साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो जिन्दगी

आधिउधी खोल्ने गर्छ, कहिले आफूलाई मन परे नि, कहिले आफूलाई मन नपरे पनि ! फेरि पनि, जिन्दगी, आखिर मनको कुरा न हो, मनको कुरा न रह्यो, मन परे पनि, मन नपरे पनि !

Nepal Telecom ad

मनको कुरा न रह्यो,
मन परे पनि,
मन नपरे पनि !
कसैले दिमागबाट शुरु हुन्छ भन्छ,
हेर्ने, देख्ने, अनुभूति गर्ने,
अनि मन कता ढलाउने,
दिमाग र बिचार जहाँ पर्छ,
आँखा, मन अनि स्वाद,
त्यहीं बस्ने गर्दछ,
भन्छन् कोहि !

अरुले भन्छन्
दिमाग, मन अनि सोचाइ,
बिस्तारै, बिस्तारै, उम्रदै जान्छ,
केहि देखेपछि,
केहि हेरेपछि,
केहि भोगेपछि,
केहि जीवन सारंगीको तारमा रेटेपछि,
बस कोहि यस्तो पनि भन्छन् ।
तिम्रो दिमाग र मन बीचमा,
यस्तो कुनै अधिकल्चे ढोका छ ?
यसले त्यसलाई, त्यसले उसलाई
ढकढकाउने गर्छ,
यसले त्यसलाई, यसले उसलाई
आधिउधी खोल्ने गर्छ,
कहिले आफूलाई मन परे नि,
कहिले आफूलाई मन नपरे पनि !

फेरि पनि,
जिन्दगी, आखिर मनको कुरा न हो,
मनको कुरा न रह्यो,
मन परे पनि,
मन नपरे पनि !

नजीक आउँदा,
एउटालाई,
मनभरीको बिष पोख्नु मन लाग्यो रे
नजीक आउँदा,
उसैलाई, मन भरिको, हृदयभरिको
माया पोख्नु मन पर्यो रे !
ऊ,
बिषभरिको हो कि
ऊ,
मनभरिको, माया भरिको
ऊ !
या,
ऊ,
तिमी आफै हौ,
त्यो ऊ
या बिषभरि,
या
मन भरिको
माया भरिको
ऊ !

नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x