साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वागतम्, स्वागतम्, स्वागतम्‌

बाह्र कक्षा पास भइदिन चाहनुहुन्छ भने हाम्रो कोचिङ्ग सेन्टरमा पाल्नुहोला । हल्का मेहनतले उच्च सफलता कसरी प्राप्त हुन्छ : यो हामीलाई थाहा छ । तपाई हाम्रो ‘ट्रिक’ ग्रहण गरेर जस्तै ‘मै हुँ’ भन्नेलाई पनि पछार्न सक्नुहुन्छ । यो हाम्रो दावा हो ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

परीक्षामा उतीर्ण हुनु भयो ? बधाई छ । परीक्षामा अनुतीर्ण हुनुभयो ? बधाई छ । भनिरहनु नपर्ला; पहिलो बधाई मैले मेरो विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अन्तर्राष्ट्रिय स्तरको ‘इन्टरनेसनल हाइयर एजुकेसन एण्ड क्याम्पस’को तर्फबाट दिएको हुँ भने दोस्रो बधाई मेरो ‘शतप्रतिशत उतीर्ण कोचिङ्क सेन्टर’को तर्फबाट ।

सर्वप्रथम पहिलो बधाईको केही विस्तारमा चर्चा गरौं । यो बधाई स्वीकार गर्न तपाईले आनाकानी गर्नै पर्दैन; यो बधाईको खाट्टी र एक मात्र हकदार भनेकै तपाई हो । मैले सबैलाई यस्तै भन्दैआएको छु; तपाई किन छुट्नु हुन्छ ? वास्तवमा तपाईले प्राप्त गर्नु भएको यस परिणामले तपाईकोे कुशलतालाई स्पष्ट रूपमा देखाउँछ । पढेर पास हुनु भएको भए, यसले स्पष्ट गर्दछ : तपाई एक होनहार विद्यार्थी हुनुहुन्छ ।

चोरेर पास हुनु भएको भए यसले अझ स्पष्टसंग देखाउँछ : तपाई यो महत्वपूर्ण कलामा पारङ्गत हुनुहुन्छ । जगजाहेर छः चोर्नु आफैमा एक कला हो । कतिपय अकुशल अभागी चोरहरू चोर्दाचोर्दै पक्राउ पर्छन् । जस्तो, हिजो हाम्रो टोलका ठिटाहरूले एउटा पटके चोरलाई दराज फोर्दाफोर्दै फेला पारेछन् । त्यसपछि त्यसको हालत के भयो : तपाई आफै अनुमान गर्नुहोस् । तपाईको त्यस सगोत्रीकोे त्यस अवस्थाको सबिस्तार वर्णन गरेर प्रारम्भिक चरणमै रहेको मेरो तपाईसंगको सम्भावित सुमधुर सम्बन्धलाई यति चाडै बिगार्न चाहन्न । मेरो आग्रह के मात्रै हो भने, कृपापूर्वक मेरो बधाई स्वीकार गर्नुहोस् र मेरो अन्तर्राष्ट्रिय स्तरको ‘इन्टरनेसनल हाइयर एजुकेसन एण्ड क्याम्पस’ मा सरासर पाल्नुहोस् ।

मेरो ‘इन्टरनेसनल हाइयर एजुकेसन एण्ड क्याम्पस’को थातथलो फेला पार्न सकिदैन कि भनेर तपाईले सोच्नै पर्दैन, शिक्षाको उज्यालो घामबाट कोही बन्चित हुनु नपरोस् भनेर हामीले तपाईको गाउँटोलमै बिचौलियाहरू नियुक्त गरेका छौं । हाम्रा बिचौलियाहरू हाँसकुखुराको मोलतोलमा बढी ब्यस्त रहे र स्तरीय र प्रभावकारी सेवा प्रदान गर्न चुके भने, कृपया, हामीलाई फोन गर्नुहोस्‌; हाामी तपाई घरमा हुनुहुन्छ भने घरमै, मामाघरमा हुनुहुन्छ भने मामाघरमै, पार्कमा हुनुहुन्छ भने पार्कमै, क्याबिन रेस्टुरेन्टमा हुनुहुन्छ भने क्याबिन रेस्टुरेन्टमै, जहाँ जतिबेला भन्नु हुन्छ त्यही, त्यतिबेलै लिन आउँछौं । नजिकै हुनुहुन्छ भने गर्लफ्रेन्ड, ब्यायफ्रेन्ड जो जे छ; साथसाथै पाल्नु भए हुन्छ : स्वागत छ ।

अब दोस्रो बधाईको चर्चा गरौं । स्पष्टै छ : यो बधाई तपाईले आफ्ना बाबुआमा र गुरुहरूलाई हिस्स पार्न सकेको कारणले प्राप्त गर्नु भएको हो । तपाई खाट्टी प्रजातन्त्रवादी हुनुहुँदोरहेछ : बाबुआमा र गुरुहरूलाई हिस्स पारेरै तपाई बहुमतको पक्षमा उभिनु भो । साँच्चै भनौं भने यस रिजल्टले देखाउँछ, तपाईमा एक होनहार भावी राजनीतिक नेताका लक्षणहरू भरमार छन् । हाम्रो सन्दर्भमा अनुतीर्ण हुनुको सोझो र स्पष्ट अर्थ राजनीतिमा प्रवेश गर्ने ‘इन्ट्रान्स’ उतीर्ण हुनु हो । ढुक्क भए हुन्छ : तपाई बहुमतमा हुनुहुन्छ । हामी यस्तो बहुमत आउँदा दिनमा पनि तपाईंलाई सहज रूपमा प्राप्त होस् भन्ने कामना गर्दछौं । प्रजातन्त्रमा बहुमतले शासन गर्दछ ।

तपाई पहिले मुलुक सञ्चालनको ‘ताल–साँचो’ ग्रहण गर्नुहुन्छ कि आठ कक्षा उतीर्ण गरेकोे प्रमाण पत्र ? दश कक्षा उतीर्ण नगरीकन पनि हामीकहाँ सत्ताको सिढीं चढ्न मिल्छ । हामीकहाँ खरिदार हुन योग्यता चाहिन्छ, मन्त्री हुन होइन । तैपनि देश र समाजका लागि बाह्र कक्षा पास भइदिन चाहनुहुन्छ भने हाम्रो कोचिङ्ग सेन्टरमा पाल्नुहोला ।

हल्का मेहनतले उच्च सफलता कसरी प्राप्त हुन्छ : यो हामीलाई थाहा छ । तपाई हाम्रो ‘ट्रिक’ ग्रहण गरेर जस्तै ‘मै हुँ’ भन्नेलाई पनि पछार्न सक्नुहुन्छ । यो हाम्रो दावा हो । एस. एल. सी. पास गर्ने सरल र ‘सट–कट’ बाटो हामीले पत्ता लगाएका छौं र त्यो तपाईलाई बताउन पाउँदा हामीलाई खुसी लाग्नेछ ।

अतः यो पालीको जाँचमा अनुतीर्ण हुनु भएकोमा हाम्रो बधाई स्वीकार गर्नुहोस्, कृपापूर्वक हाम्रो कोचिङ्ग सेन्टरमा पाल्नुहोस् र आफ्नो सुरक्षित भविष्यको ‘कोठाचोटा’ रङ्गाउनुहोस् । हाम्रो कोचिङ्ग सेन्टर तपाईलाई हार्दिक स्वागत गर्दछ ।

०००
बोझेपोखरी, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
हबिगत

हबिगत

ईश्वर पाेखरेल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x