सुरेशकुमार पाण्डेविकलाङ्ग
"के भनेको एउटा विकलाङ्ग व्यक्तिले यति ठुलो बोरी कसरी ल्याउनसक्छ ? जसले आफ्नो सरिरलाई उठाउनै सकेको छैन।" -प्रहरीले आश्चार्य हुँदै प्रश्न गर्यो।

सुरेशकुमार पाण्डे :
“कति पटक सम्झाएको तिमिलाई सुन्दैनौँ ?” हरिसले चिच्याउँदै भन्यो।
त्यहाँ टेन्ट लागेको देखेर केही खाना मिल्छ कि भन्ठानेर आएको होला।
ऊ चुपचाप बसिरह्यो र हरिसतिर एककोहोरो हेरिरह्यो।
“त्यो व्यक्तिलाई हेर त मैले भनेको पटक्कै मान्दैन।”- हरिसले निर्मलसँग भन्यो।
“सर उसले सुनेन होला ! त्यो कहाँबाट आएको हो यहाँ।”- निर्मलले जान्न खोज्यो।
“खै म पनि उसलाई चिनेको छैन। कुनै भिख माग्नेवाला जस्तो देखिन्छ।”- हरिसले भन्यो। हरिसको कुरा सुनेर निर्मललाई त्योप्रति दया जाग्यो।
“लिउ”- निर्मलले खोल्तीबाट दश रूपियाँ निकालेर उसको हातमा थमाउन खोज्यो तर उसले त्यो पनि लगेन । “अनि के खोजेको त ?”- निर्मलले उसलाई सोध्यो।
त्यो फेरि पनि बोलेन त्यसको व्यवहार देखेर उनीहरूले यो मानसिक समश्या भएको अनुमान लगाए। त्यसको नजिकै राखेको एउटा ठुलो बोरी खोले र हेर्न थाले त्यसमा विभिन्न पुस्तकहरू थिए। त्यो देखेर उनीहरू चकित भए एउटा मानसिक र शारीरिक रूपमा पनि अपाङ्ग व्यक्तिले यतिका कीताब कहाबाट ल्यायो भन्दै उसलाई चोर पनि भएको अनुमान लगाए। उनिहरूले प्रहरीलाई बोलाए।
“को हो ? के भयो ?”- प्रहरीले सोध्यो ?
“यो चोरलाई लिएर जानु पर्यो हजुर ।”-निर्मलले भन्यो।
“के भनेको एउटा विकलाङ्ग व्यक्तिले यति ठुलो बोरी कसरी ल्याउनसक्छ ? जसले आफ्नो सरिरलाई उठाउनै सकेको छैन।” -प्रहरीले आश्चार्य हुँदै प्रश्न गर्यो।
“के भयो यो त हामीले विक्री गर्न ल्याएका पुस्तकहरू हुन्।”- भित्रबाट आएर एकजनाले बोरी उठाउँदै भने। यी लेखक महाेदय बोल्न, सुन्न र हिँडडूल गर्न सक्नु हुँदैन।”- उसले थप्यो।
“उफ. ! यिनी विक्लाङ्ग होइनन्, बरू परिस्थितिले हामीलाइ सबैलाई विक्लाङ्गाबनाई दियो।”- हरिसले निदारमा हत्केलो बजार्दै भन्यो।
०००
दाङ् घोराही १८
२०-१०-२०२५
Subscribe
Login
0 Comments
Oldest







































