साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुट्ने भाँडो

आगो नै नबाली पाकेको भात चिउँडोले खाएर खुब अघाउँथ्यौँ र साँझमा भोकभोकै घर पुग्थ्यौँ । आज म जब मान्छेहरूलाई देख्छु फुट्ने भाँडो सम्झिहाल्छु ।

Nepal Telecom ad

धेरै नचलाएको भए हुन्थ्यो यो फुट्ने भाँडो ,
नचलाएकै भए हुन्थ्यो बरु
फुट्ने भनेर जानेपछि ।

खुब सम्झना छ
हामी सानो हुँदाको कथा-
आमा यही फुट्ने भाँडोमा
दूध हाल्नुहुन्थ्यो,
थोरै जोडन जोड्नुहुन्थ्यो,
सिकामा झुण्ड्याउनुहुन्थ्यो,
भोलि बिहान ढक्क दही बन्थ्यो,
आहा ! खानुको मजा नै बेग्लै थियो ।

हामी चौतारी जान्थ्यौँ,
फुट्ने भाँडो फुटाएर
खपटाको थुप्रै भाँडा बनाउँथ्यौँ,
हामी भात पकाइ खेल्थ्यौँ
भाँडाकुटी खेल्थ्यौँ
आगो नै नबाली
पाकेको भात चिउँडोले खाएर
खुब अघाउँथ्यौँ र
साँझमा भोकभोकै घर पुग्थ्यौँ ।

आज म
जब मान्छेहरूलाई देख्छु
फुट्ने भाँडो सम्झिहाल्छु ।

०००
झोराहाट, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुर्सी, पैसा र रात

कुर्सी, पैसा र रात

भरत गुरागाइँ बर्बरिक
राई माइला

राई माइला

भरत गुरागाइँ बर्बरिक
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
तस्विर

तस्विर

भरत गुरागाइँ बर्बरिक
स्वयम्भूका आँखा

स्वयम्भूका आँखा

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x