साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेरो लोग्ने

अझै अर्की परिवार स्वाहा भो देशै स्वाहा भो मियो लुलो हुनाले सबलाई आहा भो संधैभरी पाल्ने कि फाल्ने विकृति यो हिमाली भूमिको के भो संस्कृति ।

Nepal Telecom ad

कृष्णदेव रिमाल :

सबै सँगै :
तेरो लोग्ने जँड्याहा मेरो जुवाडे
बाह्रमासे साँडाले घर घडेरी गाडे
जाँड धोकी फर्किंदा ठ्याक्कै वन ढाडे ।।२

एउटी :
किताब किन्ने पैसा छैन भुत्रो हुन्छ सान
मस्टरसाहेब आएर बटारदिए कान
तेरो छोरो रुँदैछ गोदाइ खाँदैछ
स्कुल बंक हानेर घुम्न जाँदैछ ।।२

सबै सँगै :
तेरो लोग्ने जँड्याहा मेरो जुवाडे

अर्की :
तेरो छोरो कुर्कुरे बैंस आएर
कोठीहरू जता छन् उतै धाएर
स्त्रीलम्पट भैसक्यो केको गर्नु काम
तँहामीको मस्ती गल्दा क्यारी खाला माम ??२

सबै सँगै :
तेरो लोग्ने जँड्याहा मेरो जुवाडे …।

झन अर्की :
तँ पनि त के कम छेस वाइन लाउँछेस
बेसुरामा उल्टोपाल्टो गीत गाउँछेस
मध्येरात घर्केसी बल्ल आउँछेस्
भरोदिन नक्कल पारी कता धाउँछेस् ?२

सबै सँगै :
तेरो लोग्ने जँड्याहा मेरो जुवाडे …..।

अझै अर्की :
परिवार स्वाहा भो देशै स्वाहा भो
मियो लुलो हुनाले सबलाई आहा भो
संधैभरी पाल्ने कि फाल्ने विकृति
यो हिमाली भूमिको के भो संस्कृति ।२

सबै सँगै :
तेरो लोग्ने जँड्याहा मेरो जुवाडे ….।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
0
Would love your thoughts, please comment.x
()
x