साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दैलेखमा मिथेन ग्यास – विकासको मूल फुटिसक्यो

विकासको नाममा फेरि एकपटक पुरानै गल्ती दोहोर्याउने त होइन ? ग्यास त भेटियो — तर नियमन ? पारदर्शिता ? योजना ? दीर्घकालीन सोच ? सही सोच, सही नेतृत्व, र सही संरचना बिना यो ग्यास "राष्ट्रिय गौरव" होइन, "राष्ट्रिय गाह्राे" बन्न सक्छ ।

Nepal Telecom ad

पदम भण्डारी :

दैलेखको जलजले भन्ने सुन्दा धेरैलाई भर्खरैसम्म पानीको धारा झरेको गाउँ सम्झिन सकिन्छ। तर अहिले, त्यो सानो ठाउँ देशकै ध्यानको केन्द्रमा परेको छ – कारण हो, मिथेन ग्यासको विशाल भण्डार । राष्ट्रका समाचार हेडलाइनहरूदेखि फेसबुकका फोटा स्टोरीसम्म, “हाम्रो नेताले पत्ता लगाएको ग्यास” को बखानले भरिएको छ । जनताले अब भन्न थालेका छन् – “हुन त हामी अझै दाउरामा पकाउँथ्यौं, तर नेताजीले अब ग्यासको पाइपलाइन जोडिदिनेछन् !”

झोलेहरुको उत्सव
ग्यास भेटियो, तर सेल्फी नै मुख्य प्राथमिकता बन्यो। ग्यास नदेखिने टाकुरामा उभिएर लेखिन्छ – “यता ग्यासको गन्ध आउँछ।” फेसबुकमा तस्बिरहरू अपलोड हुँदैछन् र क्याप्सन यस्तै छ – “नेताजी जिन्दावाद !” “विकासको मूल फुटाउने नेतृत्व मेरै पार्टीको !” “अब जलजले स्मार्ट ग्यास सिटी बन्नेछ !”

चन्दा संस्कृतिको पुनरागमन
ग्यास भेटियो, अब ‘संस्थागत चन्दा संकलनको मौसमी फूल फुल्न थाल्यो। महिला समूह – “ग्यास क्षेत्रमा महिलाको पहुँच सुनिश्चित गरौं।” युवा समूह: मोटरसाइकल रैली निकाल्दै – “जलजलेबाट देश बदल्ने बेला आयो !” ठेकेदारहरू: नेता भेट्न दौडिँदै – “परियोजना हामीले लिन्छौँ, चन्दा तपाईं राख्नुहोस्।” जग्गा दलालहरू – “हिजो ५० हजार, आज ५ लाख । भोलि के थाहा !”

वातावरणीय मूल्याङ्कनको तमासा
ग्यास भेटियो, अब “ईआईए” (वातावरणीय प्रभाव मूल्याङ्कन) गर्ने समय आयो । ब्यानर टाँसिन्छ – “हरियो वन बचाऔं !” “सम्पदा मास्न पाइँदैन !” “ग्यास भन्दा पाखुरी बल ठुलो !” काठमाडौंमा फाइल बोकेर संघ-संस्थाहरूको धावा हुन्छ। बुलन्द आवाज आउँछ – “ईआईए गर्नु पर्यो, तर ढिलो नगरौँ है।”

अन्तर्राष्ट्रिय छायाँ
यहाँ ग्यास भेटियो, भारतको चासो बढ्यो । “नेपालले ग्यास बेच्न थाल्यो भने हाम्रो बजार खुम्चिन्छ।” “र” भनिने संस्था: भेटघाट गर्दै, कूटनीतिक इशारा गर्छ । मन्त्रीहरूको मोबाइल तातिन थाल्छ। ‘ह्वाट्सएप डिप्लोमेसी शुरु हुन्छ।

अब हुने समस्याहरूको ट्रेलर
मानौं कि खानीमा लगानी गर्न विदेशी कम्पनी आउँछ, अनि सुरू हुन्छ – सडक माग — “खानी जानै सकिँदैन, बाटो बनाऊ !” स्थानीय समिति — “हामीलाई प्राथमिक रोजगार दे, नत्र अवरोध गर्छौं !” धारा, स्कुल, एम्बुलेन्स, स्थायी जागिर — “सबै चाहियो, अनि मात्र अघि बढ्न दिन्छौं।” वातावरणिय प्रभाव मूल्याङ्कन, प्रशाेधन कारखाना, बिजुली लाइन — “टावर राख्न नदिने, विरोध गर्ने !”

सत्ता, स्वार्थ र सिलान्यास
खानी उत्खनन सुरू हुन नपाउँदै सिलान्यासको तयारी थालिन्छ । नेता भनछन्: “मैले ल्याएको खानी हो।” मन्त्री भन्छन्: “मेरो पहलमा भएको हो।” अरू “भ्रातृ संस्थाहरू” विदेश भ्रमणको आशामा “लगानी प्रोत्साहन” मा जुट्छन्।

मिथेन ग्यास होइन, दुर्गन्धित प्रणाली
विकासको नाममा फेरि एकपटक पुरानै गल्ती दोहोर्याउने त होइन ? ग्यास त भेटियो — तर नियमन ? पारदर्शिता ? योजना ? दीर्घकालीन सोच ? सही सोच, सही नेतृत्व, र सही संरचना बिना यो ग्यास “राष्ट्रिय गौरव” होइन, “राष्ट्रिय गाह्राे” बन्न सक्छ ।
त्यसैले भनिन्छ – पहिले प्रणाली बनाऊ, अनि मात्र परियोजना शुरू गर।

“मिथेनभन्दा त प्रणालीको गन्ध बढी तिब्र छ !” “विकास गर्ने भनेर सम्पदा बिगार्ने, संस्थान बेच्ने र स्रोत सुम्पिने चलन अब रोकौं।”
यो लेख लेखकको निजी धारणा हो। कसैको धारणासँग मेल खान गए, त्यो संयोग मात्रै हुनेछ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x