साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाझ हे विज्ञ बाझ

“पानी” को “पानि” लेख्ता समुचित छ भनी जोड देऊ, नहार “रू” लाई ह्रस्व पारी “र”सँग तल उनी तर्कुलेले सँवार ।

Nepal Telecom ad

भाषालाई बिथोल्ने क्रम रति नछुटोस्, विग्रही भाव राख
बिग्रेला जे जसोले सब गर नछुटोस् खूब अन्योल पार
आफ्नै डम्फू बजाऊ ढप ढप ढप होस् नित्यको एक ताल
भाषा पाताल जाओस्, बल गर सबले बाझ हे विज्ञ बाझ !

मिल्ने पो हो कि जस्तो छनक हुन गए फूटका गूट खोल
सोझालाई पिलाऊ भ्रमरस अथवा विक्रयी वृत्ति घोल
यस्तो हो खास ढाँचा सबुत छ गतिला प्राज्ञको शब्दकोष
भन्दै दावी भिडाऊ टसमस नभई बाझ हे विज्ञ बाझ ।

कोही प्राचीनताका तुक झिक जग यो हो भनी तर्क ठेल
यो नै हो मुख्य आधार भन र यसमै कुर्लिनुसम्म कुर्ल
जोड्ने यद्वा नजोड्ने पद जतिजति छन् ती सविस्तार घोक
सोह्रै आना सही हो भन हठ बलले बाझ हे विज्ञ बाझ ।

“पानी” को “पानि” लेख्ता समुचित छ भनी जोड देऊ, नहार
“रू” लाई ह्रस्व पारी “र”सँग तल उनी तर्कुलेले सँवार
चाहिन्नन् दीर्घमात्रा अब “अि” “अु” यसरी लेख संस्कार थाल
थोरैले काम चल्ने रट गर यसरी बाझ हे विज्ञ बाझ ।

ऐनाको पार “अ‍ैना” अझ प्रगति हुने ऐनमा “एन” देख
विद्याको चैं “विधा” होस्, यति कुशल भई “प्राग्यँ” मा नाम लेख
“प्याधा” भन्नू “विदेशी” “यदि विमत हुने तर्क राखे कसैले
पुस्तौं बाँच्नेछ भाषा यति कसरतले भन्छ खोलाघरेले ।

०७९/०३/०२
फाकफोकथुम- ४, फुएतप्पा इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x