साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाँच आयोग : सरकारको कुल्ला

उनीहरू दुवै जनाले भने - हेर्नुस् हजुर, हामी दुवै जनता पार्टीमा छौँ । हामी आफ्नो सरकारको आदर्शबमोजिम नै यस समस्याको समाधान पनि चाहन्छौँ। नाला त यहीँ रहन्छ, तर तपाईंको अध्यक्षतामा एउटा आयोग बन्नुपर्छ ।

Nepal Telecom ad

हरिशंकर परसाई :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

यी आयोगहरू यति तीव्रताका साथ बनिरहेका छन् कि अब मलाई डर लाग्न लागेको छ । कुनै पनि दिन मेरै बारेमा कुनै आयोग बन्ने वा मलाई नै कुनै आयोगको सदस्यमा नामाङ्कित गरिने दुर्घटना हुन सक्ने सम्भावना छ ।

कसैले सरकारसित सिकायत गरेर या कुनै अखबारमा हरिशंकर परसाईको हालत खराब छ भन्ने हल्ला चलाइदिएर कुनै दिन हरिशंकरको हालतका बारेमा बुझ्न जाँच आयोग बनाइएको छ भन्ने पनि सुन्न पर्न सक्छ ।
अथवा कुनै दिन यस्तो पनि सुुन्न पर्न सक्छ कि हरिशंकर परसाई बेकार छ र यति बेला कुनै पनि न्यायाधीश खाली पनि छैनन्, त्यसैले परसाईलाई नै फलानो जाँच आयोगको सदस्य नियुक्त गरिन्छ ।

जबसम्म न्यायाधीश खोसला यस काममा लागेका थिए, निश्चिन्तता थियो । उनी नेताजी सुभासचन्द्र बोसको मृत्युदेखि लिएर एकेडेमीसम्मको जाँच गर्थे । तर अहिले त दिनमा चारवटाको दरले आयोग बन्दछन् ।
अहिले कुनै मानिस सुरक्षित छैन । एक दिन यस्तो आउने छ जब आधा मानिसका बारेमा जाँच आयोगहरू बन्ने छन् र आधा मानिस जाँच आयोगमा हुने छन् ।

जाँच हुनुपर्ने समस्या कति छन् ! कुकुरले छुट्टै तरिकाले पिसाब किन गर्छ ? जहाँ न रुख हुन्छन् र न खम्बा हुन्छन् त्यस्तो मरुमूमिमा के कुकुरहरू पिसाबै नगरी बस्छन् ? त्यसको जाँचको कुनै स्थायी व्यवस्था हुन्छ कि हुँदैन ?
गधा किन यसरी दार्शनिक चिन्तनमा डुबिरहन्छ ? त्यसको चिन्तनको आधारमा वेदान्तको व्याख्याको प्रकाशनको कस्तो व्यवस्था गरिँदै छ ?

सरकारले कुल्ला गरेझैं गरी आयोग बनाइरहन्छ । जाँच आयोग सरकारको कुल्ला नै हो । मुखको सफाइका निम्ति कुल्ला गर्‍यो अनि नक्कली दाँत लगायो ।

प्रधानमन्त्री दक्षिण भारतको भ्रमणमा गए । त्यहाँ पार्टीका सदस्यहरूले भने, ‘यहाँ हरिजन (दलित) आदिवासीहरूलाई समस्या छ । यिनको भोट पनि धेरै छ । केही गर्नुस् ।’
प्रधानमन्त्रीले घोषणा गरे- हामी हरिजन आदिवासीहरूको वास्तविक हालतको जाँचका निम्ति एउटा आयोग बनाउँदै छौँ ।

इन्दिरा गान्धीले यसो पनि भन्न सक्थिन् – हामीले त दशवटा आयोग बनाएका थियौँ । तपाईंहरू एउटा आयोगलाई भोट दिनुहुन्छ कि दशवटा आयोगलाई ?
हरिजन आदिवासीको अवस्थामाथि आयोग त अशोकले पनि बनाएका थिए तर त्यसको प्रतिवेदन अहिलेसम्म आएको छैन ।

अकबरले पनि टोडरमलको अध्यक्षतामा गरिबी उन्मूलनका निम्ति एउटा आयोग बनाएका थिए । इतिहासकारहरूले त्यसको प्रतिवेदन कहाँ छ भन्ने कुराको खोजी गरून् ।
कौरव र पाण्डवको विवाद सल्टाउन पनि आयोग बनेको थियो तर आयोगमा बयान दिँदा दिँदा दुवै पक्ष बोर भएका थिए ।

वीरहरूको काम लड्ने हो कि गवाही दिने हो ? यदि यसै गरी आयोगको कारबाही चल्न थाल्यो भने कलियुगको अन्तिम चरणको सरकारको पालामा मात्र यसको प्रतिवेदन बन्ने छ । त्यसैले योभन्दा राम्रो त लडेर नै समस्या समाधान गरिहालौँ ।

न्यायी जहाँगिरले पनि आयोग बनाउँथ्यो । भोकाहरूको खानाको समस्याका बारेमा उसले आयोग बनाएको थियो । तर जब आयोगको प्रतिवेदन आयो तबसम्म गुनासो गर्नेहरू भोकले मरिसके भन्ने समाचार आयो । अनि प्रतिवेदन फाइलबन्द भयो ।

