साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकलाङ्ग

"के भनेको एउटा विकलाङ्ग व्यक्तिले यति ठुलो बोरी कसरी ल्याउनसक्छ ? जसले आफ्नो सरिरलाई उठाउनै सकेको छैन।" -प्रहरीले आश्चार्य हुँदै प्रश्न गर्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“कति पटक सम्झाएको तिमिलाई सुन्दैनौँ ?” हरिसले चिच्याउँदै भन्यो।
त्यहाँ टेन्ट लागेको देखेर केही खाना मिल्छ कि भन्ठानेर आएको होला।
ऊ चुपचाप बसिरह्यो र हरिसतिर एककोहोरो हेरिरह्यो।

“त्यो व्यक्तिलाई हेर त मैले भनेको पटक्कै मान्दैन।”- हरिसले निर्मलसँग भन्यो।
“सर उसले सुनेन होला ! त्यो कहाँबाट आएको हो यहाँ।”- निर्मलले जान्न खोज्यो।
“खै म पनि उसलाई चिनेको छैन। कुनै भिख माग्नेवाला जस्तो देखिन्छ।”- हरिसले भन्यो। हरिसको कुरा सुनेर निर्मललाई त्योप्रति दया जाग्यो।

“लिउ”- निर्मलले खोल्तीबाट दश रूपियाँ निकालेर उसको हातमा थमाउन खोज्यो तर उसले त्यो पनि लगेन । “अनि के खोजेको त ?”- निर्मलले उसलाई सोध्यो।

त्यो फेरि पनि बोलेन त्यसको व्यवहार देखेर उनीहरूले यो मानसिक समश्या भएको अनुमान लगाए। त्यसको नजिकै राखेको एउटा ठुलो बोरी खोले र हेर्न थाले त्यसमा विभिन्न पुस्तकहरू थिए। त्यो देखेर उनीहरू चकित भए एउटा मानसिक र शारीरिक रूपमा पनि अपाङ्ग व्यक्तिले यतिका कीताब कहाबाट ल्यायो भन्दै उसलाई चोर पनि भएको अनुमान लगाए। उनिहरूले प्रहरीलाई बोलाए।

“को हो ? के भयो ?”- प्रहरीले सोध्यो ?
“यो चोरलाई लिएर जानु पर्यो हजुर ।”-निर्मलले भन्यो।
“के भनेको एउटा विकलाङ्ग व्यक्तिले यति ठुलो बोरी कसरी ल्याउनसक्छ ? जसले आफ्नो सरिरलाई उठाउनै सकेको छैन।” -प्रहरीले आश्चार्य हुँदै प्रश्न गर्यो।

“के भयो यो त हामीले विक्री गर्न ल्याएका पुस्तकहरू हुन्।”- भित्रबाट आएर एकजनाले बोरी उठाउँदै भने। यी लेखक महाेदय बोल्न, सुन्न र हिँडडूल गर्न सक्नु हुँदैन।”- उसले थप्यो।

“उफ. ! यिनी विक्लाङ्ग होइनन्, बरू परिस्थितिले हामीलाइ सबैलाई विक्लाङ्गाबनाई दियो।”- हरिसले निदारमा हत्केलो बजार्दै भन्यो।

०००
दाङ् घोराही १८
२०-१०-२०२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x