साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रस्ताव

“मलाई त तपाईं र मेरो संयोगले एउटा सुयोग्य नागरिक जन्माउन मन लाग्यो । मनमनै तपैँलाई अन्माउन मन लाग्यो ।”

Nepal Telecom ad

“मेरो र तपाईंको कुरो कति धेरै मिल्छ है ?”
म कुर्सीमा बस्दै गर्दा मैडमले यसरी भन्दा सानो फलामको टुक्रालाई ठुलो चुम्बकले आफूलाई हुत्याए झैँ मेरो मुटुलाई तान्यो । मन तात्यो । “मैडम, श्रीमानसित हजुरको कत्तिको मेल हुन्छ ?” म आफ्नीलाई सम्झँदै फुत्त निकालें ।

“केको मेल ? सधैँ झेल हुन्छ । तगडा झगडाको खेल हुन्छ । मेरो सबै योजना फेल हुन्छ ।” अलिकति आँखा सन्काए झैँ गरी मैडमले मेरो आँखामा आँखा जुधाएर भन्नुभयो ।

अलिक फुर्काउनलाई कुरो तुर्काएँ- “तपाईँ यत्ति राम्री हुनुहुन्छ । विचार झन् महान तर पनि हानाहान ?” मैडमको अनुहारभरि आँखा छ्यापेँ ।

“म नरम श्रीमान् गरम । म मुस्कुराउँछु उहाँ ठुस्कुराउनु हुन्छ । अनि हुँदैन त महाभारत ?” आँखामा चमक र अनुहारमा मुस्कानसहित भन्नुभयो । मैले केही बोलिनँ, आफ्नो दिलको बात खोलिनँ ।

“के तपाईंको बिहे भएको छैन ? देख्दा अनुहार कलिलो छ मन झन् मलिलो छ ।” मैडमले पुनः प्रश्न गरेपछि बोलूँ कि नबोलूँ, मनको कुरो खोलूँ कि नखोलूँ भन्ने भयो ।

“अलिकति भएको छ । म अझ कुमार केटो जस्तै छु । म नरम छु श्रीमती गरम । उसको गल्तीमा मैले नै माफी माग्छु । उसको डरले म भाग्छु । प्रशंसामा कविता लेख्नुपर्छ, त्यसैमा रमिता देख्नुपर्छ ।” मनको धुरीको चुरी कुरो उप्काएँ ।

“तपैँको कथा अजब र बेहबार गज्जब पो छ त ।” मैडमको मूल्याङ्कन आयो ।
नोकरीको अन्तर्वार्ता दिन गएका धेरै जना थियौँ । पालो कुरिरहेकाले कुराकानी गरिरहेका थियौँ । हाम्रो गफमा चियाको चुस्की लिँदै अरुले नि टाइम पास गरिरहेका थिए । म चुपचाप थिएँ । मैडमले सहजभावमा भन्नुभयो- “मलाई त तपाईं र मेरो संयोगले एउटा सुयोग्य नागरिक जन्माउन मन लाग्यो । मनमनै तपैँलाई अन्माउन मन लाग्यो ।”

मैडमको प्रस्ताव सुनेर सबै गलल हाँसे । म चैँ के गरुँ ? सोच्दैछु ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x