साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो कस्तो वसन्त आयो !

कि अनादिकालदेखि सहस्रौं नरनारीहरूको हृदयहरूमा प्रविष्ट भएर सहस्रौँ मानिनीहरूको दर्पदुर्गको प्रकोष्ठलाई भत्काएर निर्मोहीको कठोर हृदयलाई भेदन गर्दागर्दै मदनका पञ्चशर कुण्ठित भएका छन् ?

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

सुनेको छु कि वसन्त आयो । उषाकालमा ब्रह्ममुहूर्तमा उठेर समीर दसैँ दिशाबाट ऋतुराजको आगमनको सन्देश दिएर आयो । वनउपवनसित भन्यो, ‘कोमल कुसुमहरूको सुन्दर हार बनाउनू जस्तो आकाशले पावसलाई लगाइदिएको थियो । आकाश र पृथ्वीको यही स्पर्धा नै त हाम्रा धर्म, कर्म, वेद, पुराण, शास्त्र, भजन, पूजा, साधनाका आधार बनेका छन् ! कोकिलका कानमा पनि उसले के कुरो भर्न बिर्सेको छैन भने त्यो आफ्नो वर्षभरिको साधनालाई स्वरमा भरेर मङ्गलगान गरोस् र मधुकरका कानमा पनि बिस्तारै के भनिदियो भने वसन्तको अभिनन्दनमा नवीन विरुदावलीको रचना गरोस् ।

परन्तु संसारका सुखलाई ग्रहण गर्ने कुरामा सधैं ‘लेट’, सोझा, चिप्ला, करोडौं पाइलाहरूद्वारा कुल्चिएका सनातन मार्गमा चिप्लिएर आफ्नो नवीन पथलाई समाई त्यसमा जलसिञ्चन गरेर काँडाहरूलाई उमार्न, हुर्काउन अनि तिनलाई पददलित गरी गुँडहरूमा आनन्दको पूणर् अनुभव गर्ने मैले आदतले लाचार भएर यस पवनसन्देशलाई पनि सुन्न सकिनँ । अनि, फेरि परहर्षमा पुलकित हुने प्रयास मात्र गर्ने आकाङ्क्षा र उदारताको दर्प राख्ने मैले युवकयुवती र बालकवृद्धलाई जाँच्न थालेँ।

अनि देखेँ, मनुष्य यस वसन्तभरिमा पनि शिशिरमा लुटिएको त्यस विगतवैभव, नग्न, शुष्क, क्षीण तरुशाखासमान लाग्दछ जुन पवनको प्रत्येक प्रहारमा उताबाट यतातिर हल्लिरहन्छ । फेरि देखेँ, जीणर् वस्त्र लगाएका नरकङ्कालहरूलाई जसका दृष्टिगह्वरहरूमा दीपको अन्तिम श्वाससमान धिपधिप धिपधिप गरिरहेका सानासाना नेत्रहरू जसमा थिए मादकता र यसको स्थानमा परअतृप्त आकाङ्क्षाहरू, करुणा र निराशा । ललाटमा चिन्ताहरूको स्पष्ट लिपि, रक्तहीन शिथिल त्वचाको भित्रबाट चियाएर दीनताको गाथा सुनाइरहेका अस्थिहरू ।

अनि सोचेँ, कस्तो बहुला हो यो मानव ? वर्षमा एकपटक पाँच ऋतुहरूको परिक्रमा गरेर वसन्त रङ्ग खन्याउन, प्राणहरूमा  स्फूर्ति भर्न र निराशालाई आशाको खोल ओढाउन आएको छ । तर यो मानव ! यसको मुखमा स्मितको एउटा रेखासम्म छैन । यसका नयनमा अलिकति पनि उल्लास छैन । यसको हृदयमा अलिकति पनि स्पन्दन छैन । मनमा उमङ्ग छैन, आह्लाद छैन ।

के त ? उसो भए मनुष्य परमहंस भएको हो, योगी हो, जो आत्मसाधनाको त्यस सोपानसम्म पुिगसकेको छ जहाँ सुखदुःखका अनुभूतिहरूले स्पर्श नै गर्दैनन् ? कि अनादिकालदेखि सहस्रौं नरनारीहरूको हृदयहरूमा प्रविष्ट भएर सहस्रौँ मानिनीहरूको दर्पदुर्गको प्रकोष्ठलाई भत्काएर निर्मोहीको कठोर हृदयलाई भेदन गर्दागर्दै मदनका पञ्चशर कुण्ठित भएका छन् ?

अथवा यस सङ्घर्षको युगमा मानवहृदय नै विपत्ति, अन्याय, अत्याचारबाट कुटिएर र पिटिएर यस्तो पाषाणवत् भएको छ कि बिचरा अनङ्ग पुष्पशरहरू त्यसमा प्रवेश नै गर्न सक्दैनन् ? या हृदयमा विश्वका प्रहारहरूबाट यति छिद्र भएका छन् कि कामका कोमल बाणहरू पनि नवीन छिद्र नपारी तथा कुनै आघात नपारी यिनै छिद्रहरूबाट निस्किन्छन् ? त्यसैले कुनै छट्पटी र कुनै उत्पीडन दृष्टिगोचर हुँदैन ।

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x