बद्रीप्रसाद दाहाल ‘भस्मासुर’को महानायक !
जे छन् प्राकृत स्रोत साधन, यहाँ गर्दै सफा दोहन । नौला उद्यम सीप जाँगर कला, पार्छन् दिलै मोहन ॥ बोक्छन् जो जनकामना हृदयमा, ती हुन् उचा शासक । जो मान्छन् ‘जनता’, ‘जनार्दन’ भनी, ती हुन् महानायक ॥

बद्री दाहाल भष्मासुर :
ठट्टा होइन ‘राष्ट्र—शासन’ कबै, यो धीर गम्भीर छ । 
चोट्टा बन्न हुँदैन ‘शासक’ कबै, यो प्राण अस्थीर छ ॥
बुझ्द्यौ रे समता असीम—ममता, पोख्ने बुताका धनी ।
मात्रै, शासक बन्न सक्छ भवमा, भन्ने भुल्यौ बैगुनी ॥ १॥
जो जो देश उचाल्न आर्थिक नयाँ, सिद्धान्त-नीति दिँदै ।
होऊन् है जनता सुशिक्षित सुखी, बाँड्ने सुस्वप्ना लिँदै ॥
हिँड्ने नायक नै सुशासक बने, चम्के धरा-धाममा ।
स्वार्थी शोषक धूर्त नायक हुने, सुक्छन् कडा-घाममा ॥ २ ॥
जे छन् प्राकृत स्रोत साधन, यहाँ गर्दै सफा दोहन ।
नौला उद्यम सीप जाँगर कला, पार्छन् दिलै मोहन ॥
बोक्छन् जो जनकामना हृदयमा, ती हुन् उचा शासक ।
जो मान्छन् ‘जनता’, ‘जनार्दन’ भनी, ती हुन् महानायक ॥ ३ ॥
पुत्ला ख्याक बनेर जो मुलुकमा, चर्को वितण्डा बने ।
चन्दा दान विदेशका ऋण सबै, आफन्तमा पस्किए ॥
त्यस्ता दुष्ट र रुष्ट क्रुद्ध अगुवा, हन् नीच नालायक ।
जो मान्छन् ‘जनता’ ‘जनार्दन भनी, ती हुन् महानायक ॥ ४ ॥
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest


































