साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काैवाली

लुकुवा टेण्डर र काेटेशनका पानाहरू बुध्दका मन्त्र अङ्कित लुङ्दरहरू झैं बत्तिरहेका थिए । तर त्यहाँ बुध्द थिएनन् मात्रै बुद्दुहरू थिए र भन्थे ।

Nepal Telecom ad

डा. विदुर चालिसे :

तुवाँलाे लागिरहेकाे थियाे । कुहिराेमा तुषाराे मिसिएकाे थियाे । लटपट माैसमकाे बेला एउटा छिरबिरे काैवा ट्याङ्कीमाथि बसेर प्यात्त छेर्थ्याे अनि भट्भट्याउँथ्याे ।
– “सुख्खा माैसममा पानीकाे वर्षा !”

उसले आफ्नाे चुच्चाे भूईंमा निकै घाेट्याे । पखेंटा फट्फटायाे। बिरालाेकाे झैं चालमा टेडाे आँखा भूईतिर हेरेर खुब करायाे ।
– “शीतकाे घैलाले गाउँलेकाे जीवन अब छ्यालब्याल हुन्छ !”

काैवाकाे स्वर सुनिरहेका अल्लारे मान्छेहरू आपसमा चिया र कफि गफसँग उड्न थाले ।

“सिंगानेहरूकाे सिंगानले गाउँ नै डुब्ने भाे ।”
सुख्खड गाउँमा पानी बग्ने भएपछि थाेरै मान्छे असन्ताेषी भए पनि धेरै मान्छेहरू गफिन थाले ।
– “गाउँकाे मूल फुट्याे ।”
– “पन्चायतकाे मूल गाउँमा अत्यधिक फुटेकाे थियाे। प्रजातन्त्र कालमा पनि खुब मूल फुट्याे । गणतन्त्र कालमा त जताततै मूल मात्रै फुटेकाे थियाे । नफुटेर पनि के गर्नु ? जेहाेस फुट्याे । फुट्याे भनेपछि फुट्याे, फुट्याे ।”

गाउँका तिर्खाएका मानिसहरूकाे कुराकाे टक्कर फुट्नेमाथि हुन थाल्याे । त्यसपछि त्याे काैवा भूर्र उडेर अर्काेतिर लाग्याे । पानीकाे प्यासले तिर्खाएका जनताहरू उडेकाे काैवाले पानी तुर्क्याइदिन्छ कि भनेर आँ आँ गर्दै यताउता लाग्न थाले । केही समयपछि अर्काे झालेमाले काैवा आयाे । त्याे काैवा ट्याङ्की काे पाइपमाथि बसेर काैलास्न थाल्याे । उस्ले पाइपमाथि बस्दै फर्याकफुरूक गर्याे र क्याब्रे नाच देखाउन थाल्याे । नाच हेर्दै मनाेरन्जनमा तल्लिन भएका जनताहरू ताली बजाउन थाले । काैवाले घाेषणा नै गर्याे ।

– “याे पानी मेरै बल बाहुले प्राप्त भएकाे हाे ! अब एकैछिनमा पानी झर्छ । तपाईहरूकाे तिर्खाकाे धित मर्छ !”

गाउँलेहरूले सन्कि सन्की थपडी बजाए । नारा पनि लगाए ।प्यासकाे उच्चाटमा सुपरग्लुले झैं टाँसिएकाे जीब्राे र तालुकाे सुख्खा मांसपिण्डहरू मरूभूमिकाे जीवले झैं तिर्खाले धक्न थाले । लाैराे टेक्दै आएकी आमईले प्रश्न साेधिन्।

– “पानी आउँछ भन्ने कसम खाउ न त काग राजा !”
काैवा अलमल्ल पर्याे । उसले नाच्न छाेडेर भुर्र उडेर पीपलकाे रूखमा गएर बस्याे । राघेपाटे अर्काे काैवा आएर पन्चैबाजामा नाच्न थाल्याे । उसले घाेषणा गर्याे ।

– “हाम्राे प्राचीन संस्कृति जाेगाउन धारा पँधेराकाे संरक्षण गराैँ, पानीकाे प्यास तेतैबाट मेटाैँ ।”

उता पानी काैवाहरूकाे हातहातमा संस्कृति जाेगाउनका लागि गठन गरिएका उपभाेक्ता समितिका माइन्यूटहरू थिए । साथै लुकुवा टेण्डर र काेटेशनका पानाहरू बुध्दका मन्त्र अङ्कित लुङ्दरहरू झैं बत्तिरहेका थिए । तर त्यहाँ बुध्द थिएनन् मात्रै बुद्दुहरू थिए र भन्थे ।

– “देख्याै त पानी काैवाहरूकाे काैवाली !”
मलाई पनि अचेल चिया गफमा काैवाली सुन्न खुब मन लाग्छ र पनि पानीकाे कथा सुन्न, धक र लज्जा दुवै बाेध हुन्छ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x