सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भोट दिनैपर्ने मान्छे म

बहरलेमात्र जोत्न सक्छ बाँझो खेत यिनीहरू बूढा भए बसीसके बेत ठगी गरे जाल गरे, गरे बेईमानी अव भोट हालौं खाँटी देशभक्त छानी आमा दिदीबैनी अब बनौं आफैं ज्ञानी

Nepal Telecom ad

भोट दिने दिन आयो आमा दिदी बैनी
यता आउनु चौतारीमा बाँडीखाउँ न खैनी
मकै बदम भुटी खाउँ न बसालेर हाँडी
मोही मुला झनै मीठा स्वादिलै छ ताडी
पहारमा बसी खाउँ न सुर्ती माडीमाडी

पिँडालु र सखर्खण्ड तरुलका ठुन्का
पोली खाँदा स्वाद हुन्छ अचम्म र उल्का
गुन्द्रुक र ढिँडो सम्झी मनै रमरमायो
सररर मुखभरी रसै मीठो आयो

विदेशको भिसा छोडी गाउँतिर आइयो
छान्दै जाँदा आखिरमा आलु पार्टी पाइयो
भोट माग्दै घरघर बेसरी नै धाइयो
वास्ता भैन कतै पनि सारै दुःख पाइयो
राती जाँदा चोर भन्दै झण्डै कुटाइ खाइयो
कति दिन भोकै परी बल्ल यहाँ आइयो

नन्दी भृङ्गी निशाचर ब्वाँसा दुम्सी ताँती
कङ्गारु त कोही ऊँट तल्र्याङ्तुर्लुङ् घाँटी
कतै गाँठा कतै बन्धन छल भाँतिभाँती
बोइङ्ग खाए धोवीखोला बलुवाटार खाए
अझै बाँकी मठमन्दीर खान मुख बाए

कोरोनाको कीटसँगै सिरिञ्ज नै खाए
अझ के के खाने दाउले फेरि अघि आए
अव यिनलाई ख्वाउनु छ खाली ढ्वाङ्को हावा
हामीमाथि यिनी खान्छन् पातालमा कावा

बहरलेमात्र जोत्न सक्छ बाँझो खेत
यिनीहरू बूढा भए बसीसके बेत
ठगी गरे जाल गरे, गरे बेईमानी
अव भोट हालौं खाँटी देशभक्त छानी
आमा दिदीबैनी अब बनौं आफैं ज्ञानी
मै बाबुलाई भोट हाली गरौं काम दामी ।

०००
९८४१६४७१८९

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आ-आफ्नै भाँडतन्त्र

आ-आफ्नै भाँडतन्त्र

नरेन्द्रराज पौडेल
पुरेत फर्ने रोग

पुरेत फर्ने रोग

नरेन्द्रराज पौडेल
राहत रमिता !

राहत रमिता !

नरेन्द्रराज पौडेल
अथ श्री पालिकापुराणम् !

अथ श्री पालिकापुराणम् !

नरेन्द्रराज पौडेल
चड्कनचर्या

चड्कनचर्या

नरेन्द्रराज पौडेल
लेखक नहुनुको आनन्द

लेखक नहुनुको आनन्द

नरेन्द्रराज पौडेल
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला