साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय गुरु गणपति !

फोनविद्यालय र खोयाबिर्के संस्कृतिमा भने थप छलाङ मार्दै आउनुभएको छ । पार्टीहरूका तलवी नृत्य न भै निर्देशक नियामक बन्नु भएको छ ।

Nepal Telecom ad

“जय गुरु गणपति मङ्गलदायक मङ्गल होस् सबको !”

अलि पहिल्यै प्रसिद्ध गायक भक्तराज आचार्यले तालसुर मिलाएर मजैले गाएका थिए यो भजन । गलाको स्वर त कतै नपाउनु मीठो छँदै थियो । तर ध्यानपूर्वक सुन्दा भने स्वरजस्तै शब्दको अर्थ पनि सुमधुर लाग्दोरहेछ । गुरुभक्तिका भावभङ्गिमा छताछुल्ल पोखिएकोले गायत्रीमन्त्रको पनि बाजे खालको लाग्ने, खोतल्दै जादा चाखचासो झन झन गहरिदै जाने पो भयो वा ! वार्षिक परीक्षा चलेको वेला त विद्यार्थीले यसलाई अनुपम वरदान मान्नु पथ्र्यो । यसै भजनमालामा गुरुभक्तिका असारे मालदहआप पहेँलपुर पाकेर लटरम्मै झुण्डिएका देख्न पाइन्यो । थेगी नसक्नुगरी लदाबदी स्याउ, सुन्तला भरिएर हाँगाबिगा लत्रिएका हुन्थे । हुँदाहुँदै हिजोआज त झन गुरु शब्द सुन्दै सात्विक अमृत वचनले कानै भरिने गरेको छ । भक्तिरसले दिमाग रसाएर वाष्पीकृत हुँदा आँखावरिपरि सिमसार पलाउन थालेको छ । अनि त्यही सिमसारभरी जलुकी, वेथे घोडताप्रे उम्रिएर गुरुगरिमाको झाडी नै पो बन्ने भएछ ।

कलियुगको वर्तमान चरणमा आइपुग्दा आदरणीय गुरुहरू मनुखेत्वमाथि चडेर देवत्वमा बुद्रुक्क उक्लिएको भान पर्छ । लाग्छ- उनै गणपति देवको चपर्चण्ड अवतार लिएर गुरुहरूको मर्त्यलोकमा अवतरण भएको हुनुपर्छ । झण्डाबाहन र हण्डीपाचन क्षमतामा त्रेतायुगका वज्रङ्गबली समेतलाई माथ गर्नु हुन्छ । सत्य युगका गणपतिले लड्डू लडाएको बिर्साउनु हुन्छ । गुरुभार वहन गर्न आबालब्रह्मचारी बन्नुहुन्छ । त्यसैले कतै कहिल्यै पाठापाठी लिएर क्याविन लज धाउनु हुन्न । रिजल्टको बेला किशोरी चेलीहरूलाई विदामा अफिस बोलाएर सदव्यवहार देखाउनुहुन्छ । दुव्र्यवहार गर्नुहुन्न । चिट कारखाना खोलेर छात्रछात्राहरूलाई रोजगारी दिलाउने दलालीदेखि त हजारौँ माइल रहनुहुन्छ । सुलसुले काम गर्ने सञ्चार गाउँका पोस्तकपात्रा अति भाँडावर्तनहरूमा यस्ता कुरा कहिल्यै सुन्नु पर्दैन ।

गुरु गुरुतर हुनुहुन्छ । त्यसैले घर निराहार बसेर पेट भोकै राख्न रुचाउनु हुन्छ । तर विद्यालयको सम्पति, रैकम कलममा कल राल चुहाउनु हुन्न । अफिसको भनेपछि त कागजमसीसम्म पनि हिनामिना गर्नु हुन्न । आयोग नियोग गुहारेर खोजतलाशीमा लगाउँदा पनि आजसम्म त्यस्तो फोहोर काम पाइएन पनि । पहाडतराईका गुरुहरू पुस्तकपात्रा र पाठ्यपुस्कहरू नपाईकन पाएँ भनेर वितरकलाई भर्पाइ गर्नु हुन्न । कितापको सट्टा दैदस्तुरी हातलागे पनि छर्न वर्जित । त्यसरी आउने कृष्णवणर्को आयलाई कुअन्न संझिएर बाहुनले लसुनप्याज जस्तै ठाडै अस्वीकार गर्नुहुन्छ । पाठ्यपुस्तक विकास केन्द्रबाट नआइपुगेका तिनै पाठ्यसामग्री दिनरात लागी परेर पढाउनु हुन्छ । कहिल्यै अल्छी गर्नुहुन्न । कखरादेखि नखरा हँुदे नारापचासमेत पढाउनु मात्र हुन्न, छेउभित्ता लेखाउनु पनि हुन्छ । साहित्य, कला, संगीतका क्षेत्रमा लम्बरी काइदाको प्रवीणता प्रदान गुर्नहुन्छ । सधै विविध प्रकारका लयशैलीमा लैनी तानेर विद्यार्थीलाई गायनकलामा पारङ्गत वनाउनु हुन्छ । पहाडमा ढुङ्गा लडाउनेदेखि शहरमा टायर उडाउने सम्मको शीप दक्षता जाँगर अनि कुशलता विद्यार्थीमा भरपुर प्रदान गर्नुहुन्छ ।

कविखाले पर्नु भए त गुरुहरू झन धीर स्थीर अनि गम्भीर स्वभावको हुनुहुन्छ । खुराफाती मेसो कायदाबाट बाकायदा टाढा रहनुहुन्छ । विद्यालयको बजेटले आफ्नो निजी काइते कविता र गनगनेग्रन्थ छपाउने कर्म कहिल्यै गर्नुहुन्न । छपाइहाले पनि अफिसको मसलन्द वजेटबाट कागज किन्ने सत्कार्यबाट परे वस्नु हुन्छ । लिथो मेसिन त के बन्डपेपरसमेत एक टुका तानतुन पार्नुहुन्न । पारीहाले पनि अक्षरै छापेर सदुपयोगमा लगाउनुहुन्छ लोकोदाली पाउनु हुन्न । छापिएको किताप याने गुरुग्रन्थद्वारा ज्ञानगङ्गाको छताछुल्ल प्रवाह गर्नुहुन्छ । सो ग्रन्थ विमोचन गराउने नाउँमा अरूमाथि भार पार्नु त कता भरथेगसमेत खोज्नु हुन्न । सके किताबै नसके अनुरोध मात्रै भए पनि सित्तै बाँड्नुहुन्छ । साथी शिक्षकको तलव र विद्यार्थीका गोजीको टिफिन खर्चमाथि चट्याङ पर्न दिनुहुन्न । निम्तालु श्रमजीवि प्राणीहरूको त झन कुरै भएन । विचरा तालीको बाली लगाउन आएका पाहुनाउपर छेदछौड़ा उठाएर ग्रन्थप्रहार गर्नु जायज पनि त भएन ? आगन्तुकका रित्ता गोजीमाथि जवर्जस्ती हमला र दागा धर्ने काम गर्नु हुन्न । गरीहाले पनि त्यो मुलायम काउकुती मात्र बन्छ । विक्रीबाट उठेको रकम एक्लै लुड्याउने कामबाट कता हो कता टाढा रहनुहुन्छ । वरु कुँडै बनाएर भए पनि सदावतशैलीको समावेशी भोज भतेरको आयोजना गर्नहुन्छ ।

अर्काथरी गुरुहरूले गायन, नृत्य, अभिनय, वक्तृत्व जस्ता कलाका क्षेत्रमा आफ्ना चेलाचेलीलाई पारङ्त गराउनु हुन्छ । जुडोकराते, बक्सिड आदि हार्डवेर खेलहरूमा पनि प्रशिक्षक गुरुहरूको अद्वितीय देन रहेको छ । अलि अघिमात्र घरेलु मैदानमा सम्पन्न भएको एसियन फूटबल खेलमा झण्डै गोल ठोकेर नेपालले तमासा देखाइ दिएथ्यो । तै तै कसो एउटै पनि गोल भएन । नभैदिएकोले नै यसलाई नौलो घटना मान्नुपर्ने वाध्यता विश्व खेलजगतलाई पर्न गयो । सायद वर्तमान सहस्राब्दीको फूटवल इतिहासमा यस्तो घटना कहि, कहिल्यै भएको छैन होला । र नै जीरो गोल नेपालको खेलइतिहासमा अर्थपूणर् रहन गयो । यसलाई आयोजक राष्ट्रले देखाएको विश्वव्यापी अद्वितीय चमत्कारै मान्नुपर्छ भन्दै थिए खेलका ज्ञाता पारखीहरू । गुरुहरूबीच प्रशिक्षणकलाको चमत्कार न थियो त्यो पनि । गुरुहरू केवल तलव पारिश्रमिक भत्ता के के जाति हो चपाउनु मात्र हुन्न, कहिले त बिनाकामै ठाडै निलेसि तेर्सै पचाइदिनु पनि हुन्छ । अनि खेलको परिणाम जस्तोसुकै हुँदा पनि कमिक सुधार भएको र हुँदैजाने सपना बनाउनु हुन्छ । ढोल पिट्नुहुन्छ । शिरमाथि जिम्मेवारीको फेटा बाँधेर डेउडा नांचको लीला देखाउनहुन्छ बोकी आएको पदको गुरुतर जिम्मेवारी- छोड्न चाहनु हुन्न । अर्थात अझै आउँदा दुईचार चरणका खेलहरूमा जिरो हात नलगाई पदाधिकारीबाट विदा लिने झमेला विहोर्नु हुन्न । अतिथिदेवो भव भन्ने उहिल्यैदेखि चलेको नेपाली परम्पराको विशेष ख्याल राख्नुहुन्छ । र नै बारम्बार अरूले नै जित्नु भन्नुहुन्छ । र नेपाल आयोजक भएकोले आफ्नो टीमले जिरो गोल गर्ने इतिहास निर्माण गराउनु हुन्छ । सुयोग्य गुरुको कत्रो कमाल !

