साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चियापान

हात जोड्दै, हात हल्लाउँदै, मुस्काउँदै, झुक्याउँदै तलदेखि माथिसम्म चिया र चिया खर्च उठाउन होडबाजी चलिरहेको छ अचेल । यौटा अपत्यारिलो तर आमप्रवृत्ति बनेर ।

Nepal Telecom ad

झसङ्ग बनायो फोनको घन्टीले । हतपत कानमा पुर्‍याएँ । सात बजे है सात बजे । भुल्नु होला नि । खबर कर्ताले कानमा वेदवाणी भरिदिए झैँ लाग्यो । भोलि बिहानको चियाको झन्झट उतै टर्ने भो । खुसीले काउकुती लगायो कता कता ।

सामान्य वर्ग । पछाडि पारिएको वर्ग भनौँ नेताहरूले भाषण गर्दा सर्वस्व दिएको वर्ग बजार मूल्यमा बीसदेखि चलेको छ भाउ । चिया बाल्यकालदेखिको लत । बिहान कुखुराको भालेले टोल थर्काएपछि जिभ्रोमा तलतलको रन्को र्‍याल बनेर तुर्किन थाल्छ । अनि गर्नै पर्छ चियाको आरधना । भातले पेट भकुरेपछि होस् वा चम्चाले खाजा उदिनेपछि एक सुर्को चिया सुरुप्प पार्दा आनन्दको घन्टी बज्छ मनमा ।

न रक्सीको लतले तलबलाएर ढलपलिँदै हिँड्नु पर्ने न अनुहार लुकाएर होटलको अँध्यारो कुना रोज्नु पर्ने । सबैलाई ठाँटका साथ निमन्त्रणा गरेर मनाइने उत्सव रहेछ चियापान उत्सव । अरुभन्दा के कम । सात बज्दै गरोस् । लागियो चिया सुर्काउन खबर स्थलतर्फ । प्रत्येक वर्ष चलिरहेछ चियापान समारोह । गन्यमान्य अग्रज, सामाजिक अभियन्ता राजनैतिक दल आदिले आफ्ना झन्झटिला कुरा सुनाइ एक कप चियामा बफ्याउँन लगाउँछन् किनभने उसले आफ्नो हुर्मत नखोलि गुणगान मात्रै गाओस् भनेर ।

चियापान पुस्तान्तरण हुँदै आएको छ । यो विगतका कमजोरी सुधार गर्दै प्रेम भाइचारा प्रगति सम्बन्ध सुधार चियापानको उद्देश्य नभै आफ्नो कमजोरी ढाकछोप गरि पानीमाथि ओभानो बन्ने कडी मात्र हो । आफ्नो त आदत नै चियाको । जन्तीमा होस् वा मलामीमा, शुभमा होस् वा अशुभमा, भेटमा होस् वा छुट्टीमा, कुर्सीमा होस् वा खाटमा । जहाँ भए पनि चियाको उपस्थिति बाक्लै हुन्छ ।

बच्चालाई दुधपान, रोगीलाई दबाईपान, तन्नेरीलाई धुमपान भए झैँ पदासिन, सत्तासिन, अगौटे, पछौटे, भरौटे, कुरौटे, कारिन्दा, हुक्के, बैठके मध्येको एक सदस्यका रुपमा हाजिर हुन कसिएकै छु स्याँस्याँ गरि । तनाव विसर्जनका लागि, दोष निवारणका लागि चियापान अचूक ओखती हो । शत्रुलाई खुसी पार्न होस् वा मित्रलाई तल झार्न, तस्बिरमा जीउ तन्काउन र अन्जानसँग मुस्काउन पनि लागियो चियापानतिर । सबै पान मध्येको इज्जतिलो र रवाफिलो पान कसले छोड्ने ? छोडिएन केही गरि ।

