साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्मानको मोल

पुस्तकालय हल बनिसकेपछि उद्घाटनका दिन गन्यमान्य व्यक्तिहरूलाई निम्तो पठाइयो । आकर्षक खालको ब्यानर पनि तयार भयो ।

Nepal Telecom ad

अमर अधिकारी :

धनकुटा जिल्लाको एक गाउँमा धनवीर नाम गरेका व्यक्ति थिए । धन-सम्पत्ति धेरै भएका धनवीरका बाजे-बराजू पनि धनीमानी नै थिए । धनवीरका बाजेको सम्पत्ति स्याहारी नसक्नुको थियो । उनका बाजेदेखि नै खेतबारीमा काम गर्नका लागि घरमा कामदारहरू राखिएका हुन्थे ।

धनवीरको पढाई भने स्तरीय नभएका कारण उनी पटक-पटक फेल हुन्थे । उनी माध्यमिक तह अर्थात् दशकक्षासम्म बल्लबल्ल पुगे । तर एसएलसी पास भने हुन सकेनन् । तास खेल्न र स्वतन्त्रतापूर्वक घुमफिर गर्न उनलाई अभिभावकबाट रोकावट थिएन । धनीमानी भएकै कारण कतिपय गाउँलेहरूले धनवीरका बाउ-बाजेलाई सामन्ती पनि भन्दथे । किन कि उनका बाउ-बाजेले पहिलेदेखि नै मिटरब्याजको कारोवार गर्दथे ।

धनवीरको घर परिवारलाई मन पराउने गाउँमा कमै मात्र थिए । साहित्यप्रति झुकाव राख्ने युवादेखि वृद्धसम्मका गाउँलेहरूले गाउँमा पुस्तकालय बनाउने अभियान चलाए । चन्दा उठाउँदै जाँदा धनवीरले पुस्तकालयका लागि आर्थिक सहयोग स्वरुप एक लाख दिने वाचा गरे । कतिपय विद्वानहरूले धनवीरबाट त्यो चन्दा रकम लिनुहुँदैन पनि भने । मत बाझिए पनि आखिरमा धनवीरले पुस्तकालयका लागि सहयोग गरे । पुस्तकालयका लागि कसैले पाँच हजार दिए, कसैले दश हजार दिए भने कसैले बढीमा पन्ध्र हजारसम्म पनि दिए । धनवीरले भने एकलाख सहयोग गरेपछि उनका चिनजानका विभिन्न व्यवसायीहरूबाट समेत गरेर पाँच लाखको हाराहारीमा रकम उठ्यो ।

रकम जम्मा भएपछि धनवीरले पुस्तकालयका लागि एउटा हल बनाइदिने वचन पनि दिए । पुस्तकालयको हल बनाउन छ महिना लाग्यो । पुस्तकालय हल बनिसकेपछि उद्घाटनका दिन गन्यमान्य व्यक्तिहरूलाई निम्तो पठाइयो । आकर्षक खालको ब्यानर पनि तयार भयो । कार्यक्रममा प्रमुख अतिथि उनै धनवीर नै थिए । अरु दुईजना अतिथि थिए । धनवीरलाई खादा, अबिर र माला लगाइदिएर उनलाई भव्यताकासाथ सम्मान पनि गरियो र सम्मानपत्र पनि दिइयो ।

धेरै चन्दा दिनेलाई सम्मान गरिएकोमा कतिपयलाई चित्त बुझेन । कार्यक्रम सकिएपछि “सम्मानको मूल्य त यस्तो पो हुनेरहेछः” भन्दै सहभागीहरू बीचमा गाइँगुइँ चल्यो ।

०००
बुढानीलकण्ठ, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
आफै जालमा फस्यौँ

आफै जालमा फस्यौँ

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x