गाउँले विद्यालयका नर्मल तालीमप्राप्त कखरा गुरुहरूको त ‘झनसारो कुरै भएन । वर्तमान नेपालको पाँच दशक यताको शैक्षिक इतिहासमा कस्ताकस्ता चमत्कार गर्नु भो, गर्नु भो । नयाँ पिंडीलाई सन्मार्गतिर लगाउन कति योगदान दिनु भो, भनी साध्य न गनी साध्य ! पञ्चायती कालरात्रीको समयदेखि नै सरकारी तलब खाएर सक्रिय राजनीतिमा पदार्पणमात्र गर्नु भएन, गाउँबेसी, कुनाकन्दरा, बनपाखासम्म पार्टीहरूकै दलालीमा स्वच्छ राजनीति फैलाउनु भो । प्रौढसाक्षरता अभियान चलाउने नाउँमा सरकारी मट्टितेल र मसलन्द मात्रै सक्नु भएन- ग्रामीण समुदायका अशिक्षित छोरी बुहारीहरूभित्र चेतना र जागरणको नयाँ प्रभाती उज्यालो पनि छर्नु भो । कतिका मकैवारी माड्नु भो । तोरीबारी फाँड्नु भो । भर्खर भर्खर चेतनाको चमत्कार फैलिदै गरेको बेला ! घरेलु कामदार समेतमा संगिनी सुइदेखि नवनव प्रविधिको समेतको पहिचान पुऱ्याउनु भो । साक्षरताप्रेमी भद्र ललनाहरूलाई रात्रीबिहारको बानी बसाल्नु भो । प्रेममात्र होइन लभ गर्न समेत उक्साउनु भो । “तारावुट्टे जुनली यो रातमा” तारा थापालाई पनि उछिनेर मुक्त कण्ठले गाउन सिकाउनु भो । आफूले पनि कोइली बिर्साउने स्वर मिसाउनु भो ।

दूरसुदूर पहाडी- देहाती गाउँठाउँकै कुरा गरौं । लेकविंसीका विद्यालयमा पठन विपठन के भो, के भएनतिर नजाउँ । पालो बाँधेर शिक्षण-प्रशिक्षण जे जे गरे पनि महिनैपिच्छे ती महान गुरुहरूले वफादारीपूर्वक तलवभत्ता वुझ्न छाड्नु भएन । कुनै न कुनै रूपका पेसेवर आन्दोलन, दङ्गाफसादलाई वर्षे महिनैपिच्छे कायमै राख्तै ल्याउनु भो । गाउँमा आसामी लगाउने नयाँ परिपाटी बसाल्नु भो । राम शाहले मानापाथीको व्यवस्था गरे मैं आसामीसँग ब्याज उठाउँदा स्थानको ढकतराजुको प्रतिस्थापन गर्नु भो । सोझासीधा पञ्चकार्यकताहरूलाई सरकारी अनुदानको रकम लिन सदरमुकाम जाँदा ल.इ. भएपछि बजेटको किस्ता हातपर्छ भन्ने नयाँ उदबोधन गराउनु भएथ्यो । वडासमितिहरूका मुखियाहरूलाई गाउँमा योजना परेपछि सरकारी अनुदान लिनुपर्छ भन्ने दीव्य ज्ञान सिकाउनु भएथ्यो । दीर्घकालपर्यन्त त्यो मौलिक संस्कृतिलाई विचलन हुन दिनुभएन । किस्ताबन्दीमा प्राप्त हुने सरकारी विकास रकम कसरी सदुपयोग गर्ने भन्ने तरीका बताउनु भो । आफ्नो अप्रत्यक्ष सलग्नता जाहेर गरेर बजेटरूपी ठीस्काथुम्का भस्काउन सिकाउनु भो । रकमकलम दम्पच पार्ने अदृष्य शक्ति प्रदान गर्नु भो किी भरपाइलाई कीर्ते मूल्याङ्कन र कीर्ते जाँचपासका कार्यशाला चलाउनु भो । प्रास, ओभर्सियर, इन्जीनीयर उपभोक्ता समितिसमेतलाई जनसहभागिता जुटाएर बजेट झार्न र गोजीतर्फ पकाउन प्रशिक्षित बनाउनु भो। विदेश गएका पतिका नाममा चिठीपत्र लेखिदिएर कृति ग्रामीण महिलावृन्दको उपकार गर्नुभो ।

