साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट दिनैपर्ने मान्छे म

बहरलेमात्र जोत्न सक्छ बाँझो खेत यिनीहरू बूढा भए बसीसके बेत ठगी गरे जाल गरे, गरे बेईमानी अव भोट हालौं खाँटी देशभक्त छानी आमा दिदीबैनी अब बनौं आफैं ज्ञानी

Nepal Telecom ad

भोट दिने दिन आयो आमा दिदी बैनी
यता आउनु चौतारीमा बाँडीखाउँ न खैनी
मकै बदम भुटी खाउँ न बसालेर हाँडी
मोही मुला झनै मीठा स्वादिलै छ ताडी
पहारमा बसी खाउँ न सुर्ती माडीमाडी

पिँडालु र सखर्खण्ड तरुलका ठुन्का
पोली खाँदा स्वाद हुन्छ अचम्म र उल्का
गुन्द्रुक र ढिँडो सम्झी मनै रमरमायो
सररर मुखभरी रसै मीठो आयो

विदेशको भिसा छोडी गाउँतिर आइयो
छान्दै जाँदा आखिरमा आलु पार्टी पाइयो
भोट माग्दै घरघर बेसरी नै धाइयो
वास्ता भैन कतै पनि सारै दुःख पाइयो
राती जाँदा चोर भन्दै झण्डै कुटाइ खाइयो
कति दिन भोकै परी बल्ल यहाँ आइयो

नन्दी भृङ्गी निशाचर ब्वाँसा दुम्सी ताँती
कङ्गारु त कोही ऊँट तल्र्याङ्तुर्लुङ् घाँटी
कतै गाँठा कतै बन्धन छल भाँतिभाँती
बोइङ्ग खाए धोवीखोला बलुवाटार खाए
अझै बाँकी मठमन्दीर खान मुख बाए

कोरोनाको कीटसँगै सिरिञ्ज नै खाए
अझ के के खाने दाउले फेरि अघि आए
अव यिनलाई ख्वाउनु छ खाली ढ्वाङ्को हावा
हामीमाथि यिनी खान्छन् पातालमा कावा

बहरलेमात्र जोत्न सक्छ बाँझो खेत
यिनीहरू बूढा भए बसीसके बेत
ठगी गरे जाल गरे, गरे बेईमानी
अव भोट हालौं खाँटी देशभक्त छानी
आमा दिदीबैनी अब बनौं आफैं ज्ञानी
मै बाबुलाई भोट हाली गरौं काम दामी ।

०००
९८४१६४७१८९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x