साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुँडीको महिमा

तर यो भुँडीले चमत्कार पनि गर्छ है यसमा अरव हाल्यो भने जङ्गलमा फुत्त टावर निस्किन्छ यता भुँडीमा डलर हाल्यो उता कम्बोडियातिर पावर निस्किन्छ ।

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

तपाईंलाई लाग्छ
यो भुँडीले दाल भात माग्छ ?
त्यसो होइन हजुर
यो भुँडीलाई त
ह्वाइट बडी मम भन्दा मिठो लाग्छ
लाउडा पनि सेकुवा भन्दा मिठो लाग्छ
जति खाए पनि
न यो अघाउँछ न यो खाएर थाक्छ
पहिले करोडको भाँडोमा पाक्थ्यो
अहिले त हजुर अरब अरबको भाँडोमा पाग्छ
देशले पाल्न नसकेर अनुदान रिनले पाल्दिनु पर्‍या छ
त्यसले पनि नपुगेर
बिचरा जनताले रेमिट्यान्स हाल्दिनु पर्‍या छ
तर हेर्नुस् त भुँडीको कत्रो धाक छ ?
मानौ आफ्नै बारीमा मुला साग छ ।

यो ठुलो भुँडी पाल्न कम खर्च छैन हजुर
यसमा गुन्द्रुक ढिँडो हैन
सुन, हिरा, नदीनाला हाल्नु पर्छ
सरकारी ढुकुटीले नपुगेर
बालुवाटारको जग्गा फाल्नु पर्छ
तर यो भुँडीले चमत्कार पनि गर्छ है
यसमा अरव हाल्यो भने जङ्गलमा फुत्त टावर निस्किन्छ
यता भुँडीमा डलर हाल्यो
उता कम्बोडियातिर पावर निस्किन्छ
राष्ट्रिय परिचय पत्र पनि यै भुँडीकै कमाल हो
शरणार्थी सहकारी काण्ड पनि यसकै धमाल हो ।

यो भुँडीलाई खुशी पार्‍यो भने हजुर
सुनै छिराए पनि पित्तल हो भन्छ
छिमेकी नेपाली बन्छ, नेपाली भुटानी बन्छ
यै भुँडीकै मिलोमतोले
लाल सलामले जय नेपाल भन्छ
जय नेपालले लाल सलाम भन्छ ।

यो भ्रष्टाचारको भुँडी फाल्न
अब ठुलै अपरेसन चाहिया छ
तर त्यसको लागि
न गतिलो डाक्टर पाइया छ
न राम्रो बैद्य पाइया छ
तर आशा गरौँ
एक दिन नेपाल आमाको कोखमा
त्यस्तो पुत्रले पनि जन्म पाउने छ
जसले नेपाल आमाको मात्र हैन
सारा नेपाली ओठमा मुस्कान ल्याउने छ ।

०००
घट्टेकुलो, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x