साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय- सञ्जाल, भय- जन्जाल !

जहानै मोबाइल्सित मित धसी लम्पट भए । सँगै बस्ने बाबा सुत र बुढिया झम्पट भए ।। छुटे पढ्ने कक्षा अनियमित छन् दैनिक क्रिया । रुँदै हाँस्दै एक्लै गजबसित भन्छन् प्रिय ! प्रिया !!

Nepal Telecom ad

सबै पुस्ता झुण्डे, मन मगज आँखा कर दिई ।
हदै मस्ताना छन्, हर समय सञ्जाल दगुरी ।।
गरे खेती फुस्सा, उदर कसरी भर्छ मनुवा ?
बुभुक्षाले मान्छे, पतित हुुन गै बन्छ खतुवा ।।

बनायौ यो भाँडो, सुखदुख दुुबै साट्न ‘जुकर’ ।
गर्‍यौ क्यारे गल्ती, किचन-गृहमा फुट्छ कुकर ।।
दुधै उम्ले डड्दै पटटट भए आलु र मुला ।
लुछे चुल्ठोटुप्पी, रणथल बने झन् कति चुला ।।

जहानै मोबाइल्सित मित धसी लम्पट भए ।
सँगै बस्ने बाबा सुत र बुढिया झम्पट भए ।।
छुटे पढ्ने कक्षा अनियमित छन् दैनिक क्रिया ।
रुँदै हाँस्दै एक्लै गजबसित भन्छन् प्रिय ! प्रिया !!

सुते पेशा खेती मिलकल र फ्याक्ट्री पनि सुते ।
नयाँ पुस्ता चोखा प्रखर प्रतिभा घायल भए ।।
अहो सञ्जालैका प्रतिलिपि भयौँ मानिस सबै ।
बढे सञ्जालैले गलत ननिका काम बहुतै ।।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x