साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बच्चा र झरी !!

झिलिक्क झिल्कोमा उन्माद ओर्लिन्छ रौद्ररूपा पहिरोमा पहाड हिलोमा नदीखोला गर्जनमा फाटेको बादलमुनिको गाउँ शहर बस्तीविनाशको ताण्डव जस्तो उग्र आक्रोशमा उफ्रन्छ बालक !!

Nepal Telecom ad

कलानिधि दाहाल :

दुवै उस्तै हुन् बच्चा
र झरी
स्वार्थको खेलमा
लठ्ठिन्छ बच्चो
भोक लागे च्याँहाँ
नीद लागे च्याँहाँ
असजिलोमा च्याँहाँ
अप्ठेरोमा चित्कार
चिच्याहट
असङ्ख्य रोदन
क्रन्दनको बौछार
पुगोस् सबै
होस् प्राप्त खोजे जति
चाहे जति
जस्तो इच्छा गर्छ
कुकुरको बच्चोले
बिरालोको बच्चोले
स्यालगिध्द बौडाइ
फरक हुन्न कत्ति
आनन्दविभोर भने जत्ति
हँसमुख
ताते टुक्टुक
ओठमुस्कान
हातहात
काखकाख
माया लाख
पीठमा सजाएर चोचोहोइ
सबैको यही हो
जीवजीवात्म
उस्तै आकाश
झरी उठेको झम्झम
मजा हो खेत जोत्न
बारी खन्न
लाठे खटेको खुशी
रोपाहार बिरुवा हल्केको खुशी
अनन्त उल्लास
हेर्दा इन्द्रेणी रङ् आकाशमा
न प्रकाश छ घामको
बादलभित्र साउती मार्छ
सिम्सम झरीसम्म
हँसमुख बालक
उस्तै छन् दुवै
कालो सिरक ओढेर
जब शङ्ख फुक्छ आकाश
गड्याङ्गुडुङ्मा
चट्याङ्चुटुङ्मा
झिलिक्क झिल्कोमा
उन्माद ओर्लिन्छ रौद्ररूपा
पहिरोमा पहाड
हिलोमा नदीखोला
गर्जनमा फाटेको बादलमुनिको
गाउँ
शहर
बस्तीविनाशको ताण्डव
जस्तो उग्र आक्रोशमा
उफ्रन्छ बालक !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x