लोक सुब्बायो जिन्दगी
आधिउधी खोल्ने गर्छ, कहिले आफूलाई मन परे नि, कहिले आफूलाई मन नपरे पनि ! फेरि पनि, जिन्दगी, आखिर मनको कुरा न हो, मनको कुरा न रह्यो, मन परे पनि, मन नपरे पनि !

मनको कुरा न रह्यो,
मन परे पनि,
मन नपरे पनि !
कसैले दिमागबाट शुरु हुन्छ भन्छ,
हेर्ने, देख्ने, अनुभूति गर्ने,
अनि मन कता ढलाउने,
दिमाग र बिचार जहाँ पर्छ,
आँखा, मन अनि स्वाद,
त्यहीं बस्ने गर्दछ,
भन्छन् कोहि !
अरुले भन्छन्
दिमाग, मन अनि सोचाइ,
बिस्तारै, बिस्तारै, उम्रदै जान्छ,
केहि देखेपछि,
केहि हेरेपछि,
केहि भोगेपछि,
केहि जीवन सारंगीको तारमा रेटेपछि,
बस कोहि यस्तो पनि भन्छन् ।
तिम्रो दिमाग र मन बीचमा,
यस्तो कुनै अधिकल्चे ढोका छ ?
यसले त्यसलाई, त्यसले उसलाई
ढकढकाउने गर्छ,
यसले त्यसलाई, यसले उसलाई
आधिउधी खोल्ने गर्छ,
कहिले आफूलाई मन परे नि,
कहिले आफूलाई मन नपरे पनि !
फेरि पनि,
जिन्दगी, आखिर मनको कुरा न हो,
मनको कुरा न रह्यो,
मन परे पनि,
मन नपरे पनि !
नजीक आउँदा,
एउटालाई,
मनभरीको बिष पोख्नु मन लाग्यो रे
नजीक आउँदा,
उसैलाई, मन भरिको, हृदयभरिको
माया पोख्नु मन पर्यो रे !
ऊ,
बिषभरिको हो कि
ऊ,
मनभरिको, माया भरिको
ऊ !
या,
ऊ,
तिमी आफै हौ,
त्यो ऊ
या बिषभरि,
या
मन भरिको
माया भरिको
ऊ !
नर्वे
Subscribe
Login
0 Comments
Oldest






































