साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विसङ्गति र विकृति विरुद्ध काल भैरव, भैरव !

सग्ला आलोचकै हौ, विचलित मलिना जीर्ण थोत्रा विचार— माझ्ने सम्पादकै हौ, जनजन मनका हास्य औ व्यङ्ग्यकार ।

Nepal Telecom ad

८६औँ जन्मजयन्तीमा श्रद्धाहार । छन्द : स्रग्धरा ।

चालीसै वर्ष बाँच्दा पनि विविध विधा सिर्जना सिन्धुु खोप्ने ।
रापी पापी र घाती अधम चरितमा व्यङ्ग्यको बिन्दुु रोप्ने ।।
साँच्चैका भैरवै हौ कलुुषित मनका ढाड भाँच्छन् निबन्ध ।
गल्बन्दी वा भुँडी औ अनुदित रचना लेखमा छन् सुुगन्ध ।।

शैली चोखो निजात्मी नवरस बहने भाव गम्भीर धीर ।
नेता जेता ठुलाका दमन बमनमा ताक्दथ्यौ तीक्ष्ण तीर ।।
पक्षी हुन् वा विपक्षी गलत लत लिने पक्षपाती घमण्डी ।
छानी छानी मजाले कलम सुुइ दियौ वाल्ल पार्‍यौ शिखण्डि ।।

गाना लेख्यौ मजाका फुटकर कविता विष्णुु शर्मा बनेर—
भेदी छेदी विभेदी गरल मत चिर्‍यौ व्यञ्जनामा भिजेर ।।
चोखा सम्पादक्यौली समय—सुर टिपी सत्यलाई उचाल्यौ ।
ठट्टा उम्दा विनोदी कलम सगरमा, जूूनझैँ बाल्नुु बाल्यौ ।।

चुक्ली औ चाकडीका करङ गनिदियौ लेखनीमा तटस्थ—
बन्दै, सत्चिद् कलामा निपुण कलमले दिन्छ आनन्द नन्द ।।
सग्ला आलोचकै हौ, विचलित मलिना जीर्ण थोत्रा विचार—
माझ्ने सम्पादकै हौ, जनजन मनका हास्य औ व्यङ्ग्यकार ।।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x