साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाग्यको खेल

‘नजिकका नै बढ्ता विरोधी छन् मेरा । यसैले कसैको सहयोग होइन यो विजय मेरो भाग्यको खेल हो, बुझ्नुभो ?’

Nepal Telecom ad

विनोद नेपाल :

बहुप्रतिक्षित निर्वाचन सम्पन्न भयो र परिणाम आयो । परिणाम सुनेर सबै आश्चर्यमा परे ।

‘यस्तो परिणाम कसरी आयो हँ ?’ अब यो नै फुर्सदिलाहरुको छलफलको विषय बन्यो ।

कसैले भने ‘षड्यन्त्र’ ।
कसैले भने ‘तालमेल’ ।
कसैले भने ‘चलखेल’ ।
कसैले भने ‘धोखा’ ।
कसैले के र कसैले के अनुमान गरे ।
तर कसैले पनि सही कारण एकिन गर्न सकेनन् ।

यत्तिकैमा विजय जुलुस निस्क्यो ।

एक चतुर पत्रकार भिडमा पस्यो र अबिरजात्रा सहितको जुलुसको अग्रपङ्तिमा रहेका नेताजीलाई सोध्यो, ‘हजुरको कार्यशैलीप्रति व्यापक असन्तुष्टि थियो तर पनि यहाँ नै विजयी हुनुभयो । चमत्कारै भयो नि हजुर, बधाई छ यहाँलाई ।’ भन्दिनुस् न, ‘यो विजयको प्रमुख कारण के होला ? कसैको साथ, सहयोग वा कसैको खास भूमिका छ, कसैलाई सम्झन वा धन्यवाद दिन चाहनुहुन्छ कि ?’

नेताजीले भने- ‘देख्नुभएकै छ विरोधीकै घेरामा छु म सधैँ ।’

‘कसै न कसैको त सहयोग होला नि ? समीकरण पनि बनाउनुभा’थ्यो क्यारे, हैन ? भन्दिनुस् न हजुर’ – पत्रकारले पछ्याउँदै भन्यो ।

‘तपाईँलाई थाहै छ नि’- नेताजीले भने -‘नजिकका नै बढ्ता विरोधी छन् मेरा । यसैले कसैको सहयोग होइन यो विजय मेरो भाग्यको खेल हो, बुझ्नुभो ?’

०००
पाल्पा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साझा शत्रु

साझा शत्रु

विनाेद नेपाल
कमाइ

कमाइ

विनाेद नेपाल
फुट

फुट

विनाेद नेपाल
योजना

योजना

विनाेद नेपाल
पाँच छेस्का

पाँच छेस्का

विनाेद नेपाल
आधुनिक बुख्याँचा

आधुनिक बुख्याँचा

विनाेद नेपाल
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x