साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाह्री स्तोत्र

दाह्रीवाल बनेर झ्याप्प गतिला कुर्सीहरू चढ्दथेँ, हेप्ने सामु बनेर उच्च प्रतिभा भाला छुरी गड्दथेँ ।

Nepal Telecom ad

ठूलो बन्नु छ ए पलाउन जुँगा-दाह्रीहरू उम्र हे
कोही मान्न तयार छैन यतिकै जैले म सानो भएँ
सारा देख्छ ठिटो र हेप्छ सहजै हेप्नै नसक्ने बनूँ
दाह्री मात्र बढे त पुग्छ म बरु तर्साउने भालु हुँ ।

नेता लेखक, भद्र दार्शनिक जे बाटो म हिँड्ने थिएँ
मौका पर्छ जसो उसै किसिमको पातो म भिर्ने थिएँ
दाह्रीवाल बनेर झ्याप्प गतिला कुर्सीहरू चढ्दथेँ
हेप्ने सामु बनेर उच्च प्रतिभा भाला छुरी गड्दथेँ ।

ठूलो बन्न सकूँ हलक्क, दुनियाँ देख्दै नमस्ते गरून्
हेप्ने आह्रिसले जलून् दनदनी जल्दै खरानी बनून्
मेरो ज्यान र मान शान चुलियोस् हेर्दै बडोझैँ बनूँ
खोक्रो बुद्धि अज्ञान मूर्खपन यी भुत्ला बढाई छलूँ ।

फेरौँला अझ बस्त्र जे जति परोस् देख्दा भलाद्मी बनूँ
छोडौँला अझ जाँड धोक्न दिनमा बाठो र विद्वान् बनूँ
दाह्री मात्र पलाए पुग्छ अरुता आफैँ गरी हाल्छु नि
साँच्चै स्वच्छ छवि भएपछि स्वयम् ठूलो बनी हाल्छु नि ।

हालौँला घिऊ तेल मै ब्रतबसी तिम्रै सुसारे न हुँ
कोरौँला चिपिचल्ल उम्र मजले गाला मली राख्त छु
मेरो अन्तिम आश केवल तिमी दाह्रीहरूमा रह्यो
तिम्रै स्तोत्र फलाक्छु जप्छु म सधैँ, यो भक्त तिम्रै न हो ।

पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x