साइबर अपराध सम्बन्धी सचेतना सामग्री

१९ रसका कविता

शक्ति रस लिए पछि कविता लेख्न किन कुर्ने हिन्दीमा पनि फुर्ने, इङ्लिसमा पनि फुर्ने यस्तो शक्ति बढाउने शक्ति रसको कविता सुन्नुहुन्छ त शक्ति रसको कविता ??

Nepal Telecom ad

हास्यास्पद हास्य कविता सुन्नुहुन्छ कि
वेढङ्गको व्यङ्ग्य कविता सुन्ने हो ?
सिँगारे पेटारे श्रृंगार रसको कविता पिलाउँ कि
वीरका चोक्टा र झोलको कविता
भन्नुहोस्, यस अघि सत्ताइस चोटी मात्रै सुनाएको
कविता सुनाउँ वा
आगामी पाँच वर्षलाई तयार पारेको
पञ्च वर्षीय कविता सुनाऊँ ?
भन्नुहोस् म कस्तो कविता सुनाऊँ ??

तेलमय भक्ति रसको कविता
सेकुवामय शक्तिरसको कविता
ठूला मान्छेलाई लेखिदिएको आर्थिक कविता
मूला मान्छेलाई उल्लू बनाउने धार्मिक कविता
लौ भन्नुहोस्,
भूपिका टुपीको रौं खुइल्याउने
व्यङ्ग्य कविता सुनाऊँ
कि मोहन कोइरालाका आन्द्रा गलाउने
अमूर्त कविता सुनाऊँ ?
भन्नुहोस् म कस्तो कविता सुनाऊँ ??

एउटा छ,
व्यङ्ग्य कवि सम्मेलनमा सुनाउन
रेडिमेड राखेको
सालीलाई समर्पित गोठाले ठट्टाको कविता
अर्को छ,
हरेक हास्य कवि गोष्ठीमा
कहिले त्यसको टुप्पी काटेर
कहिले त्यसको चुल्ठो बाटेर
पचासौं पटक ठेलिसकेको
कोपरा र टपरीको झिँगे कविता
के त्यही कविता तपाईंलाई पनि ठेलौँ त ?
भन्नुहोस् म कस्तो कविता पेलौँ ??

अर्को एउटा कविता
सडकमा आन्दोलन भइरहेको बेला
कोठामा चुकुल मारेर
सोमरसले घाँटी भिजाउँदै लेखेको
वीर रसको क्रान्तिकारी कविता
कतै ताली पाएको
कतै गाली खाएको
विवादास्पद कविता

राँको बालेको, रगत पोखेको
जेल फोरेको, नेल चुँडालको
भनेर लेखेको कविता
ढुङ्गा, मूढा, बम र बन्दुक बोकेको
अधिनायकवाद, साम्राज्यवाद, सामन्तवाद
-मूर्दावाद
भनेर लेखेको कविता
मैले सधैं माइक थर्काउने गरेको कविता

के म तपाईंलाई पनि जुरुक्क जुरुक्क पारुँ ?
भन्नुस् म त्यही कविता अघि सारुँ ??

मसँग एउटा भक्ति रसको कविता पनि छ
तेल र खुट्टाको मेलको कविता
हाकिम्नी दूध र तरकारीको कविता
नेता, नेताकी छोरी र मेरो संस्थाको गाडीको कविता
मासु, फलफूल र आफ्नै भैंसीको घ्यूको कविता
हस् हजूर, हस् हजूर र ज्यू ज्यूको कविता
महाहनुमानहरूलाई पनि मेरो यही एउटा कविताले होच्याउँछ
भन्नुस् यही कविता तपाईंलाई पनि कोच्याउँ त ??

भक्ति रस भन्दा शक्ति रसको कविता वेजोडको छ
शक्ति रसको शक्ति नै बेतोडको छ
प्याज र काँक्रा सँग पनि चल्ने
कुखुराका साँप्रासँग पनि धपक्क बल्ने
पाए मासुका चानासँग
नपाए आँसुका दानासँग
शक्ति रस लिए पछि कविता लेख्न किन कुर्ने
हिन्दीमा पनि फुर्ने, इङ्लिसमा पनि फुर्ने
यस्तो शक्ति बढाउने शक्ति रसको कविता
सुन्नुहुन्छ त शक्ति रसको कविता ??

नाऊँ ?
भन्नुहोस्, म कस्तो कविता सुनाउँ ??

मेरो हात श्रृंगारिक कवितामा पनि चलेको छ
मेरा अगाडि मोतिरामको ‘पिकदूत’ पनि गलेको छ
आफ्नै छात्राको ‘न’ लाई आकार ‘क’ को वणर्न गरेको कविता
आफ्नै सालीको ‘च’ लाई आकार ‘क’ को व्याख्या गरेको कविता
लिपिस्टिक र पाउडर, आइब्रो र फाको कविता
कोठा र चोटा, बाथरुम र अफिसमै म्वाईं खाको कविता
के म त्यही रोमान्टिक कविता गुन्गुनाऊँ ?
भन्नुहोस् म कस्तो कविता भुन्भुनाऊँ ??

नौ होइन
म सँग उन्नाइस रसका कविता छन्
सार्ने पनि कला हुन्छ
मेरा जस्ता उत्कृष्ट कसका कविता छन् ?
आफ्नै स्वास्नीले नोकर्नीलाई रगतपच्छे पार्दा लेखेको
करुण रसको काव्य छ
मान्छे काटेको पाप पखाल्न
परेका रेटेको विभत्स रसको महाकाव्य छ
ज्ञानुवाकरलाई वाक ओभर गराउने गजल छ
डिक मानलाई ठीक लगाउने मुक्तक छ
भानुभक्तलाई ध्वस्त बनाउने सिलोक छ
भनिहाल्नुहोस्
के म देउकोटाका बाबुको बिहे देखाउने कविता सुनाऊँ ?
कि सिद्धिचरणलाई सिध्याउने कविता सुनाउँ ??

०००
(२०७० कार्तिक २३ मा पोस्ट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
देश बनाउनेहरू

देश बनाउनेहरू

लक्ष्मण गाम्नागे
दाजुभाउजूको देशमा

दाजुभाउजूको देशमा

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x