साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन सारै कालो

बोक्सी धामी बनीकन देश सदा लुट्छन् दक्षिण र उत्तरमा पालै पालो पुग्छन् महङ्गीले नेपालीको ढाड सेक्न थाल्यो सत्ताधारी लुटेराको मन सारै कालो ॥

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

चोख्याउँछन् भ्रष्टाचारी नेताहरू किन
विकास खै सोचे जस्तो सकेनौ नि दिन
अबदेखि राम्रो गर मिली सबै पार्टी
छोड्ने छैन जनताले नहिँड है ढाँटी ॥१

मन्त्री कति बन्छौ नेता पालैपालो साटी
कति दिन टिक्छौ नेता आफ्नै जरा काटी
झल्ला हुने हैन नेता मान राख्ने गर
झ्याल फोरी कुर्ची सधैं नफाल न पर ॥२

गुण्डागर्दी रोकिएन फोन गरी माग्छन्
सकिँदैन दिन भन्दा गोली ताकी हाल्छन्
शान्तिदूत गौतमको जन्म थलो पनि
रगतले रङ्गिदै छ नेता बने खुनी ॥३

सत्ता आफ्नो हात पार्न शत्रुसित झुक्छन्
नेपालमा भात खाई चुठ्न दिल्ली पुग्छन्
आँखा तर्छ उत्तरले हात मोल्न थाल्छन्
देश टाट हुन लाग्यो राँको आफैँ बाल्छन् ।॥४

बोक्सी धामी बनीकन देश सदा लुट्छन्
दक्षिण र उत्तरमा पालै पालो पुग्छन्
महङ्गीले नेपालीको ढाड सेक्न थाल्यो
सत्ताधारी लुटेराको मन सारै कालो ॥५

०००
सन्ताेषीनगर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ

वृद्धा र वृद्ध भन्छन्...

जगदीश्वर पाेखरेल
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

जगदीश्वर पाेखरेल
उता म्याऊँम्याउँ

उता म्याऊँम्याउँ

जगदीश्वर पाेखरेल
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x