साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिथ्या सिद्धान्तको शालिक

सामान्य कार्यकर्ता भने बिचरा उनीहरूकै भजन कीर्तन गाइरहन्छन् । जब भजनियालाई उसको कुलनेताले भन्छ “तिमी गर्व गर किनभने तिमी हाम्रो दलको इमान्दार कार्यकर्ता हौ ।”

Nepal Telecom ad

सत्ताको प्रपञ्च यति विघ्न जटिल र पेचिलो हुन्छ कि सामान्य राजनैतिक-कार्यकर्ता र सामान्य जनताले सजिलैसँग बुझ्न सक्दैनन् । राजनीति कुन दिशामा अघि बढिरहेको छ ? कता जाँदैछ ? के हुँदैछ ? यस कुराको सुइँको साधारण जनतालाई मात्र होइन, बर्षौंदेखि सोही कुण्डमा स्नान गरिरहेका राजनीतिक पण्डितहरूलाई पनि थाहा हुँदैन ।

राजनीतिमा कहिले गुरुले चेलोलाई धक्का दिएर पछार्न सक्छ भने, मौका पर्दा चेलोले गुरुको खुट्टा तान्दै मुन्ट्याएर धुलो चटाउने गर्दछ । राजनीतिमा धोका र छलकपटलाई नीति मानिन्छ । दलबदल, गुट, उपगुट, राग र ईष्र्या त राजनीतिका गहना हुन् । उता तिनका सिधासाधा कार्यकर्ताहरू भने बिपक्षीसँग बहस गर्ने जिम्मेदारी निर्वाह गरिरहेकै हुन्छन् । जब बहसको विषय अपर्याप्त हुन्छ, आफ्नै गुट उपगुटसँगको पौँठेजोरीमा समय बिताउन बाध्य हुन्छन् ।

यहाँ कहिले, मित्रको भेषमा शत्रुहरू फेला पर्छन् र शत्रुको भेषमा मित्रहरू । देवताको भेषमा दैत्यहरू हुन्छन् भने दैत्यको भेषमा देवताहरू । कुन मित्र हो कुन शत्रु हो ? राजनीतिका माहिर खेलाडीहरूलाई पनि छुट्याउन गाह्रो हुन्छ, दैत्य कुन भेषमा छ र देवता कुन भेषमा ? राजनीतिको सूत्र नै यही हो, बिचरा निरीह जनता र सामान्य कार्यकर्ताले कसरी जानुन् ?

हुन त यो उहिलेदेखि चलिआएको परम्परा हो, रावणले साधुको भेषमा सीतालाई हरण गर्‍यो । जालन्धरले शिवको भेष धारण गरि पार्वतीलाई छल्न जान्थ्यो । भगवान विष्णुले समेत जालन्धरको भेष धारण गरी वृन्दालाई छल गर्न गएकै हो । जसको प्रसङ्ग हरेक बर्षको पुस माघमा हामी सबैले सुन्ने गरेका छौं, स्वस्थानीको कथा मार्फत । यी सबै पौराणिक कथा मात्र होइनन्, यी त पौराणिक कालका राजनीतिक इतिहास हुन् ।

त्यसबेलाका एकजना स्त्रीले पाँचवटासम्म पति राख्न पाउने, श्रीमतीलाई पवित्र बनाउन बलिरहेको आगोको ज्वालामा राखेर चोख्याउने परम्पराहरू अनुचित लागेर मिल्काइए, भने केही परम्परा कायम छन् ।

मान्छेले निकै उन्नति हाँसिल गर्‍यो, प्रगति गर्‍यो । अनेकौं कुरीति र कुसंस्कारको अन्त भयो तर भेष बदलेर छलछाम गर्ने परम्परा भने आज सम्म निरन्तर कायमै छ ।

मानव सभ्यताकै लागि यो प्रथा कलङ्कका रुपमा रहिरहने छ, यसको अन्त्य कहिले पनि हुँदैन । तर ढुक्क हुनुहोस् कुनैदिन यो सूत्र तपाईं हामीलाईलाई समेत काममा आउन सक्छ । किनभने नजानिदो गरि हामी पनि दिन प्रतिदिन भेष बदलेर हिंड्ने जालन्धरहरूको अन्धभक्त बनिरहेका छौं । हामीले त्यस्तै भेषधारीहरूको सङ्गत गरेका छौं । एक न एक दिन हामी पनि त्यही क्षेत्रमा समर्पित हुन सक्छौं ।

