि होइन । प्रधानमन्त्री हुन पनि होइन । मैले रहले गरेको भोक हड्ताल हो । कति दिन भोकभोकै बसेँ । कुरो ढाँटे जस्तो होला । प्रमोशनको भोक जागिरहेछ । यो आक्कास पातालको कुरा पनि होइन । म भोक खप्न पनि सक्दिन । भोकमा रिँगटा छुटिरहेछ । आपिसले मेरो भोक बुझिदिएन । अनि म कसरी हाँस्न सक्छु । मेरा मन थरथर काँपिरहेछ । हातहरू बाउँडिरहेछ । डिप्टी बस्दा ओठमा कलेटी परेको छ । आपिसको चमत्कारीमा मेरा आन्द्राहरू तन्किएर आँखामा तिरिमिरी झ्याईं भएको छ । हजुरको किरण भेट्न नसकेर भोकले मर्न आँटेको छु । मेरो कष्ट नबुझे पनि । मैले आपिसलाई हुटेल बनाएर भत्काउन खोजेको पक्कै होइन । अघाएको हाकिम र जागिरमा म भोकाएको पिएन निश्चय पनि हैन होला ।

कति स्टाफ यस्तै रन्कोकोमा कार्य गर्दै संघर्षत छन् बुझ्नु हुनेछ । उनीहरू बेसुरमा बाहिरिएका छन् । उनीहरूको शिष्टता बुझ्नु होस् । म सिँगाने भएर शैक्षिक प्रमाणपत्र नभए पनि मन पनि ठोक्किएर लेख्न पुुगेको छु । अपिसको वारेमा कुरा जोड्ने तोड्ने मोड्ने नगरेर निम्न पङ्क्तिमा बुँदामा ख्याल राख्नु् होस् ।

बुँदा नम्बर एक
अफिस समयमै लाटासोझालाई बोलाएर दुई खुट्टेलाई चार खुट्टे तुल्याउन उधुम बितण्डता मच्चाउने कुरा गर्ने हैन । हिजोको हिजो अस्तिको झन अस्ति अफिसको टेबलमुनि भ्रष्टाचारीको एक दर्जन फाइल भेटेको थिएँ । गलबन्दीले केश छोपेर अफिस चलाउने होइन ।

बुँदा नम्बर दुई
त्यो नपुङ्सक स्याउली सुइपरलाई धेरै आँखा लाएर आनन्द बिहार गर्ने होइन । धेरै माया गरेर काम नगरी नगरी बस्नेलाई तलब भत्ता बाढ्ने होइन ।

बुँदा नम्बर तीन
टिपोट अनुसार गणतन्त्रको रिपोट सामान्य छ । पार्टीको असक्षम अदूरदर्शी अविवेकी नेतालाई पटक पटक भेटेर मुस्कानको मिसाइल छोड्ने कार्य गरि रहनु पर्दैन ।

बुँदा नम्बर चार
संघियताको करामतले देश डुबी सक्यो । राती राती डुक्रेर मैन बत्ती बालेर टि पार्टी गरेर रसरवरीको फूलवारी बाँडेर त्यसको वर्थ डे मनाउन पर्दैन ।

बुँदा नम्बर पाँच
पिटीक्यासबाट खर्च हुने गरि चिनी चिया किनेर मेरो र्‍याकमा राखेको छु । बाहिरको चिया मगाएर लोभमा लोभिएको साडेझै बारम्मवार बजेट घाटा हुने काम गर्ने गरेर क्षेप्यास्त्र हान्ने हैन । मलाई पढ्न खोज्ने होइन । पार्टीका नेता अफिस टाइमा भेटेर आपिसमा तास जुवा खेलेर ओभर स्मार्ट नबन्नु ।

बुँदा नम्बर छ
अफिसको एटिएम मेशिन बिग्रेको छ । म (-हाकिमलाइ) हजुरलाई तारिफ गर्छु । मोवाइलको रिचार्ज कार्ड किन्ने पैसा मैले लिएको छु । मेरो बोक्रे दिमागले बैंकमा गएर चेक साटेर आएको पैसा (आपिसको¬) मेरो साथमा छ । अरु कुरा माथि नै भनिसकेको छु । अपिसको तालाचाबी मसितै छ । मेरो घरको मायाजालको हातल साबुनको पानी झै बाक्लो खरानी भएको छ । सयम खराब छ । काममा बक्यौता रिँगटा चले लगतै काम सकेर म कुनै पनि समयमा एटम बम झै पड्केर आपिसमा आइपुग्न सक्छु् ।

उही तपाईंको

आपिसमा बकाइदा काम गर्ने मिष्टर पियन…।

०००
काठमाडौं
२०७९ मंसिर ८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
खुट्टा

खुट्टा

ठाकुरप्रसाद अधिकारी
राग कसको ?

राग कसको ?

ठाकुरप्रसाद अधिकारी
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x