उतिबेरका पञ्च अनपढ़, सोझा थिए । गुरुहरू छुरा गुरुहरूल ने पञ्चकालीन गाउंमा चेतना चमत्कारसँगै उधुमको जागरण पनि ल्याउन भएकै हो । धूम्रपानको परम्परागत प्रविधिमा स्तरीयतामा अभिवृद्धि गराउनु भो । कङकड सुलफा र तमाखु तान्ने गाउँले नेताहरूलाई याक, सूर्य, श्री फाइम जस्ता असल चुरोट उडाउन सिकाउनु भो । बाघचाल खेल्न नजान्नेहरूलाई किट्टी. फराँस मेरिज सिकाएर जुवातासको क्षेत्रमा गाउँपिच्छे युगान्तकारी परिवर्तन ल्याउनु भो । पहाड तराई भेद रहेन । जताततै मादक पदार्थ उपभोगमा रही आएको छेकबार पाने ऐतिहासिक उत्पीडन तथा जातीय भेदभाव खन्तीखलास पार्नु भो । खोयाविर्के नामक जहडी पदार्थको उत्पादन वितरणमा नयाँ कीर्तिमानी बसाल्नु भो । दिउसै लठ्ठिएर स्कूलका भित्तातिर फर्किडेयाहरूलाई सर्मिन्दो बनाउनु भएन । आफू सधै मर्यादित रहनु भो । नित्य निरन्तर तामा शिष्यवर्गलाई अभिप्रेरित गर्दै रहनु भो ।

यता देशमा संसदीय व्यवस्था मात्र के आउनु थियो- अन्तरिमकाल सन्त नेताका वरप्रसादले गुरुहरूका तालुमा आलु मात्र होइन पिंडालु नै फलिदियो । अझ फलेन मात्र, पपुंरैभरी लटरम्म झुण्डिएथ्यो । फलस्वरूप एक वर्ष विद्यालयमा वाहिरभित्र गरेका दुइखट्टे मनुवा जति सबैले सुयोग्य र स्थायी शिक्षक बन्ने अवसर प्राप्त गर्नुभएकै हो । त्यही गौरवमय परम्परामा छनोट भएका महान शिक्षकहरू यतिवर त गणेशजीका अवतारै बनिसक्नु भएको छ । उहाँहरू सधै विद्यार्थीलाई तन मन धन बचनले माया गुर्नहुन्छ । आफ्नै उदरपूर्ति र वर्गीय स्वार्थको लागि बेमौसमी आन्दोलन चर्काएर विद्यार्थी वर्गको पढाइ, परीक्षा डामाडोल पार्ने औजस्या काम कुरा शोच्नु पनि हुन्न । आफू निराहार बसेरै भए पनि विद्यार्थीहरूलाई पठाउनुहुन्छ, लेखाउनु हुन्छ ्र परीक्षामा चिट गर्ने गराउने कित्ताका ठेक्कापट्टाको निर्मूलनतर्फ कदम चाल्नु हुन्छ । जाँचमा अमर्यादित कामकुरा गरेर नयाँ सन्ततिको व्यक्तित्व विकासमा कौनै प्रकारको वाधा पार्नुहुन्न । चीटनिषेध काखाना निर्माण गरेर नेपाली उद्योगक्षेत्रमा नै नयाँ आयाम थप्नु हुन्छ । आफू आधा पेट खानुहुन्छ बरु बाँधा बसेरे भए पनि माउपार्टीलाई दलाली दस्तूर इमान्दारीपूर्वक बुझाउनु हुन्छ । त्यसैले त गुरुहरू सधै शुद्ध सात्विक अनि समाजको इमान्दार र वलीयो मियो मानिनुहुन्छ ।

