साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्तमान

बोक्छन् रावणको दिमाग शिरमा बेच्छन् कथा रामको भिर्छन् बन्दुक काँधमा अनि सधैं गर्छन् कुरा प्रेमको कालो रात सँगै डुबेर मदमा साङ्लो नयाँ बुन्दछन् प्रात:काल नयाँ बवन्डर झिकी विश्वास नैँ पोल्दछन् ।

Nepal Telecom ad

शम्भुप्रसाद गजुरेल :

अग्ला पर्वतका चुली र छहरा छन् ती खडा सम्मुख
देखिन्छन् हरिया बुट्यान वनमा देखिन्न अग्लो रुख
झुल्छन् पल्लवका सुकोमल मुना सूर्याग्निको तापले
होमिन्छन् नव यौवना कलहमा समृद्धिको आशले ।

हुन्थे बाघ गुफा जहाँ अब त्यहाँ कंक्रीट खानी भयो
डुल्थे सावक सानले चउर त्यो जम्मै घडेरी भयो
बस्थे स्याल सिनो ढुकी बगरमा छन् नृत्यशाला त्यहाँ
तस्मात् मानवको छ नाम अहिले ती जन्तुको यादमा।

झर्छन् शैल नुहाउँदै शिखरका ढिक्का सुधा कञ्चन
छेकिन्छन् जब बाँधमा अनि सबै नासिन्छ है नन्दन
रौकिन्थे झरना जहाँ अब त्यहाँ छैनन् छिटा ओसका
खाली मस्तकका भए जन सबै छैनन् कुरा होशका ।

बोक्छन् रावणको दिमाग शिरमा बेच्छन् कथा रामको
भिर्छन् बन्दुक काँधमा अनि सधैं गर्छन् कुरा प्रेमको
कालो रात सँगै डुबेर मदमा साङ्लो नयाँ बुन्दछन्
प्रात:काल नयाँ बवन्डर झिकी विश्वास नैँ पोल्दछन् ।

झप्किन्छन् फल वृक्षमा कुसुमले सौगन्ध फैलाउँछन्
हाँगा पात र चोपले मनुजको खाँचो सधैं टार्दछन्
स्वार्थी भक्षकले चुसी फलहरू हान्छन् सिधै बन्चरो
खम्बा खातिर काण्डका सँगसँगै झिक्छन् बुटाको जरो ।

०००
नुवाकाेट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x