सरकारले हरिजन र आदिवासीको समस्यामाथि यसै गरी एउटा आयोग बनायो मानौं देशमा हरिजन र आदिवासी भनिने प्राणी पनि छन् भन्ने कुरो सरकारलाई अहिले मात्र थाहा भएको हो । प्राणीशास्त्रीहरूले भर्खर मात्र यी जीवधारीहरूलाई खोजेका हुन् । यी हिन्द महासागरको कुनै सुदूर द्वीपमा वा पहाडी कन्दरामा बस्छन् भन्ने कुराको निर्क्याैल गर्नु छ । यी पानी बस्छन् कि हावामा ? यी सबै कुरा थाहा भएपछि यिनको समस्यामाथि विचार गरिने छ ।
अनि यदि यिनलाई जिउँदै भुटिन्छ भने के पत्ता लगाउनुपर्ने हुन्छ भने ‘चिकेन रोस्ट’ स्वादिष्ट हुन्छ कि ‘हरिजन रोस्ट’ बढी स्वादिष्ट हुन्छ ? तन्दुरी कुखुराको अपेक्षा तन्दुरी हरिजनको बिक्रीको सम्भावना कति छ ?

मानिसहरू कराइरहे – हजुर, दर्जनौं आयोगहरू बनिसकेका छन् र सयौँ प्रतिवेदनहरू छन् । यिनको समस्या सबैले बुझेका छन् । किताबहरूमा छापिन्छन्, अखबारहरूमा छापिन्छन् । हरेक मान्छेले बुझेको छ त के सरकारले बुझेको छैन ? सरकालाई रेडिमेड जानकारीसित सरोकार छैन । उसलाई त उसको आयोगका माध्यमबाट जानकारी चाहिन्छ ।
सरकारलाई कुनै समस्याको समाधान गर्नु नै छैन । यो उसको वशको कुरो पनि हैन । अनि यदि समस्या समाधान गर्नु छैन भने या त्यो समाधान हुँदैन भने आयोग बनाइदेऊ । भोकाले खाना मागेको छ भने उसलाई भन – आँ गर् । अनि उसले आँ गर्‍यो भने उसको मुखमा आयोग कोच्याइदेऊ र भन – ला, अब जीवभरि उग्राएर बस् ।

यदि सडकमा हुलहुज्जत भएको छ भने चतुर व्यक्ति गल्लीबाट निस्किन्छ । आयोग त्यो गल्ली हो जहाँबाट लुकेर भाग्छ सरकार किनभने सार्वजनिक सडकमा त समस्याहरूको जमघट हुन्छ ।
चतुर सरकार मुखमा कपडा बेरेर लच्किँदै र मस्किँदै फुर्तिसाथ आयोगको गल्लीबाट निस्किन्छ अनि उता समस्याहरूले होहल्ला गरिरहन्छन् ।

अब त सर्वसाधारण मानिस पनि आयोगी बनिसकेको छ । आयोग उसको जीवनमा पसिसकेको छ । उसले आयाृेगको तरिकामाथि विचार गर्छ र बुझ्छ । यदि त्यसको समाधान गर्न झ्याउ लाग्छ भने त्यसलाई त्यहीँ रहिरहन देऊ, अनि आयोग बनाइदेऊ । छिमेकीले झगडाको कारणको जाँच गरिरहन्छ अनि यता लोग्नेस्वास्नी लडिरहन्छन् ।
यस सरकारले मानिसहरूलाई आयोगप्रेमी बनाइदिएको छ । हरेक मान्छेले आयोगको लाइनका विषयमा विचार गर्न थालेको छ ।

यता टोलमा एकजना चोपडासाहेबको घर छ । उनले फोहर पानीको नाला कस्तो बनाइदिएका छन् भने छिमेकका खन्नासाहेको आँगनमा पानी जान्छ ।
हिजो खन्नासाहेबले मसित यसको गुनासो गरे । यत्तिकैमा चोपडासाहेब पनि आइपुगे । उनले भने – हजुर, नाला त यहीँबाट निस्किन्छ । खन्नासाहेबले भने – नाला यहाँबाट निस्किन्न । मैले भनेँ – यस समस्याको समाधान त के हो भने कि त चोपडासाहेबले नाला उता फर्कानुपर्‍यो, नत्र भने खन्नासाहेबले जबरदस्ती फर्काउनुपर्‍यो ।

उनीहरू दुवै जनाले भने – हेर्नुस् हजुर, हामी दुवै जनता पार्टीमा छौँ । हामी आफ्नो सरकारको आदर्शबमोजिम नै यस समस्याको समाधान पनि चाहन्छौँ। नाला त यहीँ रहन्छ, तर तपाईंको अध्यक्षतामा एउटा आयोग बन्नुपर्छ ।
म त बँचेर निस्कें तर यो आपत कसको टाउकामा आइपर्‍यो भन्ने थाहा भएन ।

०००
हरिशंकर परसाईको कृति ‘परसाई रचनावली (भाग- ४) काे जाँच आयोग… बाट अनुवाद गरिएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x