साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रेलयात्रा

मन त हुन्छ कि भनिदिऊ, ‘ओए चुपचाप सुत् न ! किन डिस्टर्ब गर्छस् ?’ तर भन्दिनँ किनभने त्यो पनि भारतीय रेलको यात्री हो र भारतकै भूमिमा यात्रा गर्दै छ । ऊ त यति बेला भारतीय रेलले कति प्रगति गर्‍यो भन्ने मात्र जान्न चाहन्छ ।

Nepal Telecom ad

शरद जोशी :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

रेलविभागका मन्त्री भन्छन्, ‘भारतीय रेलले तीव्र गतिमा प्रगति गरिरहेको छ ।’ ठिकै भन्छन् । रेलहरूले त सधै प्रगति गरेकै हुन्छन् । ती मुम्बईबाट प्रगति गर्दै दिल्लीसम्म जान्छन् अनि यहाँबाट प्रगति गर्दै मुम्बईसम्म आइपुग्छन् । अब बिचमा कहीँ पनि रोकिने र ढिलो पुग्ने कुरो भने छुट्टै हो । तपाईंलाई यदि रेलको प्रगति हेर्नु छ भने कुनै डिब्बा (बोगी)भित्र पस्नुस् । गहिराइमा नपसिकन तपाईंले वास्तविकताको अनुभव गर्न पाउनुहुन्न ।

जब रेलहरू चलेकै थिएनन् त्यति वेला यात्रा कति कष्टप्रद थियो ? आज रेलहरू चलेका छन् र पनि यात्राहरू यति कष्टप्रद छन् ! प्रगतिका कारणले हामीले हाम्रो इतिहासलाई छोडेका छैनौँ । यो पनि त खुसीको कुरो हो नि ! त्यति बेला पनि दुर्दशा थियो र आज पनि दुर्दशा छ । यी रेलहरू र यी हवाईजहाजहरू सबै विदेशी हुन् । यिनले न त हाम्रो चरित्र फेर्न सक्छन् न भाग्य नै ।

भारतीय रेलहरू चिन्तनको विकासमा ठुलो योगदान गर्छन् । प्राचीन मनीषीहरूले भनेका छन्, ‘जीवनको अन्तिम यात्रामा मनुष्यको हात रित्तै रहन्छ ।’ किन भाइ ? पृथ्वीदेखि स्वर्गसम्म वा नर्कसम्म पनि रेलहरू चल्छन् । जानेहरूको भिड निकै बढी छ । भारतीय रेलहरूले हामीलाई सिकाउने कुरो यही हो । सामान राख्यौ भने बस्छौ कहाँ ? बसिहाल्यौ भने सामान कहाँ राख्छौ ? दुबै गर्‍यौ भने अर्को कहाँ बस्छ ? ऊ बस्यो भने तिमी कहाँ उभिन्छौ ? उभियौ भने सामान कहाँ रहन्छ ? त्यसैले असली यात्री त्यही हो जो रित्तोहात हुन्छ । जसलाई टिकटको भारी बोक्नु पनि स्वीकार्य हुँदैन । प्राचीन ऋषिमुनिहरूका अनुसार यो मृत्युपछिको अवस्था हो । भारतीय रेलहरू के चाहन्छन् भने त्यो अवस्था जिउँदै आइपुगोस् । चरम स्थिति, परम हलुको अवस्था, रित्तो हात, विना बिछौना जा बाबु अनन्तमा मिल्न जा । अन्ततः सबै रेलहरूलाई माथि जानु नै छ ।

