साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्याब्लेटको मान्छे

ए अनुसन्धानकर्ताहरू ! ए औषधि निर्माताहरू ! आऊ, मेरो रगतबाट मेरो हाडमासुबाट नसा - नाडी - गिदोबाट जुन तत्व चाहिन्छ झिक किनकि औषधिको स्टोर हो मेरो शरीर !

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

औषधि-विज्ञानको चरम उत्कर्षमा
यस युगको नाम नै साथी
ट्याब्लेटको युग राखौं कि ?
किनकि कहिलेकाहीँ त
जीउ विसञ्चो हुन्छ – हुन्छ
मेरो मात्र होइन नि,
‘मै हुँ’ भन्ने भीमको पनि हुन्छ
तर म भोकाउन पहिले
पचाउन पछि ट्याब्लेट खान्छु
त्यस्तै, पेट पखाल्न पहिले
पेट बसाल्न पछि ट्याब्लेट खान्छु
थोरे होइन, पसरभरिले
खाजाको समस्या टार्ने मान्छे
म ट्याब्लेटको मान्छे ।

मसँग डाक्टरेटको डिग्री छैन
तर त्यसको पनि कुनै फिक्री छैन
किनकि औषधिका हजारौँ नाम त
मेरो जिब्रोको टुप्पामा छन्
आफ्नो औषधि म आफै छान्छु
अरूलाई सिकाउन गौरव ठान्छु
व्यथा निको नहुँदासम्म म
विभिन्न औषधि फेर्दै खान्छु
औषधिले छोएन कसरी भनुँ ?
पुरानो टुङ्गिन्छ, बरू नयाँ जाग्छ
आवृत्ति रूपमा यस्तै नाचिरहेको मान्छे
म ट्याब्लेटको मान्छे ।

कफ, वात, पित्तको सिद्धान्त
पूरै फेल भयो मेरो लागि
किनकि आशव, रस र भष्मवटीले
केही प्रभाव देखाएन
तत्व-किटाणुको सिद्धान्त पनि उस्तै
टनिक, ट्याब्लेटले छुँदै छोएन
घटेको तौल, सुकेको जीउ,
म विज्ञानको लागि चुनौती मान्छे
म ट्याब्लेटको मान्छे ।

रोग लाग्छ – म ट्याब्लेट खान्छु
शोक जाग्छ – म ट्याब्लेट खान्छु
निद्रा लाग्दैन – ट्याब्लेट खान्छु
भाव जाग्दैन – ट्याब्लेट खान्छु
बानी लागिसकेछ अब त
अम्मलझैँ म ट्याब्लेट खान्छु
मोटाउने रहर जस्ताको तस्तै
साथीहरूबीच ‘कार्टून’ मान्छे
म ट्याब्लेटको मान्छे ।

नयाँ स्याम्पुलको असर जाँच्ने
प्रयोगशाला हो मेरो शरीर,
चिकित्सकहरूको लागि पनि
ठूलो उपलब्धि हो मेरो शरीर,
ए अनुसन्धानकर्ताहरू !
ए औषधि निर्माताहरू !
आऊ, मेरो रगतबाट
मेरो हाडमासुबाट
नसा – नाडी – गिदीबाट
जुन तत्व चाहिन्छ झिक
किनकि औषधिको स्टोर हो मेरो शरीर !
या उभ्याइदेऊ म्यूजियममा
किनकि औषधि पचाउन कीर्तिमान प्राप्त
बिसौँ शताब्दीको म अद्भूत मान्छे
म ट्याब्लेटको मान्छे !

०००
जय अवसरवाद (२०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x