साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकृति

"बुद्धि पुर्‍याए, खोला आफै धाउछ, प्यासि धाउदैन। कुरो बुझन, जंगलमा बिउ छरेर मन्दिरमा मंगल हुन्छ त, ?" "यहि हो आकृर्ति भित्रको बिकृती। व्राह्मण भित्रको पण्डित प्रवृत्ति ।"

Nepal Telecom ad

दिप मंग्राती :

“यस्तो बिधि अन्न छरेर केको तमासा गरेको होला ?
बरु कुनै माग्नेलाई दिएको भए गरिबको आशीर्वाद लाग्ने थियो।” मन्दिर हातामा सतबिउ छर्नेहरुमाथि मिस्टर कटाक्षले आफ्नो आधुनिक सोचको भाँडो घोप्ट्यायो।

“बाबु कसैको आस्था माथी आफ्नो अर्ध बुद्धिको ढक्कन नखोल्नु, आ-आफ्नो आत्मसन्तुष्टिको कुरा हो, कसैलाई छरेर, कसैलाई बाँडेर, कसैलाई साँचेर, कसैलाई ढाँटेर, कसैलाई चोरेर, कसैलाई सोहोरेर, सन्तुष्टि मिल्छ।” अर्कोले ढक्कन भित्रको मख्खन निकाल्यो।

उनीहरुको शिर न पुच्छरको कुरा सुनेर मेरो विद्वता उकुसमुकुस भएर उम्लिन थाल्यो।
“सतबिऊ छर्नुको आफ्नै मान्यता, इतिहास, छ, विज्ञान छ। पहिले बिउ जोगाउने कुनै प्रविधि थिएन, तसर्थ अति आवश्यक अन्न र बिरुवाहरुको बिउ जोगाउन अलि उब्जाउ हुने ठाउँ हेरेर छर्ने गरिन्थ्यो। धेरै जसो अन्नहरु यहि बेलामा उत्पादन हुने भएकाले सायद यहिबेलामा सतबिउ जोगाउने चलन सुरु भएको हुनु पर्छ। पछि हिन्दु धर्मको विस्तार सगै यसैलाई पुर्खाहरुलाई चढाउने संस्कारमा परिणत भएको हुनु पर्छ। जहाँ सबैले अनिबार्य सतबिउको जगेर्णा गरुन् भन्ने उदेश्य लुकेको हुनु पर्छ।”

“पैतलामा सिटामोल दलेर टाउको दुख्न निको हुन्छ त…?”
“अर्थात, यो कंकृटको आँगनमा छरेर बिउ जोगिन्छ त..?” मिस्टर कटाक्षले अर्को कटाक्षकाे सतबिउ छर्‍यो।

मेरो उघ्रेको ढक्कनभित्र फेरि हल्चल भयो, “बुद्धि पुर्‍याए, खोला आफै धाउँछ, प्यासी धाउँदैन। कुरो बुझन, जंगलमा बिउ छरेर मन्दिरमा मंगल हुन्छ त ?”

“यहि हो आकृति भित्रको विकृति। व्राह्मण भित्रको पण्डित प्रवृत्ति ।”

०००
बेलबारी- ३, मोरङ
मिति- २०८२-०९-०४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x