साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देख्दा लाग्छ उदेक !

कविताले खान लाउन केके दियो भन ? तिम्रो गन्थनमन्थन छाप्दा लाग्यो धेरै ऋण कहिले फिर्ला तिम्रो बुद्धि कहिले उठ्ने माथि ? लागेन खै आङमा घाम सधैँ देख्छु राति ।

Nepal Telecom ad

अनौठो छ हर्नुहोस् हजुर मेरो घरको चाला
यस्तो हरिलट्ठकसँग क्यारी जीवन जाला ?
घरमा अन्न गेडा छैन ल्याउँछन् पुस्तक ठेली
भोको पेटमा रमाउँछन् त्यही पुस्तक हेरी ।

बिहेपछि आँसु पिएँ सधैँ पाइनँ है खुसी
भुसुनाले लात्ती हान्दा हेर्छु टोलाई बसी
अहो ! कस्तोकस्तो नशा छक्कै परेँ म त
खान, पिउनु वास्तै छैन लेख्नुमै छ लत ।

एउटा खोस्टा ल्याएका थे त्यही हेरी बस्छन्
ठूलैै मान्छे बन्छु भन्दै सधैँ घुँडा धस्छन्
व्यापारीलाई दिनु भन्दा कवि छाने बाउले
घरीघरी दागा धर्छ त्यही कान्छा साहूले ।

दुई-चार अक्षर पढ्या नेता हिँड्छन् कार चढी
पिएचडी गरेँ भन्छन् छैन एउटा घडी
नेताज्यूका छोराछोरी अमेरिका, जापान
हाम्रा छोराछोरी भोक्कै उनकै सानमान ।

कविताले खान लाउन केके दियो भन ?
तिम्रो गन्थनमन्थन छाप्दा लाग्यो धेरै ऋण
कहिले फिर्ला तिम्रो बुद्धि कहिले उठ्ने माथि ?
लागेन खै आङमा घाम सधैँ देख्छु राति ।

आदर्शले नभरिने रैछ बूढा पेट
तिम्रो हठी स्वभाव देख्दा लाग्छ उदेक !
छैन खुसी मनभित्र आगो बलिरहन्छ
जीवन भयो शून्य बगर दुनियाँले भन्छ ।

०००
बुद्धनगर, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x