साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली काव्य (शृङ्खला- ६६)

के ले खुल्ने छ प्रज्ञा, असल हृदयमा, जम्छ के ले प्रमाद। के छन् बा तथ्य बुझ्ने अनुभव सँगमा साेध्छ देवीप्रसाद ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

(साेध्छ देवीप्रसाद)

यात्रा हाे जिन्दगानी सकल मनुजले लक्ष्यकाे खाेज गर्छ।
बाबा आमासँगैका अनुभव बटुली बिन्दुमा पुग्न खाेज्छ।।
हेरेको हुन्छ टाढा तर पनि मन याे झट्ट राेकेर राख्छ।
पाका वृद्धाहरूकाे सहमतसँगमा के छ भन्दै नियाल्छ।।४२३।।

बाबाले तिर्सनामा कलछल बलले नित्य हाम्रा निमित्त
आशाका रास बाेकी कहर जति भुली स्वच्छ पारेर चित्त।।
गर्दै सम्मान फाल्याै कठिनसित उता सत्तरी वर्षलाई ।
के के छन् जान्नु पर्ने अनुभव सँगका भन्नुहाेला मलाई ?।।४२४।।

टाढा टाढा नियाल्दै कथित मनुजले बाहिरी ज्ञान लिन्छ।
भित्री प्रज्ञा नखुल्दा कतिपय जनकाे जिन्दगी अल्मलिन्छ।।
थाेरै छन् साधनाले, अनुभव बटुली दक्षता हात पार्ने।
हुन्छन् सर्वोच्च हाम्रा जनक र जननी भित्र प्रज्ञा उमार्ने ।।३२५।।

यस्ता हाम्रा छहारी जनहित भवका वृद्धवृद्धा निमित्त ।
सङ्लाे सद्भाव छर्दै नवयुवक सदा साथमा छन् विवृत्त।।
आस्था चिन्ता लुकेका गुपचुप मनमा रास वार्द्धक्य इच्छा ।
सारा सम्मान गर्ने प्रण छ हृदयमा पूर्ण हाेलान् सदिच्छा ।।३२६।।

गाह्रो के के छ साह्राे, त्यसपछि सजिलो के छ हाम्रा थलामा
के के छन् त्याग्नु पर्ने अनि मृदुमनले थाम्नु पर्ने पलामा ।।
के ले खुल्ने छ प्रज्ञा, असल हृदयमा, जम्छ केले प्रमाद।
के छन् बा तथ्य बुझ्ने अनुभव सँगमा साेध्छ देवीप्रसाद ।।४२७।।

कस्तो हाे वाल्य यात्रा, युवक, पछि उता, प्राैढ, वार्द्धक्य यात्रा
के के हुन्छन् पलाका श्रम कहर तथा हर्ष आनन्द जात्रा ।।
यात्रामा नित्य हिँड्दा, हितकर भवका पूर्व आचार नाद ।।
के के छन् थाम्नु पर्नेने विषय अब बुबा साेध्छ देवीप्रसाद।।४२८ ।।

(क्रमशः)

०००
२०८०/६/२६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x