प्रकाशका पुजारी गुरु सदासर्वदा तमोगुण र तामसी प्रवृत्तिको विरुद्ध लाग्नुहुन्छ । सकारी वजेट र शैक्षिक सामग्रीमाथि अपचलनको चाल्नो चलाएर राजश्वमारा काम गर्नु हुन्न । बरु बनमारा झारको पाराले देश ढाकेर जागृतिको नयाँनयाँ ज्योति छर्नु हुन्छ । जस्तासुकै कामको लागि जति पनि सरकारी बजेट निकासा गराउन कुशल हुनुहुन्छ । विद्यालय निरीक्षकका खल्तीखजाना समेतको उपचार-उद्धार गर्नुहुन्छ । उहाँकै निर्देशन पाएर होला -जमीनमा नभ्याए झोलामै भए पनि विद्यालय चलाएर अज्ञानताको उछित्तो पार्नुहुन्छ । भावी पुस्ताको अशिक्षा अज्ञानता र बेकारीलाई भजाएर वर्तमानको फोहोर ढलमा पौडी खेल्नुहुन्न । दिनरात नभनी निरन्तर जुझारु पारा झिकेर उभिनु हुन्छ । अँध्यारोको सधै विरोध गर्नु हुन्छ । त्यसैले साक्षरता अभियानको पेडाले पुष्ट बन्नुहुन्छ । मांसमदिराको मोहनी घोलिएको मुर्तीमा गाई जाचको शैलीमा विचरण गर्नुहुन्छ । बाटी कोरी भनेपछि फुटावा देखी सहनुहुन्न । उज्यालोमा बेहोस बने बहि हुन्छकी सो भन्दा औधि मन पराउनु हुन्छ । गाए गाना हुन्छ । पुल्ठा बालेर बुरुक्क उफ्रिदै फिकी आनन्दपान् । यस्तै यस्तै हुन्छ । धन्य गुरु गणपति गणनायक ।

हिजो आज त उहाँ उपरमानव बन्ने तर्बरमा पो हुनुहुन्छ रे । त्यसैले उहाँहरूलाई औसीपूणर् लाग्दो रेछ कि क्या हो आफै घटाएको ताल पनि देखाउनुहुन्छ । विधाने गर्ने हुन सद्कर्म पनि आफै सम्पन्न गर्नुहुन्छ । विद्यार्थीबाट सम्पादन गरिनुपर्ने चीट चोरी चकारी नक्कल जे जे पाए पनि आफै गर्नुहुन्छ । त्यतिमात्र होइन अफिस घेराउ धर्ना तोडफोड जस्ता सुकर्ममा पनि प्राय पर्नु हुन्न । सरस्वतीका साख्खै सुपुत्र हुनुहुन्छ । उहाँहरूले हाशिल गर्न पीएचडी यस्तै अरू महाउपाधिमा कसैले खोट लगाउन सकेन । चोरीको बात लगाइहाले पनि त्यही मोरो पर्छ भातपानीमा । ट्याक्सी दाइले गर्ने मीटरचोरीको बात लाग्दा आम हडताल गर्न मिल्छ भने थेसिस चोरीको बात लाग्दा सरहरूले पनि विश्वविद्यालय नै ठप्प किन नपानेै ?

अनुसन्धानमा दत्तचित्त लागीपरेका गुरुहरूले अरूको लेखनलाई आफ्नो नाउँमा निकाल्दैमा चोरी नै पो कसरी भन्ने र लुकी छिपी रात साँझमा भएको कर्म भए पो नाटीकुटी गर्नु अखिर लोकतन्त्र हो त सबैका लागि । लोकका लागि । कुनै बेला त परीक्षाको शैक्षिक गतिविधि नै उप पारेर आमहड्तालमा उत्रिनु भएकै पनि थियो । तर त्यति बेर बित्यास भने पारीहाल्नु भएन । परम्परागत की, चीटमाणिको अग्राधिकार पनि सकेको हदसम्म कायम राख्तै आउनु भएकै हो । फोनविद्यालय र खोयाबिर्के संस्कृतिमा भने थप छलाङ मार्दै आउनुभएको छ । पार्टीहरूका तलवी नृत्य न भै निर्देशक नियामक बन्नु भएको छ । त्यस्ता महान त्यागी महान तपस्वी गुरुजनलाई साष्टाङ्ग प्रणाम । पुस्तौपुस्तासम्म हजुरहरूको यो ज्ञानगङ्गा महासागर बनेर निरन्तर बग्दै रहोस् । उज्यालोतर्फको यो महाप्रयाण निष्कण्टक रहोस् । सदा सर्वदा जय जय होस् ।

०००

भैरव स्मारिका २०७१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
0
Would love your thoughts, please comment.x
()
x