तर हामी निराश भइहाल्ने अवस्थामा पनि पुगेका छैनौं । जब राजनीति नामको धोती फेर्नेहरूले आफ्नो धोती फुस्किएर नाङ्गो बनेको चाल पाउन थाल्ने छन्, हुन सक्छ, यिनीहरूले त्यसै समयदेखि भेष बदल्न छाड्नेछन् ।

रावणको राज्यमा पसेर हनुमानले वितण्डा मच्चाए, लङ्कामा आगो लगाइदिए, तै पनि रावणले सीतालाई गिद्धेदृष्टि लगाउन छोडेको थिएन । सहोदर भाइलाई हनुमानले दलबदल गर्न प्रोत्साहन दिइरहँदा उसले चाल पाएन । रावणको अन्त्य भइदिए लङ्काको राज्यसत्ता आफ्नो हातमा पर्ने कुरा विभिषणले राम्रोसँग बुझेको थियो । सत्ताको लोभमा उसले आफ्नो दाजुलाई नराम्ररी धोका दियो । यसरी हरेक क्षेत्र तहसनहस भइसक्दा पनि रावणले धोती फुस्किएको पत्तो पाएन । जब थाहा पायो समय बिति सकेको थियो । त्यसै समयदेखि राजनीतिमा परेको यो श्रापबाट समाज र राजनीति कहिले पनि मुक्त हुन सकेन । कुनबेला घरभित्रको दुश्मनले धुलो चटाइ दिन्छ, घरमुलीलाई थाहै हुन्न । नपत्याए हाम्रा राजनीतिक दलका दरबारमा हेर्नुस् त, सबै दरबारमा विभिषणहरू छन् । रामसँग मिलेर रावण सिध्याउने खेलमा लागिरहेका । उसो त राजनीतिको दरबारमा विभिषण मात्र होइन आज्ञाकारी पुत्र मेघनादहरू पनि छन् । जसले सत्य र असत्यको पहिचान गर्न सक्दैनन् मात्र लङ्काधीशको आदेश पालना गर्छन् । भविष्यमा जेसुकै होस् ।

सामान्य कार्यकर्ता भने बिचरा उनीहरूकै भजन कीर्तन गाइरहन्छन् । जब भजनियालाई उसको कुलनेताले भन्छ “तिमी गर्व गर किनभने तिमी हाम्रो दलको इमान्दार कार्यकर्ता हौ ।” आफ्नो नेताको यस्तो भनाईले भावावेशमा ऊ विवेक शून्य बन्छ र त्यसै दलरुपि भग्नावशेलाई आफ्नो संसार ठान्छ । कुलको कुलायन ठान्छ र सहजै आफ्नो इष्टदेव मानिदिन्छ । त्यसपछि उसले अन्य कसैको छायाँ पनि रुचाउँदैन । अन्त्यमा जब उसकै आफ्नो नेताको कुकृत्यको फेहरिस्त अखवारहरूमा छताछुल्ल हुन थाल्छन्, समय घर्किसकेको हुन्छ । अब आफूले मान्दै आएको इष्टदेवले जतिसुकै अपराध र गल्ती किन नगरोस्, अब सबैको प्रयास त्यसैलाई ढाकछोप गर्नतिर केन्द्रित हुन्छ ।

उसको भागमा केही आत्मग्लानी र मात्र फोस्रो गर्व बाँकी रहन्छ ! नेपालका अधिकांश दलका कार्यकर्ताहरूको संयुक्त भोगाइ यहि हो ।

बाहिरबाट हेर्दा जे देखिन्छ, मूलतः त्यो सत्य हुँदैन ! त्यो त मात्र, मिथ्या हुन्छ ! मान्छेहरूलाई भ्रमित पार्न मिथ्या-सिद्धान्तको शालिक ठड्याइन्छ ्र मान्छेहरू भने त्यो काल्पनिक शालिक लाई हेरेर दङ्ग पर्दछन् । कुनैदिन यो काल्पनिक शालिक ढल्यो भने त्यसले सबैलाई च्याप्न सक्छ । बेलैमा होस पुर्‍याउनु पर्छ । गजब छ यो राजनीति भन्ने चिज ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x