कसले सिकायो यस्तो बानी बाल्यकालमा ? अरुले सुरुप्प पारेर हा गर्दै बटुको देखाउँदै त्यो ले त्यो ले बाट अपभ्रंस हुँदा चिया भन्न सिकेको हुँला मैले । कसैले बटुकोबाट चखाइदियो र त अहिले मेरो जिभ्रोमा लतको र्‍याल चुहिरहन्छ । मलाई अलिअलि थाहा हुँदा रुपैयाँका दुई ओटा ढ्याक खल्तीमा बोकेपछि एक गिलास चियाले डकार आउँथ्यो । अहिले चिया वर्ग वर्गान्तर छ । मान्छेले आफ्नो दर्जा अनुसारको गिलास समाउँछ । काने गिलास, माने गिलास, कागजका गिलास, बिर्के गिलास, नली गिलासमा थरीथरीका स्वाद आस्वादन गरिरहेछ मान्छे ।

ए ! आइपुगेछ चियापान स्थल । व्यस्त छन् मान्छेहरू आयोजकलाई नमस्कार नटक्रयाई कसरी पिउनु चिया ? अर्को वर्ष सम्झेनन् भने । मनमा तबला बज्यो । बाल्यकाल देखिको दोस्ती चियासँग । आमाको दूधपछि थुतुनो जोडेको पनि यसैसँग हो । भातले आन्द्रा पुरे पनि चियाले आन्द्रा नघोलेसम्म निद्राले आँखा लत्याउँदैन अचेल । त्यसैले त कार्यालयमा कर्मचारीलाई चिया खर्च गोजीमा पुर्‍याउने चलन चलेको रहेछ । चिया खर्च गोजीमा पुगेको कर्मचारीको कार्यवेग चीनको रेलभन्दा कम नहुँदो रहेछ ।

भष्ट्राचार सिकाउने माध्यम रहेछ चिया । गुलियोमा बाहुन भुलियो भन्ने उखान परिवर्तन गर्ने बेला आएको छ अब । राजधानीमा चियापान छ भनेर फोन घुमाउनुस् मजस्ता पारखीहरू अगौटे पछौटे सहित उपस्थित हुन्छन् । कोही ट्याक्सीमा हुँइकिदै आउँछन् कोही बसमा झुन्डिदै । घरमा बूढीले पकाएको भात छाडेर स्याँस्याँ गर्दै समय अगावै आइपुग्छन् । चिया छोडेको वर्षौ भएकाहरूले उद्घाटन गर्छन् त्यहाँ आएर । कोही कोही त कार्यक्रमको उत्तरार्धमा आएर चिसिनै लागेको चिया भाँडो कोल्ट्याउँदै आधा गिलास भएनि घुट्क्याएर हिँड्छन् । यो सबै चिया प्रतिको सम्मान हो, प्रेम हो, कमाल हो । मलाई झलझली सम्झना आउँछ, मेरा एक जना मित्रले मध्यरातमा मलाई चिया उमाल्न लगाई चिया पिएर सुते । त्यस्ता मित्रको घनिष्ठ पो परियो के छोड्नु निम्ताको चिया अलिकति बिस्कुट एउटा अण्डा र दुई चम्चा चना । यसैका लागि दौडधुप गर्दैछु बिहानैदेखि ।

खाली पेटमा चिया नपिउन सल्लाह दिने डाक्टर उनको सल्लाह आफैँसँग राखुन् भनेर चिया र चुरोटको कुइरीमण्डलमा भविष्यको योजना कुहिरोको काग झैँ खोज्दै छन् कलेजका तरुणहरू ।

हात जोड्दै, हात हल्लाउँदै, मुस्काउँदै, झुक्याउँदै तलदेखि माथिसम्म चिया र चिया खर्च उठाउन होडबाजी चलिरहेको छ अचेल । यौटा अपत्यारिलो तर आमप्रवृत्ति बनेर । कपमा तुरूक्क पारेको सुरुप्प पार्दा जिब्रोले मिठो थाहा पाउने चियाजस्तो नभएर अलि तातो र टर्रो चिया गफलाई यहीँ बिट मार्छु । तपाइँलाई चाहिँ यसको स्वाद कस्तो लाग्यो कुन्नि !!

०००
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
भोट माग्न आउनेहरू

भोट माग्न आउनेहरू

भोलानाथ सुबेदी
हाम्रो लौरो खै ?

हाम्रो लौरो खै ?

भोलानाथ सुबेदी
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x