साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुर त म नेपालकै हुँ

यतैबाट भए पनि पानी फुकेर छर्की प्रजातन्त्रको सातो फर्काइ दिनु पर्यो। नत्र त प्रजातन्त्रवादी र गणतन्त्रवादीको गोली खाँदा-खाँदा प्रजातन्त्र नै शहीद हुन बेर छैन । छेरौटी लागेको मानिसझै लात्राक लुत्रुक्क परेको छ।

Nepal Telecom ad

आर.सी. रिजाल

म यहाँ एउटा नेताजीको क्रियाकलाप पाठक समक्ष पस्कन्छु । नेता पनि चानचुने हैन कान्तिकारी र अति राष्ट्रवादी नेता जसको काम अनुसार उपनाम पनि छ “राष्ट्रभक्त जुझारु”। एकदिनको घटना हो। राष्ट्रभक्तजीले नगरको विभिन्न वडामा तीन चार स्थानमा मुखबाट आगो निकाल्ने किसिमको क्रान्तिकारी र राष्ट्रियताले ओतप्रोत भएको भाषण छाँटे । साँझपरेपछि उनको सक्रिय कार्यकर्ता जसको नाम स्वामीभक्त थियो उनको घरमा बिराला चालले पसे र बास बसे । सायद दिनभा राष्ट्रियता ओकलेर होला राष्ट्रभक्तको भुँडी खाली भएर मुडी भैसक्या थियो ।

स्वामीभक्तले सोधे “माननीयज्यू लोकल तीन पानीवाला टक्रयाऊं ?” राष्ट्रभक्तले मुख फोरे “के कुरा गऱ्या तिमीले ? यूरियामल मिसाएको लोकल मलाई धोकाएर मेरो मन्त्री पदको अवधि घटाउने विचार छ कि कसो ? जानी जानी स्वास्थ्य बिगार्न हुँदैन नि भाइ ? विदेशी रेड लेवल निकाल्नुस् – विदेशी राष्ट्रभक्तले स्वामीभक्तसँग दिनभरको भाषण र अब चुनाव जित्ने तिगड्मवा गफ चुट्दा चुट्दै एक बोतल रेडलेभल झ्वाम पारेछन् ।

खानपिनपछि राष्ट्रभक्तजी सुत्न तरखरमा लाग्दैथे । जमिन फनफनती घुम्नेको देख्न लागे र स्वामीभक्तलाई बोलाएर भने “लौ न यो राष्ट्र घुम्न लाग्यो । मेरो देश कहाँ पुग्ने हो ? मेरो त पेट पनि हुँडली रहेछ । पेटमा पुगेको रासनले शासन गर्ला जस्तो छैन । जुन बाटो गयो उही बाटो फर्कन खोज्दै छ । लौ न कोपरा ल्याऊ ।”

स्वामिभक्त भन्छन् “यो एक्काइसौ शताब्दीमा पौराणिक कालको कोपरा खोजेर पाइन्छ र ? त्यो प्लाष्टिकको बाल्टिनमा ओकल्ने बिग्रेको अन्न ।” जुझारुजीले भने “म त बस्नै नसक्ने भएको छु । तिमी बाल्टिन थाप म टाउको छिराउँछु ।’ स्वामीभक्तले झण्डै १५ मिनेट बाल्टिन थापेपछि भने “हजुर राष्ट्रियता पूरै नओकल्नुस् खोक्रो भइएला । हजुरलाई ककटेल भए जस्तो छ । कि कसो हजुर ?” जुझारुजीले “मलाई ककटेल हैन पिकक टेल भए जस्तो छ। दमकलले पानी फाले झै एकोहोरो मुखबाट फोहरा आएको आयै छ ।’

स्वामीभक्तले “हजुर यो राष्ट्र घुम्दै छ कि अडियो ?” भनेर सोध्यो । जुझारुजीले बाल्टिन भित्रबाट थुतनो निकाल्दै भने “अब घुम्न छोड्या जस्तो छ । बाहिर गएर छिमेकीहरुको घर हेर त पहिलाको स्थानमा छ कि छैन ?”

केहीबेरपछि छिमेकीहरुको घर हेरेर स्वामीभक्तको प्रवेश हुन्छ अनि भन्छ “अघि हजुरले बान्ता गर्दा राष्ट्रियताको भावनाले ओतप्रोत भएको नेताको अगाडि लाजले कसरी ठडिएर बस्नु भनेर वरपरका घर पनि घुमेका रहेछन् । हजुर घुम्न छाडेर हो कि ? छिमेकीका घरहरु सबै आफ्नै जगमा खडा भएका छन् । अव यो थुप्रो पैसा परेको बान्ता फाल्ने त कुरै भएन । म आफ्नो एलसिसियन कुकुरलाई ख्वाउँछु” भन्दै बाल्टिन उचालेर कुकुर नगिच पुगेको मात्र थियो राष्ट्रभक्त कुर्ले “ए स्वामी पर्ख- म आफ्नो बान्ता विदेशी कुकुरलाई खान दिन्न । म अहिल्यै राष्ट्रियताले खोक्रिएको छैन । मेरो बान्ता ख्वाउने भए राष्ट्रियताले ओतप्रोत भएको भुस्याहा कुकुर ल्याऊ ।” स्वामीभक्तले “हजुरको जो आदेश भन्दै राष्ट्रियताले खारिएको खाँटी भुस्याहा कुकुर लिन पठाउछु” भने ।

