साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेची-देउनियाँ नयाँ संस्करण- १

भ्यागुताका शत्रु सर्पले खाँदै गयो, खाँदै गयो । यता सर्प पनि जति भ्यागुता खान्छ, उति फुल्दै मोटाउँदै गयो । परिणाम, त्यस सर्पले भ्यागुताका आफन्त पनि खान थाल्यो र त्यही भ्यागुतालाई पनि अन्त्यमा झन्नै सिध्याएछ रे !

Nepal Telecom ad

चूडामणि रेग्मी :

Chudamani Regmiअहिले पूर्वका माेतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने  ‘एैँसेलुकाे झाङमुनि…’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी (सत्यवाद केशरी), व्यङ्ग्य ऋषि (चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, हाेम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनाेद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ ।  नकुल काजी लगायत नयाँ पुराना सवै  झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्काैलीमा जाेड्ने प्रयत्न जारी छ । – सम्पादक ।

सत्य कटु हुन्छ

कतै-कतै सुनियो गफडीको गफ तितो भयो रे ! गफडीले पनि एउटा विद्वानको विचार पढ्दा के थाहा पायो भने अचेल व्यक्तिगत रिस-रागमा कटाक्ष मारिएका, स्वार्थमा चुर्लुम्म डुवेका गालीगलौजको विकास भएको छ । यसरी ‘व्यङ्ग्य कसैलाई ताकेर बेसी हुन थालेको छ, केहीलाई ताकेर कम’ । तर गफडी जान्दछ नि, आलोचना सिस्नो त हुनुपर्छ तर कुप्रवृत्ति र कुइँगन्ध हटाउन । आलोचना हुनुपर्छ सर्पहरूका विरुद्ध गरुड बनेर । आलोचनाले नाग बनेर भ्यागुतो खान हुँदैन, यसैले, गफडीको गफ तितो भयो भन्दा कुइगन्धेलाई तितो भयो कि ? मदमत्तलाई तितो भयो कि ? सर्वसाधारणलाई ? सोच्नुपर्छ । गफडीले कुनै हालतमा साधारण सोझा- साझालाई लान्छना लाएर गफ गर्दैन । गफडी त वैद्य हुन चाहन्छ, डाक्टर हुन चाहन्छ र समाजलाई सजग र सचेत हुने ओखती दिन चाहन्छ, नाग वनेर जसलाइ पायो उसलाई डसेर पापी पेट भर्न गफडी चाहँदैन । समाजमा वसेर यथाशक्ति केही गर्नेलाई स्यावासी दिन चाहन्छ- तिनलाई हतोत्साहित पारी ‘कसैको चम्चा’ बन्न चाहदैन ।

पेटका खातिर

कुरो पेटको चल्यो त यसैवारे एक अनुच्छेद गफ गरूँ । पेट भरेका बेला विचार गर्नु, टाउको पनि निहुरन्छ । पेट भर्नुछ भने मान्छेले झुक्नैपर्छ । पेट भर्न टाउकामा बोरा र नाम्लो बोक्ने, दिनभरि हलो-कोदालो गर्ने विचराको यहाँ म कुरा गर्दिनँ । हातमा कलम लिएर त्यस टुँडालाई ‘पेट भर्न अनुकूल’ पार्ने, मुखारविन्दलाई पनि बोल्दा ‘पेट भर्न अनुकूल’ पार्ने छन् यहाँ । पेटको अर्थ भुँडी मात्र नभएर घर पनि हो । घरका साथै अलिअलि त्यहाँ फाँइफुट्टी र रजगज पनि छ । अलिकति आफ्ना लाइनमा जीबाट र श्रीबाट केही उक्लेर ‘बाबु’ हुने पनि छ । यस्ता पेटको चक्करमा तलमाथि वरपर यसोउसो हुँदो रहेछ । यसैको कारन ‘पर्मिट भक्षणम्’ ‘जग्गा कर उडायनम्’ ‘सस्तो चामल र लकडी हरणम्’ का साथै सोझाकाण्ड भारेभुरेदेखि सहायताकाण्डसम्म हुँदोरहेछ । कुरो पेटैको हो- यसको नाना रूप मात्र हो । यस्तो खाले ठुला पेट, मझौला पेट, साना पेट हुनेहरूले बिताउँदा रहेछन् । गफडी गफ गर्न त तिन पाथी सक्छ… तर…

कुवाको भ्यागुतो

कुरो आफू कुवाकै गर्छु । आफ्नो गफ सानै हुन्छ । ठुला कुरा साना मुखले नगर्नू भन्छन्, बूढापाकाका कुरा बुझ्नुपर्छ । यसै सन्दर्भमा एउटा कथाको हेक्का आयो- भाँडवारे । भाँडको कुरा कताबाट आयो भन्दा यी गफको पृष्ठभूमि नै भाँड हो । भाँडले नै त गफडीलाई जिस्क्याउँछन् । नजिस्क्याए-गफडी गँजडी बनी चापचुप बस्छ । त कुरो कुवाका भ्यागुताको पनि थियो र भ्यागुताको पनि । एउटा भ्यागुतो आफ्ना आफन्त र केही शत्रुबाट चिढिएर हिँडेछ । बाटामा एउटा मरणासन्न सर्प लडिरहेको रहेछ । उसले सोध्यो ‘क्या हो सर्प दाइ, मलाई छोपेनौ नि !! सर्पले भन्यो- ‘कमजोर छु ।’ ‘त्यसो भए हिँड त मसँग ।’ भ्यागुताले सर्पको पुच्छर आफ्ना खुट्टामा अड्काएर तान्दै तान्दै कुवामा लग्यो । भ्यागुताले त्यस सर्पलाई भन्यो-‘ल ! यहाँ बस र उ त्यसलाई खाऊ !’ भ्यागुताले भनेबमोजिम सर्पले भ्यागुता खाँदै गयो । भ्यागुताका शत्रु सर्पले खाँदै गयो, खाँदै गयो । यता सर्प पनि जति भ्यागुता खान्छ, उति फुल्दै मोटाउँदै गयो । परिणाम, त्यस सर्पले भ्यागुताका आफन्त पनि खान थाल्यो र त्यही भ्यागुतालाई पनि अन्त्यमा झन्नै सिध्याएछ रे ! भ्यागुतो जसरी-तसरी चम्पट ठोकेर बाँचेछ रे । गफडीको भनाइ के भने यी पेटभरुवा चम्चाहरू सर्प हुन् । तिनको केही भर छैन र तिनले भेटेसम्म सखाप पार्छन् ।

पातमा पात ! बातमा बात !

यहाँ पातमा पात भए झैँ देउनियाँ र भद्रपुरका बातहरू बातमा बात भए झैँ भए । पेटका कुरा पनि भनेसम्म भए । भ्यागुताको कथा पनि रमाइलो भयो । यस्तै भ्यागुता खाने सर्पहरूबाट हामीले समयैदेखि सावधान हुनुपरेको छ भनी यो गफडी अर्जी गर्छ । आखिर ता यो बातमा बात न हो । सतर्क भए भ्यागुतो आफ्नो शत्रुका लागि त्यत्रो त्याग गर्दैनथ्यो । तर ऊ आफूले खनेको खाडलमा आफै झन्नै परेको । सावधान भ्यागुताहरू हो । सर्पदेखि सावधान । कुरा धेरै थिए तर अब यी कुरा यहाँ तुर्ने मन भयो । आगे फेरि ।

०००
झर्रो नेपाली घर, चन्द्रगढी
गफडीका गफ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x