साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुसेली गाउँदै चुनावका नेता

खोल्छु गोप्यता सन्दुकमा थन्क्याऊ तिम्रो योग्यता । हैन मान्यता झुक्याउनु जनता मेरो बाध्यता । भन्छौ घोचेर गाडी चढ्छन् नेताले आमा बेचेर ?

Nepal Telecom ad

मौका जुर्दैछ
आज मेरो मनमा
यस्तो फुर्दैछ ।

बुद्धि भुट्दैछु
फेरि आयो चुनाव
म नै उठ्दैछु ।

आयो चुनाव
सधैं जित्ने म नै हुँ
छैन तनाव ।

मान्छे भुटे नि
जित्छु मैले चुनाव
जता उठे नि ।

आज भन्छु म
निर्वाचन जितेर
प्र. म. बन्छु म ।

छैन ममता
पैसा तिर्छु किन्दिन्छु
भेडा जनता ।

बैँना लिनुहोस्
भोट केमा नोटमा
मत दिनुहोस् ।

गरेँ संकल्प
म बाहेक अरू खै
छैन विकल्प ।

भोट खेरै गो
मर्ने बेलासम्म नि
पालो मेरै हो ।

भोज लगाऊ
भन्छन् भने स्वतन्त्र
आजै भगाऊ ।

सक्छौ भने त
आऊ राजनीतिमा
युवा जगत ।

भोट आउँछ
मासुभात नमस्ते
सित्तैं पाउँछ ।

दिन्छु निकास
आफ्ना भन्ने सबैको
हुन्छ बिकास ।

मन्त्री दाइ भो
राजदूत पाउँने
पालो भाइको ।

दिदी रुनेछ
विभागीय प्रमुख
सालो हुनेछ ।

कस्ले छेक्छ र
मेरा ज्वाइँ भिनाजु
डाइरेक्टर ।

खोल्छु गोप्यता
सन्दुकमा थन्क्याऊ
तिम्रो योग्यता ।

हैन मान्यता
झुक्याउनु जनता
मेरो बाध्यता ।

भन्छौ घोचेर
गाडी चढ्छन् नेताले
आमा बेचेर ?

राम्रै सोचेको
खोलानाला जंगल
देश बेचेको ।

कवि आएछन्
गोप्य कुरा नेताको
थाहा पाएछन् ।

अब मलाई
बिदा गर्छौं भन्दैछन्
घण्टी बजाइ ।

छैन भर हो
लौरो बोकी आएर
मार्ने डर भो ।

छैनौं बिराना
सक्छौ ? आऊ धपाऊ
नेता पुराना ।

वारपारको
तिम्रो हाम्रो लडाइँ
मार्ग चारको ।

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुसेलीमा भानु सम्झना

सुसेलीमा भानु सम्झना

दुर्गा भमरकोटे
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
आफ्नै कथा: सुसेलीमा

आफ्नै कथा: सुसेलीमा

दुर्गा भमरकोटे
बाङ्गा तीज सुसेली

बाङ्गा तीज सुसेली

दुर्गा भमरकोटे
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x