साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलोचना हुन्छ !

"लेखराम, छालबाटो, परिधि, सत्यम्, उरमाल, महायुग, पोको पार ! बाको धर्म !" प्रोफेसर । "हुन्छ बा, हजुरको आशीर्वाद ! आज भने बढी बोल्नुभएन बा, परिवर्तन हुनुभएछ !" लेखराम।

Nepal Telecom ad

धनराज गिरी :

वैदेशिक रोजगारी र “ब्रेन ड्रेन” का बारेमा व्यापक चर्चा भयो, सम्पूर्णमा,सम्पूर्ण किताब, एक धाम, आम बौद्धिकहरूको मिलनविन्दु, ग्रन्थराम, लेखरिटर्न, गजलप्रेमी शीर्वादजनक, मुस्काननाथ लेखराम सापकोटाको सुव्यवस्थापन, काबिले तारीफ, कुरा हुन्छ, हुने नै कुरा हो। क्यानडा रिटर्न स्वामी बकबकानन्द सरस्वती अनुज, “प्रोफेसर अजेयराज आशुतोष फिभरोपाध्याय सुमार्गी कदमश्री” को पनि उपस्थिति छ। अघि सर्यो हिमाल जगजीतोपाध्याय,”हे गुरु बा, यो सब के हो ? किन यस्तो भयो ? किन विदेश सबै ? हुन त म पनि फर्किएकै हो, लक्ष्मीकान्त पनि ! किन गुरु बा ?” सबैको ध्यान प्रोफेसरतिर। “दाइ,हो जाए,आज दाइलाई सुन्ने !” रमेश अधिकारी। उदय प्रभातले आँखा झिम्क्यायो।

“अयोग्यहरूको राज,योग्याहरूको मनको अवसाद, झुक्नु किन ? स्वाभिमान जाग्यो। एउटा अचम्म, म, मेरो मित्र मायालुराज मुसीकोटे किरणश्री, र पर्वतराज,बृहत् पोखरीका मीन, सचीन, प्यारेलाल, पायाथागोरस, नासाहाकिम, उज्याला दाजी, श्रीकृष्ण रामपुरे, हामी तीन जना, मौका पाए, देश व्यवस्थापन गर्ने योग्यता छ, हौसला छ, सीप छ, योजना छ, हामी ट्रीनिटीका सम्पूर्ण सन्तान विदेश, किन ? किन कि, हाम्रो अव्यक्त पीडा सन्तानले बुझे, अनि टाप ! आलोचना हाम्रो पनि हुन्छ, हुनुपर्छ, हुनसक्छ। विदेश जानु,रहर होइन, बाध्यता हो, जसरी कलम समाउनु रहर हो,बन्दूक होइन ! बागी बन्नु पनि बाध्यता हो। विवश हुन्छ मान्छे,तर अर्कोले बुझ्दैन। अनि गलतफहमीको आधारमा पनि आलोचना हुन्छ। “दर्द पराया जाने न कोई” शाश्वत सत्य ! अरूको समस्या,”लुतो न कन्याइ,कसो निसमालोचना ?” प्रोफेसर ।

“दाइको अभिधा हो कि व्यञ्जना हो, बुझ्नै गाह्रो। ” रमेश तूफान।

“गुरु बा,नेपालको यो हालत हुनुमा दोषी को ? नेता मात्रै ? मन्त्रीहरू मात्रै ?” विनोद पौडेल ।

“यो अलि खतरनाक प्रश्न हो, दोषी हाम्रो सनातनी संस्कार ! दोषी हामी सबै! अझ खास भन्ने हो भने, हामी बाहुन वर्ग, एक, किन कि दान लिने जात, दान लिने जात लोभी हुन्छ, लोभले अनेक कुकर्म गराउने पक्का, टुप्पी दोषी,एक, दोस्रो, शासन गर्ने जात छेत्री,अति दम्भी, अहङ्कारी, भस्मासुर, दुई, अब अन्तिम, अति पढेलेखेका बौद्धिक, धूर्त, मौकापरस्त, अति खुराफाती,जे पनि जानेको, यी तीन रोग, महारोग, नेपाली समाजको लागि, सर्पयज्ञ होइन नि, समस्या यी, समाधान पनि यिनै ! यिनीहरूले बनाएको फोहोर यिनीहरूले नै सफा गर्नुपर्दछ। खरनाक कर्मचारीतन्त्रमा यिनीहरूकै पकड छ। दोहोरो रोलमा यिनीहरू माहिर ! गब्बर पनि यिनै,जय वीरु र ठाकुर पनि यिनै। आलोचना हुन्छ। यति भन्न पनि हिम्मत चाहिन्छ। आज फेरि जोखिम मोलियो।” प्रोफेसर ।

“हैट, कडा आयो। हुन त हो नि। साहित्यिक कार्यक्रममा पनि यिनकै हालीमुहाली । जता पनि। “अविरल यात्री।” सरहरू,चिया खाने ?” लेखराम।
“नेकी और पुछ पुछ !” मायालु भानु।
“लेखराम, छालबाटो, परिधि, सत्यम्, उरमाल, महायुग, पोको पार ! बाको धर्म !” प्रोफेसर ।
“हुन्छ बा, हजुरको आशीर्वाद ! आज भने बढी बोल्नुभएन बा, परिवर्तन हुनुभएछ !” लेखराम।
“आलोचना हुन्छ नि त !” भानु।
“हा हा हा, मेरो भिनाजुलाई आलोचनाले छुन्छ ? उहाँ त बिन्दास चितवने गैंडा !! अजेयश्री महादेव,मेरो त येशू !” निर्दोष जीवन डिसुजा।
“ए,ज्याकेट आयो ?” मलेखु।
“आयो आयो ! जोगीको घरमा सन्न्यासी पाहुना !” पीटर। बैठक सकियो।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x