साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाषाको दुर्दशा

खेलाँची नगरे राम्रो, भाषा वैभव हो बुझी भाषा,संस्कृति मासेमा सिद्धिनेछन् सबै खुसी ।

Nepal Telecom ad

धाराप्रवाह अङ्ग्रेजी, बोल्ने ठानिन्छ पण्डित
नेपाली शब्द बोलेमा विद्यार्थी हुन्छ दण्डित

भाषा हो सभ्यता हाम्रो हुनुपर्ने चिरन्तन
सहस्राब्दी नबित्दा नै यसको दुर्दशा किन

ढल्दा वाङ्मयको स्तम्भ कसको हुन्छ खै हित
भाषा हुन् जननी हाम्री, सधैँ छिन् जो उपेक्षित

मातृभाषा स्वयम् वक्ता बोल्न मान्छन् जहाँ डर
त्यहाँ वाङ्मय, भाषाको फैलिने ठाउँ हुन्छ र

आमा जीवनदात्री हुन्, भाषा हो परिचायक
भाषा वाङ्मय हो साँच्चै मान्छेको सभ्यता जग

खेलाँची नगरे राम्रो, भाषा वैभव हो बुझी
भाषा,संस्कृति मासेमा सिद्धिनेछन् सबै खुसी

ऐना हुन् देश हेर्ने यी भाषा,वाङ्मय, संस्कृति
जगेर्ना गर्नु हो धर्म आओस् जस्तो परिस्थिति

भाषा हुन् जननीजस्तै,मार्ग हो पान्थखातिर
भाषाका वनमाराले गाँज्न थाल्यो सबैतिर

छ दुःशासनको कृत्य, सर्वेसर्वा छु भान छ
दाउकी द्रौपदी जस्तै भाषाको अपमान छ

आमाका काखमा सिक्ने भाषा जीवनदायिनी
खेलाँची नगरौँ कोही एकता-सूत्र हुन् यिनी ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x