दुर्गा ढकालभगवान् भन्नुहुन्छ
चाहिदैन दुध, घिऊ मलाइ बाँडे हुन्थ्यो बरु सब्लाई खुसी देख्न पाए केहि चाहिँदैनथ्यो अरु फैलाई देऊ खबर यहि दूत मेरो बनी सफा सुग्घर बस्न पाए खुस् हुन्थेँ म पनि ।

भगवानले बोलाउनु भो आऊ यहाँ भनी
भन्नुभयो कठिन भो मन्दिर बस्न पनि
घुम्न मन लाग्छ मलाई बाहिर कहिले कहिले
थुिनदिन्छन् खोपीभित्र मलाई जहिले तहिले
मन्दिरभित्र धुवैं धुवाँ धुप बाली दिन्छन्
धुप र सलाई खोल सबै बाहिरै फाली दिन्छन्
पैसा, भेटि टप्प टिप्छन लुकाउँछन् सधैं
अरु सामु देखाउन चै हुन्न आफू नभै
घेरेको छ भिडले अहो सासै फेर्न गारो
चिसो पानी खन्याको छ फलफूलको झटारो
हुँदैन मन खुसी मेरो रुन्छु भित्रभित्र
कठिन भो भगवान् बन्न शरीर बन्यो छिद्र
लौन बुझाई देऊ सबलाई नचढाउन फूल भनी
फूलकै पनि आत्मा होला रुन्छन् तिनै पनि
भित्र फलफूल चढाएर बाहिर फोहोर नै फोहोर
के होला र धर्म कठै चढाउँदैमा मोहोर
चाहिदैन दुध, घिऊ मलाइ बाँडे हुन्थ्यो बरु
सब्लाई खुसी देख्न पाए केहि चाहिँदैनथ्यो अरु
फैलाई देऊ खबर यहि दूत मेरो बनी
सफा सुग्घर बस्न पाए खुस् हुन्थेँ म पनि ।
०००
झापा, हाल अमेरिका
Subscribe
Login
0 Comments
Oldest







