केहिबेरपछि स्वामीभक्तका सहायकहरुले भैंसी बाँध्ने दाम्लोले भुस्याहा कुकुर घिसार्दै ल्याए । स्वामीभक्तले त्यो भुस्याहा कुकुरलाई बाल्टिनमा रहेको राष्ट्रियताले भरिपूर्ण खुराक देखाउदै भने “जसलाई लेखेको हुन्छ उसैले पाउँछ भन्थे । नेताजीको जुठो खान तेरो पुर्पुरोमा लेखेको रहेछ । मेरो टमीले किन पाउँथ्यो ? लौ घिच्” भन्दै कुकुरको नगिच बाल्टिन पुऱ्याए । तर कुकुरले गन्ध सुड्नासाथ आफ्नो गर्धन घुमायो । यो दृश्य देखेर राष्ट्रभक्तले सारै रिसाएर भने “ए स्वामे, तैले कुकुरले समेत नखाने के त्यस्तो चीज मिसाएर मलाई ख्वाइस् ?” स्वामीभक्तले भने “कुकुरले खाने नखाने कुरा हैन हजुर । चुरो अर्कै कुरोमा छ । हाम्रो धार्मिक ग्रन्थ महाभारत अध्ययन गर्दा द्रौपदी, अर्जुन, भीम, नकुल र सहदेवलाई उछिनेर धर्मराज युधिष्ठिरलाई समेत टक्कर दिंदै स्वर्ग पुग्ने कुकुरले नेपालका ढुकुर जस्ता सांसदको राष्ट्रियतालाई किन टेरपुच्छर लाउँथ्यो । नेपाली तीन पानीको गन्ध भए खान्थ्यो होला ? रेडलेवलको गन्ध मन नपराएको जस्तो छ ?”

“स्वामीभक्तको यस्तो कुरा सुनेपछि ‘उसै त बुहारी
स खाएकी’ भने झै उसै त राष्ट्रवादी नेता किन आफूभन्दा बढी ादीलाई हेर्न सक्थें ? खल्तिबाट पेस्तोल झिकेर तँलाई राष्ट्रवादी भुस्याहा दुई फाएर हाने । कुकुरको प्राण पखेरु उड्यो । त्यसपछि कुकुर घिसारेर उनै सहायकलाई एक सयको नोट फाल्दै “ल यो कुकुर गाड्ने ज्याला” भने हाय ले पेस्तोलको आवाज सुनेर कट्टुमा खुस्काएको रहेछ । त्यसैले उसने कट्टु किन्ने पैसा पनि पाए हुन्थ्यो” भन्यो । नेताले अर्को सयको नोट झिके ल्दै “मैले त आफ्नो मुख गन्हाएछ भनी ठानेको त यसले कट्टु‌मा खुस्काए भाग कटुछेरुवा, छिटो लैजा कुकुर” भने ।

कुकुरले नेताको अपमान त गर्यो । तर मृत्युपश्चात् मूल्याङ्कन कर्ताले उसलाई स्वर्ग पठाएछन् । स्वर्गमा पुष्पलाल, विश्वेश्वर, गणेशमान, मदन, मनमोहन आदि नेताहरु नेपाल राष्ट्रकै बारेमा गफ गर्दै थिए। गणेशमानले एउटा कुकुर टाउको झुकाएर लजाउँदै आएको देखेर भने “माने यो भुस्याहा कुकुर अ…. माने नेपालबाट आएको जस्तो छ । अ… माने ए कुकुरजी तपाई कुन देशको ?” ” कुकुर त म नेपालकै हुँ मलाई माफ गर्नुस् मेरो गल्ती केही छैन । यमदूतहरु झुक्किएका हुन् कि के हो। मलाई हजुरहरुको शेषपछिको नेताभन्दा माथि पुऱ्याए ।” गणेशमानले भने “अ… माने कुकुरजी लाज नमानौं तपाई हामी सँगै बसौंला । गजब त माने यो पो लाग्यो नेपालका नेताभन्दा कुकुर राष्ट्रवादी अ. माने कुकुरजी अरु के छ त नेपालको हाल खबर ?”

कुकुरले भन्यो “के भनूँ ? मानिसहरू देवतासँग नडराउने महसुर भएका छन् । हजुरहरुले ल्याएको प्रजातन्त्रको सातो गएर दुब्लाएर मरनच्याँसे भएको छ । सबै पार्टीका नेताहरुले “प्रजातन्त्र खतरामा परेको छ भनिरा’छन् । एकपटक हजुरहरुले यतैबाट भए पनि पानी फुकेर छर्की प्रजातन्त्रको सातो फर्काइ दिनु पर्यो। नत्र त प्रजातन्त्रवादी र गणतन्त्रवादीको गोली खाँदा-खाँदा प्रजातन्त्र नै शहीद हुन बेर छैन । छेरौटी लागेको मानिसझै लात्राक लुत्रुक्क परेको छ।”

गणेशमानले भने “अ… मन त्यसै त्यसै फाटेर आयो यो माने कुकुरजी अरु कुरा नसुनाऊ ।

०००
मकवानपुर, हेटाैंडा

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
रमेशमोहन अधिकारी
रमेशमोहन अधिकारी
1 year ago

राम्रो !

Krishma Gautam
Krishma Gautam
1 year ago

आहा, अनि पो बरिस्ट हास्य ब्यन्गकार -आर सी रिजाल 

Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
किरियाखर्च

किरियाखर्च

आर.सी. रिजाल
दुर्व्यसनी

दुर्व्यसनी

आर.सी. रिजाल
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
2
0
Would love your thoughts, please comment.x
()
x