साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म पो त महाकवि !

मदनका मामा हौ कि लुनीका हौ काका, लेकबिसी फेरिहिँड्छौ थरीथरी भाका, कैले नाँचीनाँची हिँड्छौ डाँफे मजूरसाथ, माथिमाथि छुन पुग्छौ सगरको माथ ।

Nepal Telecom ad

तिमीलाई कवि भन्छन्, म पो महाकवि
ढाकिदिन्छु गफै छाँटी दिनमा नै रवि
आफ्नै हातले लेख्दा रैछौ पुरातन बानी
मत राख्छु घोष्ट राइटर आफैं छानीछानी

पाल्तुखाले भेडा च्याङ्ग्रा उमेर खसी पार्ने
छानी लिन्छु बहर गोरु हलो जुवा नार्ने
साँझ विहान जदौ गर्न ढोका पिँडी कुर्ने
लेख्न बस्दा कविता चैं अरुको नै चोर्ने

गरिवको कुरा लेख्छौ हात लागी शून्य
म त धनी छानी लेख्छु लाभ अन्नधुन्न
कल्पनामा उड्छौ तिमी मनको पेडा खाइ
म त उड्छु वोइङमा झोल चौटा भ्याइ

तिमी चारु लेख्दा रैछौ म त लेख्छु दारु
मेरै पछि लाग्छन् मान्छे सिसी हुन्न फारु
खाँदा जोश बढ्ने रैछ, होस टाढा भाग्ने
सय बर्ष बाँच्छुजस्तो तुजुक पो जाग्ने

तलव नै बाँडी हिँड्ने फुक्काफाल बानी
कविले त बाँड्ने होइन आफैंले हो खाने
ज्ञान पनि बाँड्दा रैछौ चेला खोजी खोजी
सित्तै बाँडी हिँडेपछि केले भर्छौ गोजी

आगो चोर्ने कुरा लेख्छौ प्रमिथस जोडी
कैले भेट्छौ शकुन्तला ऋषि बाकी छोरी
स्वदेशका विदेशका छानीछानी साहू
उनकै पो काव्य लेख्नु, भाग्छन् केतुराहू

मदनका मामा हौ कि लुनीका हौ काका
लेकबिसी फेरिहिँड्छौ थरीथरी भाका
कैले नाँचीनाँची हिँड्छौ डाँफे मजूरसाथ
माथिमाथि छुन पुग्छौ सगरको माथ ।

०००
९८४१६४७१८९
एकसय चाैधाैँ जन्मजयन्तीमा महाकविप्रति भावपूर्ण हार्दिक श्रद्धासुमन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x