भरत गुरागाइँ बर्बरिकफुट्ने भाँडो
आगो नै नबाली पाकेको भात चिउँडोले खाएर खुब अघाउँथ्यौँ र साँझमा भोकभोकै घर पुग्थ्यौँ । आज म जब मान्छेहरूलाई देख्छु फुट्ने भाँडो सम्झिहाल्छु ।

धेरै नचलाएको भए हुन्थ्यो यो फुट्ने भाँडो ,
नचलाएकै भए हुन्थ्यो बरु
फुट्ने भनेर जानेपछि ।
खुब सम्झना छ
हामी सानो हुँदाको कथा-
आमा यही फुट्ने भाँडोमा
दूध हाल्नुहुन्थ्यो,
थोरै जोडन जोड्नुहुन्थ्यो,
सिकामा झुण्ड्याउनुहुन्थ्यो,
भोलि बिहान ढक्क दही बन्थ्यो,
आहा ! खानुको मजा नै बेग्लै थियो ।
हामी चौतारी जान्थ्यौँ,
फुट्ने भाँडो फुटाएर
खपटाको थुप्रै भाँडा बनाउँथ्यौँ,
हामी भात पकाइ खेल्थ्यौँ
भाँडाकुटी खेल्थ्यौँ
आगो नै नबाली
पाकेको भात चिउँडोले खाएर
खुब अघाउँथ्यौँ र
साँझमा भोकभोकै घर पुग्थ्यौँ ।
आज म
जब मान्छेहरूलाई देख्छु
फुट्ने भाँडो सम्झिहाल्छु ।
०००
झोराहाट, मोरङ
Subscribe
Login
0 Comments
Oldest







































