साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वागी समय

यति बेला समय हामीभित्र पसेको छ मसँग मौसमजस्तो मन अनि अभागी विगत कहिलेसम्म बाँकी रहला ! भन न ए ! मेरो मनमा बसेको नयाँ मान्छे !

Nepal Telecom ad

आज
अनुहार मात्रै होइन
सम्झना पनि गनाएको छ !

आज दुःख मात्रै होइन
विगतका सुख र आनन्द पनि सम्झन मन छैन

आज पनि
सम्बन्धका सूत्रहरू सक्रिय छन्
मन निष्क्रिय मात्रै होइन
कठोर भन्दा कठोर बनेको छ

विगतका काला दिनहरू मात्रै होइन
रंगीन क्षण पनि सम्झन मन छैन

समय बहुलायो या म
आज हत्केलामा उदाएको घाम
आंखामा चम्किएका ताराहरू
अनि निधारमा टीकाजस्तो पूणर् चन्द्र्मा
विगतले नै दिएको हो

यो मौसम बिग्रियो या मेरो मन
आज
क्षीतिज चिन्न सक्ने चेतना
बाटो हिड्न सक्ने आंट
आफ्नो परिचय दिन सक्ने कर्म
विगतले बनाएको हो
आज मेरो मन हल्लिएको हो
या यो पृथ्वी
यो समय स्वार्थी बन्यो या म

विगतको त्यो न्यानो अंगालो
त्यो स्नेही साथ
ती मदहोस क्षणहरू देखि
म किन भागिरहेको छु

भन न ए !
नजिक बनेको मेरो नौलो मान्छे
म ठीक त छु !

स्वार्थी म होइन
यो समय स्वार्थी हो
यति बेला
समय हामीभित्र पसेको छ

मसँग मौसमजस्तो मन
अनि अभागी विगत
कहिलेसम्म बाँकी रहला !
भन न ए !
मेरो मनमा बसेको नयाँ मान्छे !
०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
घाम र बा, आमा

घाम र बा, आमा

ठाकुर बेलबासे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x