टिकट के हो ? शरीरधारीका लागि सजाय हो । मुम्बईको लोकल ट्रेनमा भिडले थिचिएर कुनामा कुर्चा खाइरहेको यात्रीलाई जब आफ्नो शरीर पनि गह्रौं लाग्न थाल्छ अनि उसले सोच्छ, यो शरीर नभएर आत्मा मात्र हुँदो हो त कति सजिलोसित यात्रा गर्दो हो । रेलयात्रा गर्दा प्रायः विचारहरूमा डुबिन्छ । विचारलाई छोडेर डुब्नका लागि त्यहाँ अरु केही हुँदा पनि हुँदैन नि ! रेल कहीँ पनि अडिदिन्छ । मानौं कुनै प्रेयसी प्रियको प्रतीक्षामा उभिएकी होऊन् । उता प्लेटफर्ममा यात्रीहरू यसको प्रतीक्षा गरेर उभिइरहेका हुन्छन् । यो भने जङ्गलमा अडिएर खै कुन्नि कसको बाटो हेरिरहन्छ । म झ्यालमा चिउँडो अड्याएर सोचिरहन्छु । छेवैमा बसेको यात्री सोध्छ, ‘भन्नुस् त हजुर, यो देशको कुनै भविष्य छ कि छैन ? यस विषयमा तपाईंको के विचार छ ?’ ‘थाहा छैन… ।’ तपाई भन्नुहुन्छ, ‘…अहिले त कति मात्र सोच्नुस् भने यो ट्रेनको कुनै फ्युचर छ कि छैन ?’

फेरि एक्कासि रेलको मुड बन्दछ र हिँडिदिन्छ । तपाईं हल्लिँदाहल्लिँदै कुनै राम्री महिलाको अनुहार हेर्दै हिँड्नुहुन्छ । फेरि कुनै स्टेसनमा ती महिला पनि ओर्लिन्छिन् । अनि एक्कासि लाग्छ, रेल नै रित्तियो । मन हुन्छ म पनि ओर्लियूँ कि ? तर भारतीय रेलहरूमा मान्छे आफ्नो टिकटका कारण पनि बाध्य हुन्छ । जसको जहाँको टिकट छ त्यहीँ त ओर्लिने हो नि । ती राम्री महिलाको टिकट यहीँसम्मको थियो त यहीँ ओर्लिइन् । मेरो टिकट अगाडिसम्मको छ त म त्यहीँ ओर्लिन्छु । भारतीय रेलहरूले कता कता हाम्रो मनलाई छुन्छन् । त्यसले मनुष्यलाई मनुष्यको निकट ल्याउँछ । एउटा उँघिरहेको मानिसले अर्को उँघिरहेको मान्छेको काँधमा टाउको अड्याइदिन्छ । भन्नुस् त भारतीय रेलमा भन्दा बाहिर यस्तो निकटता कहाँ देखिन्छ र ? आधा रातमा माथिको बर्थमा सुतेको मानिसले तलको बर्थमा सुतेको मान्छेसित सोध्छ, ‘यो कुनचाहिँ स्टेसन हो ?’ मन त हुन्छ कि भनिदिऊ, ‘ओए चुपचाप सुत् न ! किन डिस्टर्ब गर्छस् ?’ तर भन्दिनँ किनभने त्यो पनि भारतीय रेलको यात्री हो र भारतकै भूमिमा यात्रा गर्दै छ । ऊ त यति बेला भारतीय रेलले कति प्रगति गर्‍यो भन्ने मात्र जान्न चाहन्छ ।

आधा रातको चुकजस्तो अँध्यारामा म भारतको भूमि पहिल्याउने प्रयत्न गर्छु । थाहा नै हुँदैन कुनचाहिँ अपरिचित स्टेसनको नचाहिँदो सिग्नलमा भाग्यको रेल रोकिएको छ । माथिको बर्थवालाले आफ्नो प्रश्न दोहोर्‍याउँछ । म पनि आफ्नै मौनतालाई दोहोर्‍यादिन्छु । भारतीय रेलहरूले हामीलाई सहिष्णु बनाउँछन् । उत्तेजनाको क्षणमा पनि शान्त हुन सिकाउँछन् । मानिसको यही प्रगति हो ।

०००

जाेशीकाे  शनिवार, २१ जुन २०१४ प्रकाशित व्यङ्ग्य निबन्ध  रेलयात्राबाट नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
0
Would love your thoughts, please comment.x
()
x